Home » » गौरमा अन्सारीको घाँटी रेटेर हत्या, आन्दोलन थप हिंसात्मक हुने खतरा

गौरमा अन्सारीको घाँटी रेटेर हत्या, आन्दोलन थप हिंसात्मक हुने खतरा

रौतहट: एक सातादेखि आन्दोलित गौरमा लुटेरा समूहले गौर-५ पोखरिया टोलका ६० वर्षीय जाहिर अन्सारीको हत्या गरेका छन्।
 
लुटेराले अन्सारीको घरबाट पाँच लाख नगद समेत लुटपाट गरेका छन्। बाहिर कफ्र्यू लागेको छ भन्दै आइतबार राती बस बस्न आएका केही व्यक्तिले सुतिरहेका अन्सारीलाई घाँटी रेटेर हत्या गरेका थिए। अन्सारीले घर मर्मतका लागि बैंकबाट आइतबार पाँच लाख निकालेका थिए।
हत्या र लुटपाटपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। हत्या घटनापछि गौर आन्दोलन थप हिंसात्‍मक हुने खतरा बढेको छ।आन्दोलनकारी पक्षसँग अहिलेसम्म भएको वार्ता निश्कर्षबिहिन भएको छ।आइतबार साँझ हेलिकोप्टरबाट गौर पुगेको सरकारी वार्ता टोलीले रातिसम्म गरेको वार्तामा कुनै सहमति हुन सकेन। सोमबार बिहान फेरी वार्ता हुँदैछ। गौरमा चर्किएको आन्दोलनबारे वार्ता गर्न गाडीबाट पुगेको क्षेत्रीय प्रशासकसहितको टोलीलाई दिनभर बीच बाटोमै रोकेपछि काठमाडौंबाट हेलिकोप्टरमा अर्को टोली गौर पुगेको थियो। आइतबार बिहान ११ बजे रौतहटको गरुडा आइपुगेका सो बार्ता टोलीलाई  दिनभर आन्दोलनकारीले रोकेपछि काठमाडौंबाट नेपाल प्रहरीका अतिरिक्त  महानिरिक्षक गणेश राई र शसस्त्रका अतिरिक्त  महानिरिक्षक कृष्ण कुमार तमाङ्ग सॉझ साढे ६ बजे हेलिकोप्टरबाट गौर आइपुगेका छन्।
 
वार्ताका लागी क्षेत्रिय प्रशासक रामकुमार आचार्य, मध्यमान्चाल क्षेत्रका डिआइजी देवेन्द्र सुवेदी र शसस्त्र प्रहरी पथलैयाका डिआइजी राम शरण पौडेल गौर आउने क्रममा आन्दोलनकारीले दिनभर गरुडा बजारमा अवरोध गरेका थिए। काठमाडौंबाट टोली गौर आएपुगेपछि गरुडामा रोकिएको क्षेत्रिय प्रशासकको टोली राति गौर आइपुगेको हो।
 
हाल गौरमा रहेको मालपोत तथा नापीको सेवा केन्द्रलाई चन्द्रनिगाहपुरमा पनि विस्तार गर्ने सरकारको निर्णयको विरुद्ध गत बुधबारदेखि गौरमा प्रदर्शन सुरू भएको थियो। प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि गत शुक्रबार नै सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो। तर शनिबार गौर झन् तात्यो र स्थिति नियन्त्रण बाहिर जाने खतरा देखिएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाउनुपर्यो ।  

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf