तत्काल संकटग्रस्त जिल्ला घोषणा नभए काठमाडौँ डेलिगेसनमा जाने तयारी भएको उनको भनाई छ । बैठकमा काँग्रेस सभाषद चन्द्रबहादुर कुँवर, एमाले सभाषद जमिन्द्रमान घले, एमाओवादी सभाषद लालबहादुर गुरुङ लगायत दलका जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार हालसम्म लमजुङमा २ हजार ६२८ घरधुरी पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने ३ हजार ७५३ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै २२ वटा विद्यालय भवन पूर्ण रुपमा भत्किएका छन् र ६५ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।क्षतिका विवरण संकलन कार्य अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।महा भुकम्पका कारण लमजुङमा चार जनाको मृत्यु भएको थियो भने २७ जना घाईते भएका छन्।लमजुङमा भुकम्पबाट पीडित नागरिकहरुका लागि सरकारी राहत आउन नसक्दा स्थानीय स्तरमा संकलन गरिएको राहत वितरणमा समेत कठिनाई भएको छ ।
-