Home » » वीरगन्जमा गोली लागेर ‘भारतीय नागरिक’को मृत्यु, तनावपछि अनिश्चितकालीन कर्फ्यु

वीरगन्जमा गोली लागेर ‘भारतीय नागरिक’को मृत्यु, तनावपछि अनिश्चितकालीन कर्फ्यु

वीरगन्ज, कार्तिक १६ । पर्साको वीरगन्जमा प्रहरीले चलाएको गोली लागेर सोमबार एकजनाको मृत्यु भएको छ ।
शंकराचार्य गेटनजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर भारत रक्सौलका सोनुकुमार रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको झडपमा अरु ६ जना प्रदर्शनकारी
पनि घाइते भएका छन् ।
यसैबीच, वीरगन्जमा प्रर्दशन चर्कंदै गएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेदेखि नगर क्षेत्रमा अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।
सोमबार बिहान ५ बजे सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको पाँच घन्टापछि वीरगन्ज–रक्सौल नाका फेरि आन्दोलनकारीको नियन्त्रणमा गएको हो ।
प्रहरीले लखेटेपछि भारतीय भूमिमा पुगेका आन्दोलनकारी पुन दशगजाको मितेरी पुलमा फर्किएका हुन् । उनीहरुले भारतीय भूमीबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए ।
सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएलगत्तै वीरगन्जमा रोकिएका करिब डेढ सय बढी भारतीय सवारी–साधन रक्सौल छिरेका थिए । भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बलले त्यसपछि भने आन्दोलनकारीलाई दशगजामा प्रवेश दिएका थिए ।
भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा जम्मा भएका आन्दोलनकारीले फेरि प्रदर्शन गरेका हुन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगन्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँ–ठाउँमा प्रदर्शन गरे छन् ।
वीरगन्जको नगमा र घन्टाघर क्षेत्रमा आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

यस्तै, प्रदर्शनकारीले वीरगन्जको छपकैया, बिर्ता, इनरुवा, मुरली र राघेमाईमा प्रर्दशन जारी राखेका छन् ।
यसैबीच, मोर्चाका कार्यकर्ताले पर्साको इलाका प्रहरी कार्यालय लंगरीमा आगजनी गरेका छन् । आगजनीपछि त्यहाँ कार्यरत प्रहरीहरुलाई इलाका प्रहरी कार्यलय पोखारियामा सारिएको छ ।
आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा पनि तोडफोड गरेका छन् । प्रहरीले बसपर्कमा हस्तेक्षप गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेपछि आन्दोनकारीले पनि प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf