लमजुङ, सिन्धुपाल्चोक, वैशाख १८ । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ६ हजार १ सय ५० पुगेको छ । १३ हजार ९ सय ६ जना घाइते भएका छन् ।
कैयौं व्यक्ति अझै बेपत्ता छन् । मृतक र घाइतेको संख्या बढ्नेक्रम जारी रहेको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । भूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्लार बाग्मती अञ्चलका अरु जिल्लामा उद्धार र राहतको काम भइरहेको छ ।
भूकम्पबाट सिन्धुपाल्चोकमा मात्रै १८ सय २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार सिन्धुपाल्चोकका अधिकांश विकट पहाडी गाँउहरुमा सञ्चारसम्पर्क विच्छेद भएको र प्रतिकूल मौसमका कारण हेलिकप्टरसमेत जान नसक्दा क्षतिको पूर्णविवरण प्राप्त हुन सकेको छैन ।
नेपाल–चीन सीमा तातोपानी बजार, गुम्बा गाविस, कोदारी डाँडालगायतका क्षेत्रमा सयैंको मृत्यु भएको आशंका गरिएको छ ।
जनधनको ठूलो क्षति व्यहोरेका जिल्लामा भूकम्पको मूख्यकेन्द्र रहेको गोरखा नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धाधिङ, लमजुङ, चितवन र मकवानपुर रहेका छन् ।