काठमाण्डु, १५ वैशाख– नुवाकोटका भूकम्पपीडितहरुले भोक भोकै मर्ने अवस्था उत्पन्न भएको बताएका छन् । भूकम्पले घर भत्काइदिएको छ । भूकम्प पछिको वर्षातले चामल मकै भिजेर कुहिएको छ । त्रिपाल किन्न समेत पाइएको छैन । पीडित दामोदर प्याकुरेलका अनुसार अहिलेसम्म नुवाकोटका केही स्थानमा सरकारी राहत टोली पुगेको छैन । भोट माग्न आइपुग्ने नेताहरु समेत कोही पुगेका छ्रैनन् । पीडितहरुले अहिले एक्लो र असाहय महशुस गरिरहेका छन् । खान नपाएर धेरैको विचल्ली भएको छ । बिरामीहरुले औषधि पनि पाएका छैनन् । स्थिति अत्यन्त पीडादायक बनिरहेको छ ।
-