Home » » ‘नेपाल अल्ट्रा म्याराथन’ लमजुङमा सुरु, २५ देशका ५१ धावक सहभागी

‘नेपाल अल्ट्रा म्याराथन’ लमजुङमा सुरु, २५ देशका ५१ धावक सहभागी

लमजुङ, कार्तिक १४ । लमजुङमा अन्तर्राष्ट्रियस्तरको ‘नेपाल अल्ट्रा म्याराथन’ प्रतियोगिता सुरु भएको छ ।
एक्सन एसिया र हिमालयन ट्रेल्सको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, स्पेन, फिलिपिन्स, जर्मनीलगायत २५ देशका ५१ जना धावकहरु सहभागी छन् ।
म्याराथनमा २० र ४० किलोमिटर दूरीका दुईओटा रुटबनाइएको छ । सदरमुकाम बेसीसहरबाट सुरु भएको म्याराथनमा धावकहरु पर्यटकीय गाउँहरु घुमेर पुनः बेसीसहर आउने गरी रुट बनाइएको छ ।
पहिलो दिन बेसीसहरबाट कपुरगाउँ, घलेगाउँ, नाउँ, नजरे, लामागाउँ, खुदी, सारिङहुँदै धावकहरु बेसीसहर पुगेका छन् ।
दोस्रो दिन बेसीसहरबाट भुलभुले, भुष्मे, बाँझाखेतको सिरुवारी, भाचोक, हिलेटक्सारहुँदै पुनः बेसीसहर पुग्ने रुट बनाइएको छ ।
यस्तै, तेस्रो दिन प्रतियोगीहरु बेसीसहरबाट गाउँशहर, पुरानकोट सुन्दरबजार हुँदै पुनः बेसीसहर पुग्ने छन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf