धादिङ,वैशाख २०–भूकम्पका कारण घरबार गुमाएका पीडितले ओत लाउने त्रिपालसमेत पाउन सकेका छैनन्। भूकम्प गएको ७ दिन बितिसक्दा पनि पानीबाट जोगिन त्रिपालसमेत नपाएपछि पीडितहरु आक्रोशित भएका छन्।
जसोतसो गरेर खानेकुराको जोहो गरे पनि ओत लाग्ने ठाउँ समेत नपाउँदा विरामी हुने डरले स्थानियमा त्रास बढेको छ।केटाकेटी र बुढाबुढीलाई निकै सकस भएको छ।
भुकम्पका कारण घर पूर्ण रुपमा भत्किएका कारण स्थानीय अझैपनि खेतबारीमै बस्न बाध्य छन् । बजारमा किन्नको लागि त्रिपाल पनि नपाउने र पाइहाले पनि महङगो मुल्य तिर्नुपरेको नौविस १ भदौरेका शभ्भु लुइटेलले बताए।
उनले भने, ‘बजारमा किन्नको लागि त्रिपाल पनि पाइएको छैन, रेडक्रसमा गएर त्रिपाल माग्यो भने प्रशासनले वितरण गर्ने गरेको भन्ने जानकारी दिन्छ प्रशासनमा गएर माग्दा गाउ विकास समितिहरुमा नै पठाइएको छ भन्छ।’
जिल्ला प्रशासनले पनि पहिलो चरणमा प्रत्येक गाविसलाई १ देखि २ सय वटा त्रिपाल पठाएको जनाएपनि त्यो पर्याप्त भएको छैन । अधिकांश बस्तीहरुका घरहरु भग्नाबशेषमा परिणत भएका छन भने सग्ला रहेका घरहरु पनि चर्किएर भित्र बस्न लायक छैन। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।