Home » » कोहिनुरको सम्पुर्ण कमाई भुकम्प पिडितलाई दिने स्वेता को घोषणा

कोहिनुरको सम्पुर्ण कमाई भुकम्प पिडितलाई दिने स्वेता को घोषणा

लमजुङ, बैशाख १६। नाईका स्वेता खड्का द्वारा हाल अमेरिका को विभिन्न हल हरुमा प्रदर्शन भैरहेको आफ्नो फिल्म कोहिनुर ले त्यहा स*कलन गर्ने सम्पुर्ण रकम भुकम्प पिडित लाई दिने घोषणा गरेकी छन्।फेसबुक मार्फत आफ्ना भनाइ सार्बजनिक गर्दै आफु अमेरिकामा उपचार का क्रममा रहेकाले नेपाली ले भोगेको यस्तो पिडा मा साथ दिन नसकेको मा दुख्ख ब्यक्त गर्दै लेखेकी छन्”बल्ल बल्ल आफु लाई समाल्न सकेकी थिए आज एक्कासी नेपाली लाई आएको बिपत्तीले मेरो टालिएको मन फेरी च्यातिएको छ। मा सार्है मर्माहत छु, चाहेर पनि मा आफ्नो देश आउन सक्दिन, डाक्टरको सल्लाहा अनुसार अझै केहि दिन बस्नु परेको छ तर मा मेरो प्यारो देश र देश मा बिपत्ति भोग्ने प्रिय तपाईहरु को निम्ति प्रार्थाना गरिरहेकी छु. त्यसैले यो फेसबुक मार्फत जानकारी गराउन चाहन्छु अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन हुन गैरहेको कोहिनुर चलचित्र बाट संकलित सबै रकम भुकम्प पिडितलाई सहयोग गर्न चाहान्छु। र सबै जनालाई यो पनि अनुरोध गर्न चाहन्छु मेरो परिवार तेरो परिवार नभनी सबै हाम्रो रगत हुन्, हाम्रो आमा एउटै हो र धर्तिमाता सम्झेर आ- आफ्नो ठाउ बाट सहयोग गर्नु हुन पनि अनुरोध गर्दछु। 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf