२० जेठ, लम्जुङ । नेपालले बेलायती चिनुक हेलिकोप्टरलाई भारतबाट नेपाल प्रवेश गर्न नदिएको विषयमा बेलायतको चर्चित सञ्चार माध्यमले हेडलाइन समाचार बनाएको छ । एम्नेष्टी इन्टरनेशनललाई उद्धृत गर्दै नेपाली सेनाले बेलायतमा आफ्ना कर्णेल पक्राउ परेको असन्तुष्टिका कारण नेपालमा बेलायती हेलिकोप्टर आउन नदिएको समाचारमा उल्लेख गरिएको छ ।
भूकम्पपछि पीडितको उद्दार तथा राहतका लागि बेलायतले पठाएका तीन मिलिट्री हेलिकप्टर ‘चिनुक’लार्य नेपाल सरकारले उडान अनुमति नदिंदा नेपाल नआइ
भारतबाटै फर्केका थिए ।
भारतबाटै फर्केका थिए ।
भारतको चण्डिगढ एयर बेसमा झण्डै महिना दिनसम्म अनुमति कुरेर बेलायतले पछि चिनुकलाई स्वदेश फर्काएको थियो । तर अहिले बेलायती अखवार द टेलिग्राफले यस्तो हेडलाइन छापेको हो ।
समाचारमा बेलायतले नेपाली सेनाका कर्णेल कुमार लामालाई पक्राउ गरेर थुनामा राखेपछि असन्तुष्ट रहेको नेपाली सेनाले त्यसकै कारण बेलायती हेलिकप्टरलाई नेपाल जान नदिएको एम्नेष्टीका अधिकारीलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ ।
सशस्त्र युद्धका क्रममा नेपालमा बन्दीलाई यातना दिएको भन्दै बेलायत परिवार भेट्न गएका कर्णेल लामालाई पक्राउ गरिएको थियो । एम्नेष्टीको रिपोर्ट केवल आशंकाका भरमा लेखिएको टिप्पणी बेलायती सरकारका एक बरिष्ठ अधिकारीले गरेका छन् ।