Home » » अमेरिकी रिपोर्ट : विश्वमा आतंकवादी आक्रमण बढ्यो आतंकवादको प्रभाव ९५ देशमा

अमेरिकी रिपोर्ट : विश्वमा आतंकवादी आक्रमण बढ्यो आतंकवादको प्रभाव ९५ देशमा

ओएस नेपाल काठमाडौँ,५ असार, । विश्वमा हुने आतंकवादी गतिविधिको विरोधमा जुधिरहेको अमेरिकाले आतंकवादी आक्रमणका घटनामा कमी आउनुको साटो झन् वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।
शुक्रबार अमेरिकी स्टेट डिपार्टमेन्टले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार इस्लामिक स्टेट (आइएस) र नाइजेरियन बोको हरामको बढ्दो गतिविधिका कारण विश्वमा आतंकवादी आक्रमणका घटना बढेका हुन् ।
रिपोर्टअनुसार विश्वमा सन् २०१४ मा १३ हजार ५ सय आतंकवादी आक्रमणका घटना भएका छन् । यी घटनामा करिब ३३ हजार नागरिकको मृत्यु भएको छ ।
जबकि सन् २०१३ मा विश्वमा १० हजार वटा आक्रमण भएका थिए, जसमा करिब १८ हजारको मृत्यु भएको थियो ।

अमेरिकी रिपोर्टमा जनाइएअनुसार पछिल्लो वर्ष विश्वमा अपहरणका घटनामा वृद्धि भएको छ । सन् २०१३ मा आतंकवादीहरुले १ हजार १ सय ३७ वटा अपहरण घटना गराएका थिए । सन् २०१४ मा ९ हजार ४ सय २८ वटा अपहरणका घटना भएका छन् ।
इराकमा आइएस र नाइजेरियामा बोको हरामको आक्रमण बढी देखिएकाले २०१४ मा यस्ता घटनामा वृद्धि भएको रिपोर्टमा बताइएको छ । आतंकवादीहरुले अपहरणपछि हत्या गर्ने क्रम बढेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा जनाइए अनुसार आतंकवादी आक्रमणको शिकार हुने देशहरुमा इराक, नाइजेरिया र अफगानिस्तान मुख्य छन् । सन् २०१४ मा आतंकवादी आक्रमणको प्रभाव ९५ देशमा परेको बताइएको छ ।
मध्यपूर्व आतंकवादी आक्रमणको केन्द्र बनेको छ भने दक्षिण एशिया र पश्चिमी अफ्रिका यसको शिकार भएका छन् । रिपोर्ट अनुसार इराक, पाकिस्तान, अफगानिस्तान, नाइजेरिया र भारतमा ६० प्रतिशत आतंकवादी आक्रमणका घटना भएका छन् । यसमा सिरियालाई जोड्ने हो भने करिब ८० प्रतिशत हुन जान्छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf