Home » » महामारी रोक्न सेनाको हेलिकोप्टरसहित मेडिकल टिम परिचालन

महामारी रोक्न सेनाको हेलिकोप्टरसहित मेडिकल टिम परिचालन

लमजुङ: जाजरकोट जिल्लाको बिभिन्न गाउँमा फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको महामारी नियन्त्रणको लागि हेलिकोप्टरसहित मेडिकल टिम परिचालन गरेको छ। 
 
नेपाली सेनाले आफुसंग उपलव्ध श्रोत साधन सहित मेडिकल टिमलाई प्रकोप प्रभावित क्षेत्रहरुमा परिचालन गरी व्यापक रुपमा बिरामीलाई उपचार गर्ने क्रम जारी राखेको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 
 
नेपाली सेनाको एम.आई. १७ हेलिकप्टरद्वारा जाजरकोट जिल्लाको प्रभावित क्षेत्रहरुमा थप प्रकोप नियन्त्रण तथा ब्यबस्थापनको लागि गृह मन्त्रालय, नेपाली सेना र स्वास्थ्य सेवा विभाग, ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा बैशाख ७ गते नेपाली सेनाको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम अर्छानी गा.वि.स., नेपाल जनपद प्रहरीको डा.अधिकृत सहितको ६ जनाको मेडिकल टिम पैक गा.वि.स., सशस्त्र प्रहरीको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम कोरत्राङ्ग गा.वि.स. तथा जाजरकोट जिल्ला सदरमुकामबाट सिभिल डा. सहित ६ जनाको मेडिकल टिम टालेगाउं गा.वि.स. मा परिचालन भइ थप उपचार सेवा प्रदान गरिरहेका छन् ।
 
त्यसैगरी मंगलबार थप मेडिकल टिमको रुपमा नेपाली सेनाको ६ जना मेडिकल टिम, स्वास्थ्य सेवा विभाग र ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टिम सहित जम्मा १८ जनाको टिमलाई स्काई ट्रकद्वारा सुर्खेतसम्म तत्पश्चात् नेपाली सेनाको दुई वटा हेलिकप्टरद्वारा जाजरकोट जिल्लाको रोग प्रभावित क्षेत्रमा पुर्‍याई थप उपचार कार्यलाई सहज बनाउन मद्धत गरेको छ ।  
 
प्रकोप प्रभावित गा.वि.स. हरुलाई लक्षित गरी जाजरकोट जिल्लाको रोकायागाउंको लिम्सा ईलाकामा नेपाली सेनाको एलुवेट हेलिकप्टरद्धारा चिकित्सक सहित ३ जनाको स्वयमसेवक टिम र सेनाको एम.आई. १७ हेलिकप्टरद्वारा जिल्ला जनस्वास्थ्य कार्यालय बांकेबाट खट्टिएका चिकित्सक सहित ७ जनाको टिम सक्ला गा.वि.स. को स्याला ईलाकामा परिचालन भई प्रकोप नियन्त्रणको लागि थप उपचार सेवा दिइरहेको सेनाले जनाएको छ।  
 
प्रकोप नियन्त्रणको कार्यलाई न्यूनिकरण गर्न नेपाली सेनाले गृह मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा लगायत अन्य निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै आफुसंग उपलव्ध श्रोत साधनको अधिकतम परिचालन एवम् प्रभावित क्षेत्रहरुमा उपचार सेवा प्रदान गर्ने कार्य जारी राखेको सेनाको विज्ञप्तीमा उल्लेख छ ।  

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf