Home » » सिरियाको मडाया सहरमा भोकमरीका कारण किरा, र घाँस, कुकुर विरालो सकिएपछि माटो खाँदै

सिरियाको मडाया सहरमा भोकमरीका कारण किरा, र घाँस, कुकुर विरालो सकिएपछि माटो खाँदै

सिरियाको मडाया सहरमा भोकमरीका कारण रहमान र उनका परिवारका सदस्य धेरै कम्जोर भइसकेका छन् । कमजोरीका कारण उनी आफ्नो घरभित्र पनि हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । हिँड्डुल गर्ने कोशिश गर्यो‍ भने शरीरमा बाँकी रहेको उर्जा पनि सकिएर मर्ने चिन्ताले यिनलाई सताएको छ ।  रहमानले अलजजिरा टेलिभिजनका अली सादसँग भने, ‘यो सहरमा बिरालो र कुकुर एउटा पनि बाँकी छैनन् । यहाँसम्म कि रुखको पात पनि अब दुर्लभ भइसक्यो ।’

बीबीसीको रिपोर्टका अनुसार यहाँका बासिन्दा अहिले भोक मेटाउनका लागि माटो खाइरहेका छन् । सिरियाको राजधानी दमास्कसबाट उत्तर–पश्चिम २५ किलोमिटर टाढाको मडाया सहरका बासिन्दा गम्भीर कुपोषणको समस्यासँग जुधिरहेका छन् । यहाँ इन्धन र औषधिको आपूर्ति पुरै ठप्प भएको छ ।
अघिल्लो साल जुलाई महिनादेखि यो सहरलाई सिरियाली राष्ट्रपति बसर अल असदको सेनाले घेराबन्दी गरेर राखेको छ । रेडक्रसले जनाए अनुसार चिसोबाट बच्नका लागि यो सहरका बासिन्दा प्लास्टिक जलाइरहेका छन् । रहमानले यही अवस्था केही महिना रहेमा यहाँका बासिन्दाले भोकै ज्यान गुमाउनुबाहेक अर्को विकल्प उनीहरुसँग छैन । ‘यहाँ अब जिउँदो रहने कुनै आशा छैन’, उनले दबेको स्वरमा भनेका छन्, ‘यो ददर्नाका अवस्थालाई बुझ्ने र सम्झिने कोही भएन ।’
सिरियाली अब्जर्भेटरी फर ह्युम्यान राइट्सले बुधबार बताए अनुसार खानै नपाएर यहाँ बालबालिकासहित केही दिनयता २३ जनाले ज्यान गुमाएका छन् ।
भोकै रहेका मडाया सहरका बालक । आईएआईसले कब्जा गरेको यो सहरको पुरै इलाकामा असद नेतृत्वको सरकारी सेनाले सम्पूर्ण आपूर्ति ठप्प पारिदिएको छ ।
 उनीहरुलाई लेबनानको सिया समूह हिजबुल्लाको सेनाको समर्थन मिलेको छ । बेलायतस्थित बेस्ड निगरानी समूहले बताए अनुसार यहाँ खान नपाएर भोकभोकै कम्तिमा तीन सय बालबालिका मर्न लागेका छन् ।
स्थानीय मानवअधिकारकर्मीहरुले बताए अनुसार मडाया सहरका ४ हजार मानिससम्म खाद्यान्न र औषधि पुग्न सकेको छैन । दमास्कस रेडक्रसका प्रवक्ता पबेल क्रिजिसिकले मडाया सहरबासीको अवस्था अत्यन्तै दयनीय भएको बताएका छन् ।  उनले डीपीए न्यूजसँग बताए अनुसार यहाँका मानिसहरु भोकले तड्पिरहेका छन् । ‘एकातिर भोक छ भने अर्का्तिर असाध्य चिसो बढेका बेला यहाँ बिजुली र इन्धन आपूर्ति ठप्प छ’, उनले भने । मडायाका अस्पताल सञ्चालक र औषधि पसलेले बताए अनुसार यहाँका मानिसहरु आफूलाई जीवित राख्न घाँस खाइरहेका छन् ।
डाक्टर खालिद मोहम्दले डीपीएसँग बुधबार भने, ‘हामीले यहाँका नवजात शिशुहरुलाई दूध उपलब्ध गराउन सकेका छैनौ ।’ शुक्रबारमात्रै यहाँ एक वर्षीय बालकले भोककै कारण ज्यान गुमाए । विपक्षी सिरियन नेशनल कोअलिसनले मडायामा मानवीय विनाको चेतावनी दिएको छ । नजिकैको अर्को सहर जबादनीको अवस्था पनि मडायाको जस्तै छ ।
संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार पछिल्लो पाँच वर्षमा सिरियामा चलेको हिंसात्मक संघर्षका क्रममा २ लाख ५० हजार मानिसले ज्यान गुमाइसकेका छन् । गृहयुद्धका कारण देश छाड्नेहरुको संख्या २० लाख भन्दा बढिरहेको छ 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf