Home » » थानकोट डिपो भरियो, ट्यांकरले तेल खन्याउन पाएनन्

थानकोट डिपो भरियो, ट्यांकरले तेल खन्याउन पाएनन्


मोटरसाइकल र ट्याक्सीलाई तेल दिइने 
काठमाडौं : नेपाल आयल निगमको थानकोटस्थित डिपोको ट्यांकी भरिएपछि ११ वटा ट्यांकरले  सोमबार पेट्रोलियम खन्याउन पाएनन् । 
 
उपभोक्ताले पेट्रोलियम नपाएर हाहाकार भइरहेका बेला नेपाल आयल निगमको लापरबाहीले ट्यांकरले इन्धन खन्याउन नपाएका हुन् । 

थानकोटस्थित डिपो भरिएपछि सोमबार आएका ११ वटा ट्यांकरको इन्धन सिधै पेट्रोल पम्पलाई बितरण गरिने भएको छ । 

यसैबीच आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियमको मौजदात हेरेर वितरण प्रणालीलाई तत्काल सहज पार्न निर्देशन दिएका छन् । 

मंगलबार मोटरसाइकललाई इन्धन दिइने 
निगमले मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई इन्धन बितरण गर्ने योजना बनाएको छ । 

सोही योजनालाई कार्यान्वयनमा ल्याउन थानकोटको डिपोको क्षमताभन्दा बढी आएको इन्धन प्रयोग गरिनेछ । 

निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार थानकोटको डिपो अहिले पूर्णरुपमा भरिएको अवस्थामा छ । 

सोमबार आएको ११ ट्यांकरको इन्धन उक्त डिपोमा राख्न सक्ने अवस्था नभएकाले उक्त परिमाणको इन्धन मंगलबार निजीक्षेत्रका मोटरसाइकललाई बितरण गरिनेछ । 

थानकोट डिपोमा अहिले करिब ५० लाख ७० तेल भण्डारण गरिएको छ । थानकोट डिपोको क्षमता १९ लाख लिटर छ । 

लट संख्याका आधारमा निगमले सोमबार, बुधबार र शुक्रबार पाँच लिटरका दरले इन्धन दिने भएको छ ।

त्यसैगरी साताको दुई पटक मंगलबार र बिहीबार जोर बिजोरको आधारमा १० लिटरका दरले निजीक्षेत्रका ट्याक्सीलाई पेट्रोल बितरण गर्ने योजना पनि निगमले तयार पारेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf