लम्जुङ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ससुराली आएकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । बालुवाटारमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँगको भेटमा ओलीले यस्तो बताएका हुन् । ‘भारतबाट विवाह गरेर नेपाल आएकी चेलीलाई उताको नागरिकता त्यागेर निवेदन दिने वित्तिकै नेपाली नागरिकता दिने व्यवस्था संविधानमा छ,’ उनले भने, ‘तर नेपालमा ससुराली आएका बेला नागरिकता पनि लिएर जाउँ न त भन्नेलाई नागरिकता दिन सकिन्न ।’
उनले अहिले केही व्यक्तिले नागरिकताको कुरा उठाएर तराई–मधेसमा भ्रम पैदा गरेको पनि आरोप लगाए । ‘नागरिकताको भ्रम फैलाएर अहिले तराई–मधेसमा आन्दोलन चर्काउने काम भएको छ,’ उनले भने, ‘त्यो उचित होइन ।’
प्रधानमन्त्री ओलीले अहिले देखिएको समस्यालाई छिट्टै समाधान गर्न सरकार तयार रहेको पनि आश्वासन दिए । उनले जात–जातको लडाईँ गरेर समस्या ल्याउने काम भएको भन्दै त्यसो नगर्न राष्ट्रियता बचाउँन पनि आग्रह गरे ।
उनले देशको शीर झुक्ने गरी भारतसँग सम्झौता नगर्ने समेत प्रष्ट पारे । ‘वर्तमान समस्याको समाधान गर्न सरकार तयार छ,’ उनले भने, ‘तर देशको शीर झुक्ने गरी र देशभक्ति मर्ने गरी सम्झौता गर्दिन ’ उनले केही समय बरु नेपालीलाई समस्या झल्न परे पनि धैर्य हुन आग्रह गरे । ‘केही समय समस्यामा बाँचौ,’ उनले भने, ‘देशको शीर झुकाउने काम नगरौँ ।’
ओलीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब २५ मिनेट लामो टेलिफोन वार्तामा पनि दुई देशको सम्बन्धलाई अझै सुदृढ र विकसित बनाउन आग्रह गरेका थिए । उनले दुई देशबीच अहिले देखिएका कतिपय समस्याहरुका बारेमा छलफल गर्दै समस्याहरुको आपसी समझदारीबाट हल गर्न सकिने बताएका थिए ।
सोमबार वीरगञ्ज नाकामा अवरोध हटउन नदिने प्रयास स्वरुप भएको विरोध प्रदर्शन उग्र र हिंसात्मक हुँदा भारतीय एक नागरिकको मृत्यु भएको बारेमा पनि कुराकानी भएको थियो । कुराकानीमा ओलीले प्रहरीमाथि आक्रमण हुँदा प्रहरीबाट शान्ति स्थापनाका लागि बाध्यतापूर्वक बल प्रयोग भएको र एक जना व्यक्तिलाई गोली लागि मृत्यु भएको बताएका थिए । तर, निज व्यक्ति भारतीय भएको भन्दै मोदीले चिन्ता व्यक्त गरेका थिए ।