काठमाडौं, वैशाख १८ । शनिबार गएको महाभूकम्पबाट सबैभन्दा बढी असर परेको सिन्धुपाल्चोक जिल्लाका अधिकांश गाउँका बासिन्दा राहतको पर्खाइमा रहेका छन् ।
समयमै उद्दार हुन नसक्दा पीडित स्थानीय र सुरक्षाकर्मीबीच सामान्य झडप हुने स्थितिसमेत आएको छ । नेपाल–चीन सीमावर्ती तातोपानी गाविसका विभिन्न पहाडमा बसेका प्रभावितहरुले राहत र उद्दारका लागि आग्रहगरेका छन् ।
तातोपानी–कोदारी क्षेत्रका चौकीडाँडामा रहेका सयौं पीडित सरकारी तहबाट अहिलेसम्म केही नपाएको भन्दै आक्रोशित भएका छन् । स्थानीय युवा क्लबले घरबार गुमाएर चौरमा पुगेका प्रभावितलाई खाना खुवाउने प्रबन्ध गरिरहेका छन् ।
सीमावर्ती उक्त क्षेत्रमा राहतको पालसम्म पुग्न सकेको छैन । उच्च हिमाली क्षेत्रका उनीहरु बारम्बार गइरहेको भूकम्प र दैनिकजसो परिरहेको पानीले झन् त्रसित बनेका छन् ।
गाउँ–गाउँ चिरिएको र पहिरो गएको अवस्थामा छ । स्थानीयले ‘चीनको खासा सीमादेखि बाह्रबिसेसम्ममा पहिरोमा परी थुप्रैले ज्यान गुमाएको तर उनीहरुका बारेमा केही पत्तोसम्म गर्न नसकिएको’ बताएका छन् ।