Home » » निवर्तमान अखिलका सचिव लामा २२ औं महाधिवेशनमा पनि खुल्ला तर्फका सचिव उम्मेदवार

निवर्तमान अखिलका सचिव लामा २२ औं महाधिवेशनमा पनि खुल्ला तर्फका सचिव उम्मेदवार


Bhakta Lama


  निवर्तमान अखिलका सचिव लामा २२ औं महाधिवेशनमा पनि खुल्ला      तर्फका सचिव उम्मेदवार छन्        

देशकै ठूलो र गतिशील विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ । लाखौँ युवा विद्यार्थीहरुको आस्थाको केन्द्र भएकाले स्वभाविक रुपमा यो महाधिवेशनले विशेष महत्व राख्दछ । महाधिवेशन यस्तो थलो हो जहाँबाट लिने निर्णय र बनाइने नयाँ नेतृत्वले संगठनको भावी आन्तरिक र बाह्य जीवनको डिजाइन गर्दछ । संगठनलाई जीवन्त राख्न आवश्यक सिद्धान्त, विचार, नीति, रणनीति, कार्यनीति, तथा संगठनलाई सुदृढ गर्न महाधिवेशनको महत्वपूर्ण भूमिका हुन्छ ।Bhakta Lama

देश यतिबेला अत्यन्तै जटिलमोडबाट अगाडि बढिरहेको छ । आठ बर्षे लामो सकसपूर्ण अवस्था पार गर्दै सात प्रदेशका संघीय संरचना सहितको नयाँ संविधान जारी भएको सेलिब्रेसनसम्म गर्न नपाउँदै मधेश आन्दोलन र भारतले लगाएका अघोषित नाकाबन्दीका कारण वास्तवमै देश सकसपूर्ण अवस्थामा गुज्रिरहेको छ । एकातिर दैनिक उपभोग्य वस्तुको अभाव छ भने अर्कातिर कालोबजारीको ताण्डव चलिरहेको छ । यस्तो अवस्थामा पनि सरकार मुकदर्शक छ । यो चार महिनाको अवधिमा सरकारले न कालो बजारी नै नियन्त्रण गर्‍यो न त नाकाबन्दी खोलाउने ठोस प्रयत्न नै भयो । उल्टो चीनसँगको नाका खोलाउने चर्चा समेत सेलाएको देखिन्छ ।
देशको यस्तो विषम परिस्थितिका बीच आफ्नो २२ औँ महाधिवेशन सम्पन्न गर्न अनेरास्ववियुलाई कम चुनौतीपूर्ण छैन । तर संगठनको प्राणवायुका रुपमा हुने महाधिवेशन गर्नै पर्नेछ । यसका लागि देशभरका लाखौं देशभक्त विद्यार्थी साथीहरु काठमाण्डौँ आईसक्नु भएको छ । अनेरास्ववियुले राम्ररी बुझेको छ सहज परिस्थितिमा होइन विषम परिस्थितिमा नेता र संगठनको आवश्यकता खड्किन्छ ।
लाखौँ विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै नाकाबन्दी, जनजीविका, राष्ट्रिय स्वधिनता, शैक्षिक मुद्दा, सदभाव तथा सहिष्णुता जस्ता कैयन मुद्दाहरु उठान गर्नु आफ्नो कर्तव्य हुन आउँछ ।
इतिहासको हरेक कठिन क्षणहरुमा निर्णायक भूमिका निर्वाह गर्दै आएको अनेरास्ववियु सामु पुनः एउटा परीक्षा खडा भएको छ । असहज परिस्थितिका बाबजुद सफलता पूर्वक महाधिवेशन सम्पन्न गरी सबल, सक्षम नेतृत्व निर्माण गर्दै भूकम्प र नाकाबन्दीले थिलथिलो देशलाई सहजता तर्फ डोर्‍याउन ।  अनेरास्ववियु युवा विद्यार्थीहरुको संगठन हो । लाखौँ विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै नाकाबन्दी, जनजीविका, राष्ट्रिय स्वधिनता, शैक्षिक मुद्दा, सदभाव तथा सहिष्णुता जस्ता कैयन मुद्दाहरु उठान गर्नु आफ्नो कर्तव्य हुन आउँछ । अर्को महत्वपूर्ण विषय नेकपा एमालेको नवाैं महाधिवेशनपछि पहिलो पटक जनवर्गीय संगठनको महाधिवेशन हुँदैछ ।
पार्टीको नवौँ महाधिवेशले केही महत्वपूर्ण फैसला गरेका छन् । त्यसलाई समेत आत्मसात् गर्दै अखिल कस्तो बनाउने ? अखिल चरित्र कस्तो हुने ? अबको कार्यदिशा ? विद्यार्थी आन्दोलनको औचित्य के ? बजारहल्ला जस्तै विद्यार्थी आन्दोलन भ्रष्ट्रिकृत हुँदै आएको हो त ? यी र यस्ता विद्यार्थी आन्दोलनसँग जोडिएका कैयन विषयहरुमा गम्भिर बहस हुन आवश्यक छ ।

गुट, उपगुट र व्यक्तिगत स्वार्थले घेरिएका समूहहरु भन्दामाथि उठेर सबै प्रतिनिधिले विवेक प्रयोग गर्न आवश्यक छ ।

वास्तवमै नेपाली विद्यार्थी आन्दोलन एक जटिल मोडमा आइपुगेको छ । विगतको गौरवमय इतिहासको बिस्कुन फिजाँएर बस्नु बाहेक हातमा केही नभएको अवस्था छ । यही गतिले निरन्तरता पाए निश्चित छ एक दिन विद्यार्थी आन्दोलन विघटनको संघारमा पुग्नेछ । अनेरास्ववियु नेता विद्यार्थी संगठन भएका नाताले यतिबेला आफूलाई कठोर समीक्षा गर्नै पर्छ । समय सापेक्ष विद्यार्थी आन्दोलन पुनःजागरणका निम्ति महाधिवेशनदेखि महाधिवेशनसम्मका लागि होइन यतिबेला वास्तवमै नीति मूल्य र संगठनलाई सही दिशा प्रदान गर्न सक्ने नेतृत्व आवश्यक छ । त्यसका निम्ति गुट, उपगुट र व्यक्तिगत स्वार्थले घेरिएका समूहहरु भन्दामाथि उठेर सबै प्रतिनिधिले विवेक प्रयोग गर्न आवश्यक छ । त्यसैले यो चूनौतीपूर्ण घडीमा जारी २२ औँ महाधिवेशनको सन्दर्भमा केही महत्वपूर्ण विषयहरु यहाँ उठान गरेकी छु ।
१) वैचारिक पक्ष
वैचारिक अस्पटताका कारण नेपाली विद्यार्थी आन्दोलन दिशाविहिन बन्दै गइरहेको छ । गौरवमय इतिहास मात्र होइन देशको हरेक राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्दै आएको विद्यार्थी आन्दोलन ०६२–६३ पछि ख्याउटे बन्दै गइरहेको तीतो यथार्थ स्विकार्नै पर्छ । विश्वव्यापीकरणका कारण आज विश्व एउटा गाउँमा रुपान्तरण भएको छ । पूँजिवादी फैलँदो हावाले आज विश्वलाई छोपेको छ ।
हाम्रो मन, मस्तिष्क, र चेतना पनि उसरी नै परिवर्तन हुँदै गएका छन् । हाम्रो प्रत्येक पाइलामा पुँजिवादको छायाँ छ । नेकपा एमालेको नवाैं महाधिवेशनले नेपाली समाज पनि मूलभूत रुपमा पुँजिवादमा प्रवेश गरिसकेको निष्कर्ष निकालेको छ । बदलिँदो परिस्थिति अनुरुप विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन त्यही अनुरुपको विचार निर्माण अहिलेको आवश्यक्ता हो । वर्तमान समाजको चरित्रलाई आत्मसाथ गर्दै अगाडि बढे मात्र समाजवादी गन्तव्य पुग्न सहज हुन्छ । अन्यथा वैचारिक अस्पष्टताका कारण हाम्रो आन्दोलन, हाम्रो यात्रा ‘कुहिरोका काग’ झैँ हुनेछ ।
Bhakta Kumari lama
२) शैक्षिक एजेण्डा
शिक्षाको मूलभूत लक्ष्य समृद्ध, न्यायपूर्ण र समतामूलक समाजमा स्थापना गर्ने भएकाले सबैको पहुँच र अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्छ । अहिले दुई किसिमको शिक्षा नीति विद्यमान छ । सरकारी र नीजि क्षेत्रका नाममा जबसम्म दुई खाले शिक्षा नीति कायम रहन्छ तबसम्म एउटै देशमा दुई किसिमका नागरिक कायमै रहन्छन् । सरकारी विद्यालयमा नियमित पढाइ हुँदैन ।
नीजि विद्यालयहरु गुणात्मक शिक्षा भन्दा बढी व्यापारमुखी देखिन्छन् । पाठ्यक्रम र वातावरण केहीमा पनि एकरुपता छैन । जबसम्म शिक्षामा भएको विभेदकारी नीतिको खारेज गरिँदैन विभेदको खाडल पुरिनुको साटो झन बढेर जानेछ । यस सन्दर्भमा ‘श्रम र प्रकृतिको संयोजन बिना कुनै पनि वस्तुको निर्माण हुन सक्दैन’ भन्ने माक्र्सको भनाई सान्दर्भिक छ । नेपालको सन्दर्भमा पाठ्यक्रम न श्रमसँग जोडिएको छ न प्रकृतिसँग नै, जसको परिणामस्वरुप विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने थलोका रुपमा स्थापित बन्दै गएका छन् ।
नेपाली समाज सुहाउँदो नीति अख्तियार गरी शैक्षिक क्षेत्रलाई उत्पादनमुखी बनाइनु आवश्यक छ । उच्चमाध्यमिक तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क गरिनु पर्छ । पाठ्यक्रममा ग्रामीण तथा स्थानीय तहमा रोजगारी सिर्जना गर्न सक्ने विषयवस्तु समेटिनुपर्र्छ । पाठ्यक्रम तथा पाठ्यपुस्तक र शिक्षण सिकाइ प्रक्रियामा सामाजिक तथा साँस्कृतिक भिन्नताको सम्मान गर्ने विषयवस्तुहरु समावेश गरी स्थानीय विषय, परिवेश र क्रियाकलापलाई स्थान दिई शिक्षण सिकाइको क्रममा यस्ता भिन्नताको कदर गरिनुपर्छ । त्यस्तै उच्च तहमा नेपालमा रहेको अथाह प्राकृतिक सम्पदालार्ई सदुपयोग गर्ने वैज्ञानिक र व्यवहारिक शिक्षा, सबै क्षेत्र र वर्गलाई समेट्न सक्ने सहज सुलभ र गुणस्तरीय शिक्षा, यसका लागि सुविधा सम्पन्न भौतिक संरचना, पाठ्यक्रममा एकरुपता र वैज्ञानिक परीक्षा प्रणाली अवलम्बन गर्नुका साथै शैक्षिक व्यवस्थापनमा निखारता ल्याउन आवश्यक छ ।
३) सांगठनिक स्वरुप
हाम्रो तागत भनेकै संगठन हो । संगठन चुस्तदुरुस्त बनाउनु पर्छ । परिभाषित जिम्मेवारी बोकेका कमिटीहरु निर्माण गरिनु पर्छ । सात प्रदेश सहितको नयाँ संविधान जारी भइसकेको अवस्थामा हाम्रो सांगठनिक संरचनाहरु पनि सो अनुरुप निर्माण गरिनु पर्दछ । अहिले देखिएका सम्मेलनबाट सम्मेलनसम्म, कमिटीदेखि कमिटीसम्म जस्ता विकृतिलाई निरुत्साहित गर्दै कामकाजी कमिटीहरु निर्माण गरिनुपर्छ । सूचना प्रविधिको उच्चतम विकास र प्रयोग भएको यो समयमा यसको भरपुर उपयोग गर्दै केन्द्रीय सूचना केन्द्रको स्थापना गरिनुपर्छ । अनेरास्ववियुका हरेक महत्वपूर्ण अभिलेखहरुलाई ‘डिजिटलाइज’ गरिनुपर्छ ।
प्रारम्भिक तहदेखि विद्यावारिधिसम्म स्तर अनुसार गतिविधिहरु सञ्चालन निर्देशिका तयार गरिनुपर्छ । कमिटिहरु निर्माण गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्दै लैङ्गिक, जातीय, क्षेत्रीय, वर्ग, भाषा आदिलाई समानुपातिक हिसाबले समेटिनु पर्छ ।
नेतृत्व भनेको संगठनको प्रतिविम्व र गहना हो । एउटा अरबी कहावत छ ‘सय ओटा बाघलाई एउटा भेडाले नेतृत्व गरेको भन्दा एउटा बाघले सय ओटा भेडालाई गरेको नेतृत्व सफल हुन्छ ।’ अनेरास्ववियुका नेतृत्व भेडा जस्तो होइन बाघ जस्तो हुनु पर्छ ।
कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । प्रशिक्षणलाई प्राथमिकता दिनुपर्छ । कस्तो नेता कार्यकर्ता उत्पादन भइरहेका छन भन्ने कुरा संगठनले सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमहरुले निर्धारण गर्दछ । संगठनको सञ्चालन परिचालनमा आर्थिक एक महत्वपूर्ण पाटो हो । संगठनमा कोष निर्माण र सञ्चालनमा विशेष ध्यान पुर्‍याउनुपर्छ । संगठनमा कोष निर्माण र परिचालन व्यवस्थित नहुँदा कतिपय नेता कार्यकर्ताहरु भ्रष्ट हुँदै गएको पाइएकोछ । संगठनभित्र यस्तो प्रवृत्ति मौलाउँदै गए संगठन कहाँ पुग्ला ? उत्तर प्रष्ट छ । तत्काल आर्थिक विनियम बनाइ यस्ता गतिविधिहरुलाई व्यवस्थित गरिनु पर्छ ।
४) नेतृत्व
संगठनमा नीति कि नेतृत्व प्रधान भन्ने विषयमा निक्कै बहस हुने गर्दछ । वास्तवमा नीति र नेता अन्योन्याश्रित, अविभाज्य तत्वहरु हुन् । यसमध्ये एकको अभावमा संगठन अपूर्ण हुन्छ । जुनसुकै अवस्थामा संगठनलाई सफल बनाउन प्रभावकारी नेतृत्व चाहिन्छ ।
नेतृत्व भनेको संगठनको प्रतिविम्व र गहना हो । एउटा अरबी कहावत छ ‘सय ओटा बाघलाई एउटा भेडाले नेतृत्व गरेको भन्दा एउटा बाघले सय ओटा भेडालाई गरेको नेतृत्व सफल हुन्छ ।’ अनेरास्ववियुका नेतृत्व भेडा जस्तो होइन बाघ जस्तो हुनु पर्छ । नेता भनेको ड्राइभर हो । लाखौँ विद्यार्थीका भविष्य त्यो ड्राइभरको हातमा हुन्छ । संगठन र देशको भविष्य कतातिर मोड्ने भन्ने ताकत समेत नेतृत्वमा हुने भएकाले अनेरास्ववियुको नेतृत्व अनुकरणीय, उदाहारणीय, विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने, दूरदर्शी, क्षमतावान, संगठनको लक्ष्य, उद्देश्यप्रति सचेत र चूनौतीसँग पौठेजोरी खेल्न सक्ने हुनुपर्दछ ।
५) अखिल स्कुलको स्थापना
विद्यार्थी आन्दोलनमा पुनःजागरण ल्याउन, भुत्ते बन्दै गएको अखिललाई साँध लगाउन र वैचारिक स्खलन रोक्न अखिल स्कुलको स्थापना गरिनु पर्दछ । अखिल स्कुलले (कअजयय िया तजयगनज ) को अवधारणलाई अनुसरण गर्दछ । वैचारिक रुपमा धारिलो, ज्ञानसीपयुक्त र विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नका लागि यस्तो स्कुलको स्थापना अनिवार्य बन्दै गएको छ । अनेरास्व्वियुका सदस्यता लिइसकेपछि हरेक विद्यार्थीले यो कोर्ष गर्नै पर्ने हुन्छ । छोटो समयको चुस्त पाठ्यक्रम निर्माण गरी यस्तो स्कुल विभिन्न तहमा सञ्चालन गर्न सकिन्छ । यसले भ्रष्ट्रिकृत बन्दै गएको विद्यार्थी आन्दोलनलाई सही मार्गमा डो¥याउन मद्दत गर्नेछ ।
यस्तो स्कुलबाट उत्पादन भएका जनशक्तिले प्रत्येक कक्षाकोठामा छलफल, बहस र पैरवी गर्नेछन् । निरस बन्दै गएका विश्वविद्यालयहरुमा विद्यार्थीको आकर्षण थपिनेछ । पार्र्टी मूख्यालय, माउ नेता र पार्टी प्यालेसतिर सरेका विद्यार्थी नेताहरु र सांगठनिक गतिविधि पुनःकक्षा कोठाहरुमा फर्किनेछन् । अनि पुष्टि हुनेछ, विद्यार्थीको वास्तविक आस्थाका धरोहर विद्यालय, विश्वविद्यालहरु हुन् ।
६) सिर्जनात्मक गतिविधि
कुनै बेला यस्तो थियो, अनेरास्ववियु भन्ने बित्तिकै प्रतिभावान विद्यार्थीहरुको समूह हो । प्रतिभा प्रस्फुटन गराउन मञ्च निर्माण गर्ने संगठन हो । कक्षा कोठाहरु टनाटन भरिएका हुन्थे जहाँ, कविता, गीत गजल निबन्धहरु वाचन हुन्थे । हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता हुन्थे । खेल मैदान भरिएका हुन्थे । ठूला–ठूला हलहरुमा साङ्गीतिक कार्यक्रमहरु हुन्थे ।
सिर्जनात्मक कामका बारेमा विद्यार्थीहरु जमेर छलफल गर्थे । यसले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो । संगठनमा विद्यार्थीको यस्तो आकर्षण हुन्थ्यो । त्यो कुरा गर्दा अहिले दन्त्य कथा झैँ लाग्छ । संगठनभित्र मौलाएको गुट–उपगुटको अराजक संस्कृतिले स्कुल, क्याम्पस, विश्वविद्यालय र विद्यार्थीहरुलाई अलग्याएर संगठनको गतिविधि पार्टी प्यालेस र होटलको सभाहलतिर सरेको छ । अहिले मैदानमा न अखिलकप हुन्छ न कक्षाकोठा तीर कविता प्रतियोगिता ।
यस्तो प्रवृत्तिले निरन्तरता पाइरहे विद्यार्थी आन्दोलन इतिहासमा सिमित हुने निश्चित छ । त्यसैले देशभरबाट महाधिवेशनका लागि काठमाण्डौ आइ पुगेका क्रान्तिकारी विद्यार्थी साथीहरुलाई हार्दिक आह्वान गर्न चाहान्छु । होटल र पार्टी प्यालेसमा अनाथ भएका विद्यार्थी आन्दोलनलाई स्कुल, क्याम्पस र विश्वविद्यालय फर्काउन सक्ने ताकत भएका नेतृत्व चयन गरौँ । विद्यार्थी आन्दोलनको पुनर्गठन र पुनर्जागरण गराऔँ ।
७) अन्तराष्ट्रिय सम्बन्ध विस्तार
सूचनाको उच्च राजमार्गले स्थापना भएको सूचना समाजका कारण विश्व एउटा गाउँमा रुपान्तरण भएको छ । प्रविधिको तीव्र विकासका कारण आज पृथ्वीको एउटा गोलाद्र्धमा भएको कुनै घटना मात्र होइन अन्तरीक्षमा भएको घटनाहरुको सूचना समेत क्षणभरमै हामी पाउन सक्छौँ । समाज विश्वव्यापी बन्दै गएको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उत्पादन आजको आवश्यक्ता हो ।
सूचना प्रविधिले दिएको यो अनुपम अवसरलाई उपयोग गर्दै विश्वव्यापी सम्बन्ध विस्तार गरी त्यसको फाइदा लिनु पर्छ । सार्कको बडा पत्रमा राज्य तहमा मात्र होइन विभिन्न तहमा पनि नागरिक सम्बन्ध बढाउने उल्लेख छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यसको वकालत र नेतृत्व गर्नु अनेरास्ववियुको कर्तव्य हुन आउँछ । सँगसँगै इन्टरनेशनल स्टुडेन्ट एसोसिएसन, चाइनिज स्टुडेन्ड एसोसिएसन जस्ता अन्य थुप्रै संगठनहरुसँग भातृत्व कायम गरी विश्वव्यापी रुपमा उपस्थिति विद्यार्थी, प्रतिनिधित्व र विद्यार्थी आन्दोलनका समसामयिक विश्व सन्दर्भ तथा उपलब्धीहरु बारे अनुभव आदान प्रदान गर्न सके नेपाली विद्यार्थी आन्दोलनलाई थप उचाइ प्रदान गर्न सकिन्छ ।
८) साक्षरता स्वयम्सेवक अभियान
बर्षेनी शिक्षा क्षेत्रमा अर्बौँ रुपैंयाँ रकम विनियोजन भए पनि ‘बालुवामा पानी खनाए झैँ’ भएको छ । विश्व बैँकले सन् २००५ मा गरेको अध्ययनअनुसार विद्यालय सुधार कार्यक्रम अन्तर्गत शिक्षकको तलवमा मात्र दुई अर्ब खर्च हुने उल्लेख गरेको थियो । शिक्षा क्षेत्रमा यति विकृत्ति र अनियमितता छ त्यसको जरै उखेलेर नफालेसम्म केही हुनेवाला छैन । जनगणना २०६८ अनुसार ३४ दशमलव १ प्रतिशत जनता निरक्षर छन् । अक्षरसम्म पहिचान गर्न नसक्ने यति ठूलो जनसङ्ख्या हुनु देशकै लज्जाको विषय हो ।
राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा यस्तो दुर्गति व्यहोर्नु परेको छ । अनेरास्ववियु पुर्पुरोमा हात राखेर राज्यलाई मात्र टुलुटुलु हेर्ने पक्षमा छैन । आफ्नो औकातले भ्याएसम्म देशभर सारक्षरता अभियान सञ्चालन गर्नेछ । अनेरास्ववियुका भूगोल र सो सरहका ८२ ओटा कमिटी छन् । प्रत्येक कमिटिबाट एक पटकमा ६ सय जना स्वयमसेवक परिचालन गर्दा ५० हजार हाराहारी हुन आउँछ ।
यति सङ्ख्याले साक्षरता अभियान सञ्चालन गर्ने हो भने विद्यमान निरक्षर रहेको ४५ प्रतिशत जनतालाई साक्षर बनाउन सकिन्छ । यसरी हेर्दा चरणबद्ध तीनदेखि बढीमा चार पटक यस्तो अभियान सञ्चालन गर्ने हो भने देशका सतप्रतिशत जनता साक्षर हुने देखिन्छ ।
क्यूवा, बोलिभिया जस्ता देशहरुले सञ्चालन गरेको साक्षरता अभियान र छोटो समयमै पाएको उपलब्धि यो अभियानका लागि उत्प्रेरणका स्रोत हुन सक्छन् । अन्तराष्ट्रिय नाकाबन्दीका बाबजुद सय प्रतिशत जनता साक्षर बनाउन क्यूवालाई त्यति सजिलो थिएन तर पनि सफल भए । क्यूवाका तुलनामा हामी हरेक दृष्टिले अनुकूल छौँ । इतिहासले अनेरास्ववियुलाई सुम्पिएका यो महान् अभियान सञ्चालन गर्नै पर्छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf