लम्जुङ, जेष्ठ २० । विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष सेप ब्लाटरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
ब्लाटरले फिफा पदाधिकारीहरुमाथि अमेरीकी तथा स्वीस निकायमा भइरहेको छानबिनमा सहयोग गर्न आफ्नो बहीर्गमनको घोषणा गरेका हुन् ।
रिक्त हुने फिफा अध्यक्ष पदको नयाँ निर्वाचनको लागि अर्को वर्ष मे १३ तासखमा मेक्सीको सिटीमा विशेष साधारणसभाबोलाइएको छ । उक्त साधारणसभाले फिफाको नयाँ अध्यक्ष चयन गर्ने र उक्त अध्यक्षलाई फिफाका सबै सदस्य राष्ट्रले स्वीकार गर्नेसमेत ब्लाटरको विश्वाश छ ।
७९ वर्षीय स्वीस नागरिक ब्लाटर अघिल्लो हप्ता मात्रै पाँचौ कार्यकालको लागि फिफा अध्यक्षमा निर्वाचित भएका थिए । तर, यसको केही दिन पहिला फिफाका ७ जना वरिष्ठ पदाधिकारीहरु आर्थिक जालसाँझी र घुसखोरीको आरोपमा पक्राउ परेपछि ब्लाटरमाथि पद छाड्न ठूलो दबाब थियो ।
ब्लाटरले फिफाको विशेष साधारणसभा यसै वर्षको डिसेम्बरदेखि अर्को वर्ष मार्चसम्ममा बोलाउने चाहना भएपनि नयाँ उम्मेदवारहरुलाई पर्याप्त तयारीको समय दिन अर्को वर्ष मे १३ तारिखमा मात्रै साधारणसभा बोलाएको प्रस्ट पारेका छन् ।
नयाँ कार्यकालको लागि चयन भएको ४ दिनपछि पद छाड्ने ब्लाटरको निर्णयलाई विश्व फुटबल समुदायले अनौठो भनी प्रतिक्रिया दिएका छन् । युरोपियन फुटबल महासंघ (युएफा)का अध्यक्ष मिचेल प्लाटिनी, इंग्लिस फुटबल संघका अध्यक्ष ग्रेग डाइक, पोुर्चगलका फुटबल हस्ती लुइस फिगोलगायतले यसलाई सकारात्मक र आवश्यक कदम भनी टिप्पणी गरेका छन् ।
ब्लाटरले स्वेच्छाले पद त्यागेको बताएपनि जानकारहरुले भने अमेरिकामा मुद्दा चलाइएकाहरुमध्ये ब्लाटर पनि हुनसक्ने तथा फिफाका ठूला प्रायोजकहरुले दबाब दिएकोले ब्लाटर पछि हटेको अनुमान लगाएका छन् ।