१९ वैशाख,काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले विपत्त ब्यवस्थापनको मामिलामा सरकार असफल भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको सक्षात्कारमा उनले भने–भुकम्प पीडितहरुलाई त्रिपाल र खानेकुरा दिन नसक्ने सरकारले ठूलो ठूला कुरामात्रै गरिरहेको छ । सरकार टोट्ल्ली फेलियर भएको बताएका हुन् । लोहनीले जनता प्रतिको कर्तब्य निर्वाह गर्न नसक्ने हो भने प्रधानमन्त्री र मन्त्री भन्नुको औचित्य नहुने भन्दै के को लागि प्रधानमन्त्री र गृहमन्त्री भएको भनि प्रश्न गरे । उनले थपे–यो लिडरसिप फेलियर भएको अवस्था हो । काम गर्न नसक्ने हो भने पद छाड्नु पर्छ । ओगटेर बसिरहन हुँदैन । लोहनीले नेताहरुको स्वास्थ्य उपचारमा करोडौ खर्च गर्ने सरकारले जनतालाई त्रिपाल समेत दिन नसकेकोमा आक्रोश पोख्दै कुनै मित्र राष्ट्रले सहयोग नगरे सरकारले आफै खरिद गरेर भए पनि ओत लाग्न त्रिपाल जनतालाई दिनु पर्ने बताए ।उनले भने–दैवि प्रकोप ब्यवस्थापन समिति के हेरेर बसेको छ ? ठूला होटलमा ठूला ठूला कार्यक्रम गर्छ अनि एक हजार त्रिपाल पनि सञ्चय गरेर राख्न सक्दैन । उद्दारमा सक्रिय नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको कामको सरहाना गर्दै चिकित्सकहरुले बाटो बाटोमा उपचार गरेर जनताप्रतिको कर्तब्य निर्वाह गरेको बताए ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले विपत्त ब्यवस्थापनमा सरकार कहाँ चुक्यो भन्ने कुराको समिक्षा गर्ने प्रयाप्त समय भएको भन्दै अहिले सरकारको आलोचना भन्दा पनि सबै मिलेर उद्दार र राहतमा सक्रिय हुनु पर्ने आवश्यकता रहेको बताए । विपत्त ब्यवस्थापनको तयारी कमजोर रहेकोले यसलाई तयारी अवस्थामा राख्न सरकारले ध्यान दिनु पर्ने आवश्यकता औल्याउँदै सरकारले अहिले जनतालाई सबै कुराको ब्यवस्थापन गर्छौ, चिन्ता लिनु पर्दैन भनेर जनतालाई आश्वास्त पार्न सक्नु पर्ने सुझाव दिए ।
सचिव ज्ञावलीले सरकारको तत्काल मनसुन आउन लागेकोले पानी नचुहिने त्रिपाल, ड्राई फुडको ब्यवस्थासँगै खानेपानी र स्वास्थ्यको ब्यवस्थापन गर्न पहिलो कर्तब्य भएको भन्दै त्यसपछि दिर्घकालिन योजना बनाएर पुर्ननिर्माणको काम सुरु गर्नु पर्ने धारणा राखे ।
पुर्ननिर्माणको लागि सरकार आफैले साना भुकम्प प्रतिरोधी भवन बनाई दिने, सहयोग गर्न चाहने मित्र राष्ट्रहरुलाई निश्चित जिल्ला जिम्मा लगाएर पुर्न निर्माणको काममा लगाउने र पुर्ननिर्माणको लागि प्रभावितहरुलाई विनाब्याज ऋण दिनु पर्ने गरी कामसुझाव दिए । उनले भने–ऐतिहासिक धरोहरको पुर्न निर्माण तत्काल गर्नु पर्यो त्यसको लागि पुर्ननिर्माण प्लान बनाउनु पर्ने आवश्यता छ ।
ज्ञावलीले सहयोगको नाममा मुलुकको राष्ट्रिय अस्मिताकामा खतरा पुर्याउने कुनै पनि गतिविधी हुन नदिन सरकार सक्रिय हुनु पर्ने भन्दै सरकारले मित्र राष्ट्रहरुसँग सन्तुलन कायम गर्न सक्नु पर्ने बताए ।
उनले नेपालको विषयमा विदेशी मिडियाहरुमा अर्नगल प्रचार भईरहेको तर्फ ध्यान आर्कषित गराउँदै सरकारले त्यस्ता मिडियाको अनुगमन गर्नु पर्ने सुझाव समेत दिए ।
उनले नेपालको विषयमा विदेशी मिडियाहरुमा अर्नगल प्रचार भईरहेको तर्फ ध्यान आर्कषित गराउँदै सरकारले त्यस्ता मिडियाको अनुगमन गर्नु पर्ने सुझाव समेत दिए ।