नेपालमा एकचोटि चुनाब भएपछि अर्को चुनाब दशौ बर्ष हुदैन । एकचोटि जिताएर पठाएपछि तिनैले दशौ बर्ष त्यत्तिकै जनताहरु माथि बोझ बनेर राज गर्छन् । र यदि चुनाबै भएर हारिहालेको खण्डमा पनि सांसद र मन्त्री हुन पाइने । बिना जनमत राजनीति गर्न पाइने देश भएपछि नेताहरुलाई देश र जनताहरुको के मतलब र!
बिनाशकारी भुइचालो गएको करिब एक हप्ता पछि बिपक्षी दलका नेता पुष्पकमल दहाल निरीक्षण गर्ने बहानामा किर्तिपुर घुम्न गएछन् उनि त्यहाँ गएर के उपलब्धि भयो र? न उनले आफुसंग राहत लिएर गएका थिए, न उनले अघिपछि हातमा लाठी थमाइदिएका युवाहरुलाई घाइतेको उद्दार गर्न निर्देशन नै दिए। एकछिन जनताहरुको बिजोग मन नलागि नलागि हेरे उनिहरुको दु:ख पिडा मन नलागि नलागि सुने र शानदार गाडीमा फर्केर लाजिम्पाट बंगालामा आएर सुते ।
कोटेश्वरको आलिसान बंगालामा बस्ने माधब कुमार नेपाल पनि काठमाण्डौको साँखुमा केहिदिन पछि पिडितहरुको निरिक्षणको लागि पुगेको देखियो। उनी समक्ष त्यहाँका स्थानीयबासीहरुले बेलामा राहत र उद्दार समयमा नपाएको गुनासो र आक्रोश पोखे। उनीसंग केही जवाफै थिएन। उनले केही पनि बोलेनन् र सम्बन्धित ठाउँमा कुरा राख्छु मात्र भने।उनलाई जनताहरुको साथ र समर्थन बिना नै राज्यको प्रत्येक अंगमा बराबरी हिस्सा चाहिएको छ र त्यो पाइरहेकै छन्। आफुले भनेको कुरा भए ठिकै नपाए डर धम्कि दिएर पनि आफुले चाहेको कुरा पुगेकै छ। जनताहरुको के काम, मरुन् कि बाचुन्, खाएर बसेका छन् कि भोकै।
त्यहाँ घुमघाम पछि उनी पनि फर्के। साखुँ निरीक्षणमा गएर न त्यहाँका भोका जनताहरुको पेट भरियो न घाइतेको उद्दार र राहत नै बितरण गरे। त्यहाँ त उनी आफ्नो छोटो उपस्थिति दर्ता गराउन गएका थिए। उपस्थिति दर्ता गराए टेलिभिजनमा आफ्नो अनुहार देखाए तर पिडितको पिडा महसुश गर्न सकेनन् ।
नेपालका जनताहरुले आफुलाई काम पर्दा बाहेक अन्य समयमा नेताहरुलाई खासै खोजेनन्। तर यो महाबिपत्तिको बेलामा जनताहरुले नेताहरुलाई खोजिरहेका छन्। सरकारका मन्त्रीहरु बरिष्ठ नेताहरु ,जिल्लाबाट जितेका सभासदहरु आफ्नो जिल्लामा गएर त्यहाँका पिडितहरुको दु:खमा सहभागी बन्न पर्ने हो। सान्त्वना दिने उद्दार कार्यमा समन्वय गर्न पर्ने। तर आजका दिनसम्म पनि ती नेताहरु कहाँ छन् , ज्युदै छन् कि छैनन् कि भुइचालोमा पुरिएका छन् केही खबरै छैन। बरु पिडित जनताहरु नै उनीहरुलाई खोज्न जान पर्ने गरेर भुमिगत भएका छन् नेताहरु। यस्तो बेलामा पनि ती नेताहरु जनताहरुको साथमा पिर मर्कामा हातेमालो गर्न गएनन् भने सधैभरिको लागि हराए हुन्छ।
जनताहरुले खोज्न आउँदैनन् , तर यो कुरा चाहि नबिर्सनु अहिलेको यो अथाह पिडा जनताहरुले बाचुन्जेल भुल्न सक्दैनन् । चुनाब भयो भने कालो पोतिएको अनुहार लिएर ढिच्च दाँत देखाउदै जनताहरुको घर दैलोमा भोट माग्न पनि नजानु राम्रो नतिजा पाउदैनौ। लेखेर राखे हुन्छ ।
हुनत यो बेला नेताहरुलाई गाली गरेर र नकारात्मक कुरा गरेर खाली कागज भर्ने बेला हैन। तर देशको पिडा देख्दा ८० बर्षको बृद्दले बाबु तीन दिन भयो खान पाएको छैन। घरको सामान सबै पुरियो , राज्यले हेरेन भनेको सुन्दा र सानो ४-५ बर्षको बच्चाले अंकल हामीलाइ भोक लागेको छ भनेको भिडियो बिदेशमा बसेर हेर्दा त्यो जति पिडा के हुन्छ र, मनमा धर्म भएको नेपालीहरुलाई।
चुनाबको बेलामा घर घरमा हात जोड्दै भोट दिएर जिताए गाउँको दु:ख पिडा बुझ्ने बाचा गरेको कसरी बिर्सनु? बुढापाकाको हात समाउदै केटाकेटी बोकेर नाटक देखाएका ती नेतालाई किन गाली नगरौ?
म पनि भुकम्प पिडित नै हु। मेरो पनि बसोबास गरिरहेको पुरानो घर भत्केको छ। मेरो परिवारको लागि मैले केहि पनि मागेको छैन र माग्दिन पनि। बिदेशमा दुखकै काम गरेर भएपनि दुइचार पैसा कमाउदै छु। मेरो परिवार र इस्टमित्र नातेदार सबै सुरक्षित हुनुहुन्छ। मेरो लागि सबैभन्दा ठुलो कुरा त्यहि नै हो। घर भत्कियो मेरो म अर्को घर बनाउन सक्छु। ठुलो थियो होला सानो झुपडि बनाएर बसौला। एक बर्ष छिटो नेपाल फर्केने योजना थियो अझै भाग्यले साथ दिए दुई बर्ष बढि बसौंला। सबै पिडितहरुले मेरो परिवारहरुले भन्दा अगाडि राहत नपाइकन सबैको पुनर्स्थापना भएको नदेखिकन, सबै नेपालीहरु आफ्नै घरभित्र आनन्दले नबस्दा सम्म मेरो परिवारलाी कुनै राहत दिनु पर्दैन।
एक त गरिब अर्को बिकट गाउँ त्यसमाथि परिवारको सदस्यको मृत्यु र खान बस्न समस्या तिनीहरुको उद्दारमा ध्यान देउ सरकार । एक- दुइ हप्ता कम समय सुतेर केहि हुदैन। तर खान नपाएर मान्छेले ज्यान गुमाउनु भएन।
एक हप्ता हुन लाग्यो अब पनि राज्यले काम गरिरहेको छ भन्दै घण्टौ बिदेशी मिडियामा ठुलो-ठुलो कुरा गर्दै तर पिडितहरुको बोली सम्म सुन्न नचाहने गरेर कान नथुन्नुस् गृहमन्त्री बामदेब गौतम ज्यु। संक्रमणकालमा बलात्कार सामान्य मान्नु भयो तर यो भुइचालो कालमा चाहि राहत र उद्दार ढिला हुनु स्वभाबिक हो भनेर नभन्दिनु होला।
बिदेशमा काम गर्ने सामान्य हैसियतका म लगाएतका मेरा साथीहरुले पहिलो चरणमा चार लाख भन्दा बढि पैसा सिन्धुपाल्चोकको कुनै ठाउँमा पिडितहरु समक्ष पुराइ सकेको छौ। दोस्रो चरणमा अन्त पनि सहयोग गर्ने गरेर आफुले पनि र साथीहरु संग माग्दै चन्दा संकलन गरिरहेका छौ। अनि तपाईहरु सरकार र सरकारी अधिकारीहरु आफु पनि भनेजस्तो चुस्त काम गर्न गराउन नसक्ने हामी बिदेशीएकाहरुले निस्वार्थ पठाएको पैसा पिडितहरु समक्ष पुराउन खोज्दा राष्ट्र बैंकले किन अंकुश लगाउने?
हामीहरुले कालो धन बढि भएर नेपालको अहितको लागि पठाउन लागेको हैन। काममा समेत नगइकन आफ्नो काम समेत जोखिममा पारेर भोकले छट्टपट्टिएका हरुले एक छाक खान पाउन् , भोकभोकै नपरुन् भनेर पठाएका हौ। कि तुरुन्त सबै ठाउँमा राहत बितरण गरेर देखाउनुस् नभए हामीहरुको पैसा पिडितहरुलाई दिनबाट नरोक्नुस्। तपाईहरुलाई कुन नैतिकताले दिन्छ हाम्रो ब्यक्तिगत पैसा पिडितहरुलाई दिनबाट रोक्न?
मानवियता हराएकै हो त नेपालका नेताहरुको ? प्रधानमन्त्री सुशिल कोइराला कहाँ निदाइरहनु भको छ? खै कता गए रामचन्द्र पौडेल , झलनाथ खनाल , शेरबहादुर देउवा र अनि मधेशी दलका नेताहरु ? जनताहरुले सुचना जारी गर्न पर्ने हो यी नेताहरुलाई भेट्टाउनेलाई पुरस्कार भनेर!
सुशिल कोइराला ज्यु बामदेब ज्यु ढिलो भइसक्यो धेरै। छिटो काम गर्नुस्। सक्नु हुदैन अरुलाई गर भनेर छोडिदिनुस्। तर भोकभोकै नेपालीहरु लाइ नमार्नुस्। इतिहासमा आफुलाई कलंकित नबनाउनुस् र मानवियता देखाउनुस्।