राईनास (लमजुङ्)
निरज अधिकारी–
लमजुङको पर्यट्कीय स्थल राईनासकोटबाट प्याराग्लाइडिङ्को सफल परिक्षण उडान गरिएको छ ।प्याराग्लाईडिङ्गको लागी सफल स्थानको खोजीमा रहेका फिल्याण्डका ५ जना बिदेशी सहितको नेपाली टोलीले राईनासकोटको डाँडाबाट प्याराग्लाइडिङ्गको उडान परिक्षण गरेका हुन् ।
फिल्याण्डका नागरिक युरिकी र रोट्वो सहितको पाँच जनाको टोलीले उडान भरेका थिय । राईनासकोटबाट उडान भरेर २ विदेशी धमिलिकुवा र तार्कुघाटमा र अन्य ३ ले सोहि स्थानमा सफल आवतरण गर्न सफल भएका थिय ।
पोखराबाट जुद्ध गुरुङ्को नेतृत्वमा आएका ५ जना फिल्याण्डका नागरिकहरुले राईनासकोटबाट प्याराग्लाईडिङको उडान परिक्षण गरेका हुन्् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुने भएसँगै प्याराग्लाईडिङ् लोप हुने देखिएका कारण राइनासकोटमा निरिक्षण गरिएको हो । प्याराग्लाईडिङ्का लागी यो स्थान उपयुक्त रहेको गुरुङ्ले बताए । मनोरम दृश्याबलोकन गर्न सकिने भएकाले यसलाई व्यवसायीक बनाउन यो स्थान उपयुक्त रहेको उनको भनाई छ ।