परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label बिज्ञान-प्रबिधि. Show all posts
Showing posts with label बिज्ञान-प्रबिधि. Show all posts

सडक सञ्जालमा जोडिँदै छ हुम्ला (फोटो फिचर)

आश्विन १९, २०७३- हुम्ला जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन नसक्दा यहाँको बासिन्दाले 'विकास' को अनुभव गर्न नपाएको बताएका छन् । सडक सञ्जाल नजोडिँदा यहाँको उत्पादनले बजार नपाएको र आयत गर्नुपर्ने वस्तुहरु पनि महँगो पर्ने उनीहरुको गुनासो छ । तैपनि जिल्लाभित्रै खनिएका 'हाइवे'मा भने गाडीहरु मज्जाले गुडिरहेका छन् । 

अधिकांश हुम्लीवासीले सरकारले सडक बनाउन 'विशेष' बजेटको व्यवस्था गर्न माग गरेका छन् । सदरमुकाम सिमिकोटमा होटल व्यवसाय गर्दै आएका रिन्जिन लामाका अनुसार सडक नजोडिँदा हुम्लीले ३ सय प्रतिशतसम्म महँगी खेप्नु परेको छ । उनी भन्छन्, 'अधिकांश सामान कि चीनबाट ल्याउनुपर्छ कि नेपालगन्ज र सुर्खेतबाट जहाजमा ल्याउनु पर्छ । यसरी ल्याउँदा महँगो पर्न जान्छ।'
लामाका अनुसार नेपालगन्जमा १ हजार रुपैयाँ पर्ने सिमेन्ट सिमिकोट आइपुग्दा ६ हजार रुपैयाँ पर्न जान्छ । उनले भने, 'सिमेन्ट मात्रै होइन हरेक सामान यही अनुपातमा महँगो हुन्छ ।' उनले नुनचाहिँ सरकारले अनुदान दिएकोले मात्रै सस्तो पाइने बताए । 
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएपनि हुम्लामा सडक खन्ने काम भने भइरहेको छ । चीनको सीमा हिल्सा, लाप्च्या नाकाबाट सिमिकोटतर्फ धमाधम सडक निर्माणको काम भइरहेको छ । यसैगरी सिमिकोटबाट पनि आसपासका गाविसमा सडक खन्ने काम भइरहेको छ । 
छिमेकी जिल्ला जुम्ला, बाजुरा र मुगुबाट पनि हुम्लातर्फ सडक जोडिँदै छ । 
जिल्ला विकास कार्यालय हुम्लाको अनुसार चारतिरबाट हुम्लालाई सडक सञ्जालसँग जोडिँदै छ । सडक जोडिएपछि यहाँका बासिन्दालाई केही सहज हुने स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशी बताउँछन् । उनका अनुसार हुम्ला जिल्ला भित्र मात्रै करिव २ सय किलोमिटर सडक निर्माण भएको छ । जसअनुसार हिल्सा-सिमिकोट ७० किलोमिटर, सरीसल्ला-दार्मा १४.४ किोमिटर, गालफागड-श्रीनगर १२.१ किलोमिटर, खर्पुनाथ-सिमिकोट ४ किलोमिटर, कालिकोट-बाजुर हुँदै हुम्ला र ल्याप्चा-सिमिकोट सडक निर्माण भइरहेको छ । 
यो बाहेक हरेक गाविसले आफ्नो तहमा सडक बनाइरहेको पनि स्थानीय विकास अधिकारी जोशीले जानकारी दिए । 

  
जोशीले आगामी तीन वर्ष भित्र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने बताए । उनले अधिकांश ठाउँमा चट्टान भएकोले खन्न अप्ठ्यारो भएको बताए । उनले भने, 'हुम्लाको भौगोलिक बनावटले नै सडक निर्माणमा गाह्रो भएको छ। जताततै चट्टानैचट्टान भएको र उक्त चट्टान फोड्न गाह्रो भएकोले डिलो भइहरेको छ ।'
प्रकाशित: आश्विन १९, २०७३


नेपाल टेलिभिजनको ८ करोड डुबाउने माथि किन भएन कारबाही

Ghota-nepal-televisionकाठमाडौं– एड्भर्टाइजिङ एजेन्सीले पेश गरेको आठ करोड ६४ लाख बराबरको नक्कली बैङ्क ग्यारेन्टी स्वीकार गरेर नेपाल टेलिभिजनलाई ठूलो आर्थिक जोखिममा पार्ने महाप्रवन्धक लक्ष्मण हुमागाईं, आर्थिक प्रशासन महाशाखाका निर्देशक राजनकुमार श्रेष्ठ तथा आयलेखा शाखाका प्रमुख पवनकुमार माण्डव्यमाथि अझै कारवाही हुन सकेको छैन ।
वल्र्ड भिजन मिडिया बाइङ हाउस प्रालि र वल्र्ड भिजन एड्भर्टाइजिङले नेपाल टेलिभिजनसँग उधारोमा कारोबार गर्न पेश गरेको काष्ठमण्डप डेभलपमेन्ट बैङ्कबाट जारी गरिएको भनिएका बैङ्क ग्यारेन्टीहरु नक्कली भएको उजुरी परेपछि संसदको सार्वजनिक लेखा समितले महाप्रवन्धक हुमागाईँसहितका कर्मचारीलाई ‘पदीय जिम्मेवारी बमोजिमको काम गर्न नदिन’ सञ्चार मन्त्रालयलाई निर्देशन दिएको थियो । २०७३ असार १३ गते लेखाले दिएको निर्देशन थाहै नपाएजस्तो गरी तत्कालीन सञ्चार मन्त्री शेरधन राई र सञ्चार सचिव दिनेश थपलिया मौन बसेपछि करोडौं डुबाउनेमाथि कारवाही प्रक्रिया अगाडि बढ्न सकेन ।
लेखाले सांसद डोरप्रसाद उपाध्यायको संयोजकत्वमा टेलिभिजनको जोखिममा परेको आठ करोड प्रकरण छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा सांसदहरु विकास लम्साल, मोहन बस्नेत र पार्वती डीसी चौधरी सदस्य रहेका छन् । डोरप्रसाद उपाध्याय नेतृत्वको उपसमितिलाई पटक–पटक नेपाल टेलिभिजनको सञ्चालक समिति र सञ्चार मन्त्रालयले गठन गरेका तीनवटा उप–समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुनुको कारण सम्बन्धमा छानविन र अध्ययन सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको थियो ।
यसरी डुब्यो आठ करोड 
दिनेश श्रेष्ठले सञ्चालन गरेको वल्र्ड भिजन मिडिया बाइङ हाउस र वल्र्ड भिजन एड्भर्टाइजिङले लामो समयदेखि नेपाल टेलिभिजसँग आर्थिक कारोवार गर्दै आएको थियो । आर्थिक वर्ष २०७०/७१ सम्ममा एजेन्सीले टेलिभिजनलाई बुझाउनुपर्ने ६ लाख ९२ हजार नबुझाएर आलटाल गरिरहेको थियो । नेपाल टेलिभिजन सञ्चालक समितिले भुवनप्रसाद आचार्यको संयोजकत्वमा गठन गरेको उप–समितिले तयार पारेको प्रतिवेन अनुसार टेलिभिजन र एजेन्सीका बीचमा २०७१/७२ का लागि पाँच करोड ४९ लाख ७७ हजार बराबरको समय किनबेच सम्झौता भएको थियो । ठीक त्यही बेला एजेन्सीले पेश गरेको बैङ्क जमानत नक्कली भएको पछि मात्र खुल्यो ।
२०७१ साल फागुन पहिलो साता दुवै पक्षबीच सम्झौता भङ्ग हुँदा ८ करोड ५७ लाख ८४ हजार एजेन्सीले टेलिभिजनलाई बुझाउन बाँकी थियो । भुवन आचार्यको उप–समतिले त्यसअघिको बक्यौतासमेत जोड्दा टेलिभिजनको कुल ८ करोड ६४ लाख ७७ हजार जोखिममा परेको ठहर गरेको छ ।
जोखिममा परेको पैसा उठाउनका लागि नेपाल टेलिभिजनले जब काष्ठमण्डप डेभलपमेन्ट बैङ्कको बैङ्क ग्यारेन्टी क्लेम गर्दै पत्राचार गर्यो त्यसपछि बैङ्कले जवाफ दियो, ‘यो बैङ्क ग्यारेन्टी हाम्रो हैन, हस्ताक्षर हाम्रो जिम्मेवार कर्मचारीको आधिकारी हैन ।’
वल्र्ड भिजनले पेश गरेका सबै बैङ्क ग्यारेन्टीको अन्तिममा दस्तखतको माथि ‘काष्ठमण्ठप डेलभपमेन्ट बैङ्क प्रा.लि.’ उल्लेख गरिएको थियो तर लेटर हेडमा भने ‘काष्ठमण्डप डेभपलपमेन्ट बैङ्क लिमिटेड’ उल्लेख गरेको पाइएको छ ।
त्यस्तै विज्ञापन एजेन्सीले पेश गरेका बैङ्क ग्यारेन्टीमध्ये एउटै रिफ्रेन्स नम्बर भएका दुईवटा बैङ्क ग्यारेन्टीसमेत नेपाल टेलिभजनका कर्मचारीले स्वीकार गरेको आचार्यको संयोजकत्वमा गठन भएको उप–समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार पचास लाखको एउटै नम्बरको बैङ्क ग्यारेन्टी टेलिभिजका कर्मचारीहरुले दुई पटकसम्म स्वीकार गरेको भेटिएको छ । सो तथ्यलाई अनुप नेपालको नेतृत्वमा गठन भएको उप–समिति तथा सञ्चार मन्त्रालयका सह–सचिव रामचन्द्र ढकालको नेतृत्वमा गठनभ भएको उप–समितिले समेत स्वीकार गरेका छन् ।
त्यस्तै नेपाल टेलिभिजनको व्यापार निर्देशिकामा अधिकतम ६ महिनासम्मको बैङ्क ग्यारेन्टी स्वीकार गर्न सकिने प्रावधान भए पनि हुमागाईँसहितका कर्मचारीको मिलेमतोमा त्यसभन्दा बढी अवधिको बैङ्क ग्यारेन्टीसमेत स्वीकार गरेर करोडौं डुबाएको खुल्न आएको छ ।
एजेन्सीका मालिकले भने, ‘बैङ्क ग्यारेन्टी कर्मचारीले बनाइदिएको !’
मिलेमतोमा नक्कली बैङ्क ग्यारेन्टी स्वीकार गरेको सार्वजनिक भएपछि महाप्रवन्धक लक्ष्मण हुमागाईं र आर्थिक प्रशासन साखाका निर्देशक राजनकुमार श्रेष्ठ आफू कारवाहीबाट जोगिन महानगरीय प्रहरी वृत्त बानेश्वर पुगेका थिए । उनीहरुले वल्र्ड भिजन मिडिया बाइङ हाउस र वल्र्ड भिजन एड्भर्टाइजिङका सञ्चालक दिनेश श्रेष्ठलगायतका व्यक्तिहरुले किर्ते गरेर टेलिभिजनलाई ठगेको भन्दै २०७१ फागुन ८ गते जाहेरी दिए । उनीहरुको जाहेरीपछि पक्राउ परेका दिनेशले सरकारी वकिलसँगको बयानमा २०७१÷७२ को विज्ञापनका लागि टेन्डरमा सहभागी हुन आर्थिक प्रशासन महाशाखाका निर्देशक राजनकुमार श्रेष्ठ र आयलेखा शाखाका प्रमुख पवनकुमार माण्डव्यसँग छलफल गर्दा निजहरुले ‘हामीले भनेजस्तो गर्नु, सबै प्रक्रिया हामी मिलाउँछौं त्यसबापत कमिसन दिनुपर्छ’ भनेको कुरा बताएका छन् ।
सरकारी वकिलसँगको बयानमा उनले काष्ठमण्डप बैङ्कको बैङ्क ग्यारेन्टीसमेत श्रेष्ठ र माण्डव्यले तयार पारिदिएको भन्दै सोबापत आफूले उनीहरुलाई पटक–पटक गरी १३ लाख ५० हजार कमिसन दिएको दाबी गरेका छ्न ।
दिनेशले मान्डव्य र श्रेष्ठको मिलेमतोमा पेश गरेको बैङ्क ग्यारेन्टी नक्कली भएको हुनाले उक्त बैङ्क ग्यारेन्टीको साटो नगद तथा अन्य वाणिज्य बैङ्कको ग्यारेन्टी ल्याउने प्रतिबद्धता जनाउँदै केही दिनका लागि बैङ्क क्लेम नगरिदिन र उल्लेखित रकमको दायित्व आफैंले व्यहोर्ने भन्दै टेलिभिजनलाई वल्र्ड भिजन मिडिया बाइङ हाउस प्रा.लि.को लेटर प्याडमा पत्र लेखेको समेत सरकारी वकिल समक्ष बयान दिएका छन् ।
जिम्मेवार कर्मचारीको गैरजिम्मेवार बयान !
नेपाल टेलिभिजनको आर्थिक प्रशासन महाशाखाको जिम्मेवार तहमा रहेका राजनकुमार श्रेष्ठले भुवन आचार्य नेतृत्वको उप–समिति समक्ष गैरजिम्मेवार बयान दिएका छन् । बैङ्क ग्यारेन्टी नक्कली बन्छ भन्ने आफूलाई थाहा नभएकाले सजगता अपनाउन नसकेको भन्दै पन्छिएका श्रेष्ठलाई उप–समितिले आफू मात्र उम्कने गरी बयान दिएको भन्दै भविष्यमा अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सिफारिश गरेको थियो ।
आयलेखा शाखका पवनकुमार माण्डव्य बैङ्क ग्यारेन्टीको आधिकारिकता जाँच गर्नेबारे ब्यापार निर्देशिकामा कुनै ब्यवस्था नभएको गैरजिम्मेवार बयान दिएका थिए । ‘बैङ्कको नाम, चेक राइटर, कर्मचारीको दस्तखत तथा छाप हेर्न प्रचलन नै नभएको’ भन्दै पन्छन खोजेका माण्डव्यलाई उप–समितिले सेवाबाट हटाउन सिफारिश गरेको थियो ।
त्यस्तै महा–प्रवन्धक हुमागाईं, आन्तरिक लेखापरीक्षण प्रमुख शरदचन्द्र श्रेष्ठ, वरिष्ठ लेखा अधिकृतहरु कमलप्रसाद रेग्मी र ऋषिराम भान्तना र लेखा अधिकृत दिनेश पौडेललाई समेत नक्कली बैङ्क ग्यारेन्टी स्वीकारमा प्रत्यक्ष संलग्न रहेको भन्दै सेवाबाट हटाउन सिफारिस गरको थियो ।
कारवाही गर्न मन्त्री र सचिवको आलटाल !
भुवन आचार्य संयोजक रहेको उप–समितिको सिफारिस कायान्वयन नभएपछि अनुप नेपालको संयोजकत्वमा गठन भएको उप–समितिले पनि पहिलेको प्रतिवेदनमा सहमति जनाउँदै टेलिभिजनको व्यापार निर्देशिका बमोजिम प्राप्त हुने बैङ्क जमानतहरुको हकमा सम्बन्धित बैङ्कबाट कन्फर्मेसन पत्र लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको थियो ।
त्यस्तै उप–समितिको सिफारिश बमोजिम २०७२ वैशाखमा बसेको टेलिभिजन सञ्चालक समितिको बैठकले महाप्रवन्धक लक्ष्मण हुमागाईंलाई कारवाही अगाडि बढाउन सञ्चार मन्त्रालयलाई लेखेर पठाए पनि हालसम्म उनीमाथि कारवाही हुन सकेको छैन । त्यस्तै नक्कली बैङ्क ग्यारेन्टी बनाउने कार्यमा संलग्न भनिएका राजनकुमार श्रेष्ठ तथा पवनकुमार माण्डव्यलाई तीन महिना निलम्बन गरिए पनि सेवाबाट हटाउन भन्दै उप–समितिले गरेको सिफारिश आजसम्म कार्यान्वयन भएको छैन ।
‘नक्कली बैङ्क ग्यारेन्टी प्रकरण’पछि केही समय मन्त्रालयमा हाजिर भएका हुमागाईं हाल टेलिभजनमा फर्किसकेका छन् । २०७२ मङ्सिरमा टेलिभिजनमा फर्किएका हुमागाईंलाई सञ्चार मन्त्रालयबाट कुनै कारवाही भएको नदेखिएको अनुप नेपाल नेतृत्वको उप–समितिले बुझाएका प्रतिवदेनमा स्वीकार गरिएको छ । हाल सञ्चार मन्त्रालयका सचिव दिनेश थपलिया र तत्कालीन सञ्चारमन्त्री शेरधन राईले हुमागार्इंलाई जोगाएको सञ्चार मन्त्रलयका एक सह–सचिवले  बताए ।

विदेशमा हन्डर खाएपछि कृषिमा सफलता

फोटो :म्याग्दीको बेनी नगरपालिका-१ आनन्द बगरमा तरकारी खेतीमा रमाएका रुद्रबहादुर थापा। तस्बिर: गोपाल छन्त्याल
बेनी: म्याग्दीको भकिम्लीका ३५ वर्षीय धनबहादुर श्रीषले बहराइनमा पाँच वर्ष बिताए। सवारीचालक उनी कम्पनीको कामले दर्जनभन्दा बढी देशमा घुम्ने अवसर पाए । मासिक एक लाख रुपैयाँ कमाए पनि बचत भएन। 
 
'ऋण तिर्न पनि सकिएन, होटेलतिर खानुपर्ने भएकोले जति बचाउँछु भने पनि खर्चमात्रै भयो', उनले विगत सम्झाए, 'विदेशमा दोस्रो दर्जाको भएर काम गर्नुपर्छ, त्यही भएर फर्केर जान मन लागेन।'
 
गाउँ आएपछि के गर्ने? श्रीष केही समय अलमलिए। तर, अहिले श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फर्म खोलेर जिल्लाकै अगुवा किसान बनेका छन्। 'वर्षको पाँच लाख रुपैयाँ परिवारसँगै बसेर घरमै कमाउँछु, आफ्नै देशमा पसिना बगाउनुपर्छ’, उनी भन्छन्, ‘५७ वटा बाख्रासँगै व्यावसायिक तरकारी खेती पनि गरेको छु।'
 
बेनी नगरपालिका १० का आनन्द रिजालले गत वर्ष बाख्रा बेचेर साढे एक लाख रुपैयाँ आम्दानी गरे। १६ महिना माल्दिभ्स बसेर सोचेजस्तो कमाइ नभएपछि उनी आफ्नै गाउँमा केही गर्ने उद्देश्यसहित फर्केका थिए। 
 
जिल्ला पशु सेवा कार्यालयमार्फत तालिम लिएपछि रिजालले आठ लाख रुपैयाँ लगानी गरेर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । अहिले ५० भन्दा बढी बाख्रा पाल्दै आएका रिजाल भन्छन्, ‘थुप्रै देश घुमेर निराश बनेको म अहिले धेरै उत्साहित छु।'
 
 श्रीष र रिजालजस्तै बेनी नगरपालिका-१ का ४९ वर्षीय रुद्रबहादुर थापा पनि ६ वर्ष साउदी बसे । उनले त्यहाँ पैसा नकमाएका पनि होइनन्, त्यहींको आम्दानीले बाग्लुङ बजारमा घरघडेरी जोडे तैपनि उनलाई त्यहाँ बस्न मनै लागेन। 
 
नेपाल फर्केपछि उनले व्यावसायिक तरकारी खेती गर्ने योजना बनाए। २०५६ सालदेखि थापाले निरन्तर तरकारी खेती गर्दै आएका छन्। उनी भन्छन्, ‘वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ। त्यसैबाट दुईतले पक्की घर बनाएको छु।' उनले गोलभेंडा, बन्दा, काउली, काँक्रो र चिप्लेभिन्डीको खेती गर्दै आएका छन्।
 
जिल्ला पशु सेवा कार्यालयका प्राविधिक डिल्ली रेग्मीले पशुपालनको क्षेत्रमा युवाको आकर्षण बढेको बताए । एक लाख १४ हजार जनसंख्या रहेको जिल्लाका करिब २० हजार युवा रोजगारको सिलसिलामा बाहिरी मुलुकमा छन्।
 
'आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने भावना विकास भएको पाइएको छ, यो एकदमै सकारात्मक पक्ष हो’, उनले भने, ‘हामीले गरेको अध्ययनमा अहिलेसम्म एक सय ९२ युवा विदेशबाट फर्केर कृषिमा लागेका छन्।' अस्ट्रेलिया, जापान, युरोपका विभिन्न देशबाट फर्केका युवा पशुपालनमा लागेको उनले बताए।
 
‘खाडी मुलुकमा गएर धेरै युवा दुःख पाएर फर्केका छन्, तिनलाई सरकारले प्रोत्साहन पनि गरिरहेको छ', प्राविधिक रेग्मीले भने, ‘पशुपालनमा लागेका युवाले पनि आकर्षक आम्दानी गर्न सफल भएका छन्।' 
 
जिल्लामा पर्याप्त मात्रामा चरन क्षेत्र भएको हुँदा पशुपालनको सम्भावना राम्रो रहेको पशु सेवा कार्यालयले जनाएको छ। 'मासु र दूधको माग धान्न किसानले अझै पनि सकेका छैनन्, मासुमा आत्मनिर्भरतातर्फ अघि बढे पनि दूधमा अझै कम्जोर नै छ', प्राविधिक रेग्मीले थपे।
 
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिमालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारले युवा लक्षित कार्यक्रम नै अघि बढाएको बताए । गत आर्थिक वर्षमा च्याउ र तरकारी खेतीमा संलग्न एक सय २० युवालाई कार्यक्रम उपलब्ध गराइएको उनले जानकारी दिए ।
 
आम्दानी र सम्मान दुवै
गाउँमै फर्किएर कृषि र पशुपालनमा लाग्दा युवाले आम्दानी र सम्मान दुवै प्राप्त गरेका छन्। पशुपालनमा अगुवा किसान बनेका धनबहादुर श्रीषको कोठाको भित्ता प्रशंसा, सम्मान र प्रमाणपत्रले भरिएका छन्। 
 
उनले जिल्लामात्र होइन, छिमेकी जिल्ला बाग्लुङ र पर्वतमा आयोजित जिल्लास्तरीय मेला, महोत्सवहरूमा समेत आफ्नो उत्पादन लिएर जाने गरेका छन्। ‘जिल्लाको सबैभन्दा ठूलो राष्ट्रपति कृषक पुरस्कार पनि मैले पाएँ, म्याग्दी महोत्सवको बेला जिल्ला प्रथम भएँ', उनले भने, 'छोटो समयमा मैले जिल्लास्तरीय प्रतियोगिताहरूमा भाग लिएर सम्मान पाएको छु, यसले मलाई सन्तुष्ट बनाएको छ।'
 
घाँसका लागि स्रोत केन्द्रसमेत स्थापना गरेका  श्रीषले वार्षिक आठ लाख रुपैयाँको कारोबार गर्दै आएका छन्। 'वार्षिक चार लाख रुपैयाँजति आम्दानी हुन्छ, त्यसैबाट छोराछोरीलाई पढाउँदै आएको छु', उनले भने।

कम्प्यूटर स्लो भयो ? अपनाउनुस् यी १० तरिका पुरा बिबरण थाहा पाउनको लागि यहाँ जानुहोस् ( धन्यवाद )

फोटो :एजेन्सी
काठमाडौं : विज्ञान प्रविधिको तीब्र विकाससँगै कम्प्युटरको प्रयोग अहिले अपरिहार्य भइसकेको छ । कोठामा रहने कम्प्युटरबाट अहिले हात हातमा ल्याप्टप पुगिसकेका छन् । 

कागजी कामलाई विस्थापित गर्ने गरी आएका कम्प्युटर मानिसको जीवनको अपरिहार्य साथी बनेसँगै यिनमा देखिने समस्या पनि टाउको दुखाइका विषय भएका छन् । 

सिस्टम स्लो हुँदा तपाईं हामीले पटक पटक तनाव भोग्नुपरेको छ । सिस्टम स्लो हुँदा तत्कालै अर्को किन्न पनि सक्ने अवस्था हुन्न । यो अवस्थामा आफूसँग भएको सिस्टमलाई यसरी फास्ट बनाउन सकिन्छ । अपनाउनुस् यी दस उपाय । 
 
१. अनावाश्यक प्रोग्राम्सलाई अनइन्स्टल गरेर 
कम्प्यूटरमा कयौं यस्ता प्रोग्राम्स इन्स्टल हुन्छन्, जुन तपाईंलाई जरुरी हुँदैनन् । तपाईंले यसरी अनावाश्यक प्रोग्राम्सलाई अनइन्स्टल गरेर  सिस्टमको स्पीड बढाउन सक्नुहुन्छ । 
यस्ता प्रोग्राम्सलाई हटाउनका लागि तपाईंले आफ्नो कम्प्युटरको कन्ट्रोल प्यानलको 'प्रोग्राम र फिचर्स' पेजमा जानु जरुरी हुन्छ । यसपछि इन्स्टल्ड सफ्टवेयरको लिस्टमा ती प्रोग्राम्स खोज्नुस् जसलाई तपाईंले प्रयोग गर्नुहुन्न । अब यस्ता प्रोग्राम्सलाई छानेर अनइन्स्टल गर्न सक्नुहुन्छ । अनइस्टल गर्ने अप्सन त्यहीं उपलब्ध हुन्छ ।
 
२. टेम्परेरी फाइल्स हटाएर 
टेम्परेरी फाइल्स हार्डडिस्कमा बसेको हुन्छ । यसले पनि सिस्टमको स्पीड कम गराउन भूमिका खेल्छ । 
 
यस्ता फाइललाई हटाउनका लागि सबैभन्दा पहिले तपाईंले माई कम्प्यूटरमा गएर सिस्टमको लोकल ड्राइभ (साधारणतया सि) लाई सेलेक्ट गर्नुपर्छ। अब विन्डोज फोल्डरलाई सेलेक्ट गरी टेम्प फोल्डरलाई खोल्नुस् । 
यसपछि त्यहाँभित्र राइट क्लिक गरी view अपप्सनमा गइ  details मा क्लिक गर्नुस् । अब तपाईं एक दिन पहिलेसम्मको सबै टेम्परेरी फाइललाई हटाउन सक्नुहुन्छ । 
 
३. हार्ड ड्राइभ (डिस्क) लाई खाली गर्नुस
तपाईंले आफ्नो सिस्टमको टेम्परेरी फाइललाई नियमित हटाएपनि हार्ड ड्राइभमा पर्याप्त स्टोरेज स्पेस नहुँदा सिस्टमक स्पीड कम हुन जान्छ । 
 
यदि तपाईंको सिस्टममा ठूला ठूला भिडियो फाइल पनि राखिएको छ भने त्यसले हार्डड्राइभको मेमोरीमा लोड बढेर सिस्टम स्लो हुन जान्छ । 
यसैले तपाईंको सिस्टममा रहेका अनावाश्यक ठूला फाइलहरु हार्ड ड्राइभबाट हटाउन जरुरी हुन्छ ।तर यदि तपाईंले ती फाइल नहटाउने हो भने मेमोरी भएको हार्ड डिस्कमा लगाउनु पर्छ । 
 
४. र्‍यामलाई बढाएर
यदि कम्प्युटरमा काम गर्ने क्रममा तपाईं एकसाथ कयौं प्रोग्रामलाई रन गराउनु भएको छ भने तपाईंको सिस्टममा र्‍याम पनि कम हुन्छ । त्यसैले यो अवस्थामा तपाईंको सिस्टम स्लो हुन पुग्छ । 
 
यसका लागि सिस्टम स्लो हुने कारण र्‍याम हो भने तपाईंले अर्को मेमोरी स्टिक्स लगाएर र्‍यामलाई बढाउन सक्नुहुन्छ । यसो गर्दा कम्प्युटरको स्पिड बढ्छ । 
५. बिना कामका स्टार्ट अप्स हटाएर 
कम्प्युटर सिस्टमको स्टार्ट अपमा कयौं अनावाश्यक प्रोग्राम्स पनि चलिरहेका हुन्छन् । जसलाई बन्द गरे तपाईंले सिस्टमको मेमोरी र स्पीड को बढाउन सक्नुहुन्छ । 
यो प्रोसेस गर्नका लागि तपाईंले पहिले start and run मा क्लिक गर्नुस् । यसपछि run मा msconfig टाइप गरेर इन्टर हान्नुस् । अब तपाईंले आफ्नो सिस्टममा रन भइरहेका सबै स्टार्ट अप प्रोग्राम्स देख्न सक्नुहुन्छ । जसमा अनावाश्यक स्टार्टअप्सलाई डिसेलेक्ट गरेर सिस्टमको मेमोरीलाई बुस्ट गर्न सक्नुहुन्छ।
 
६. सोलिड स्टेट ड्राइभ इन्स्टल गरेर
कयौं पटक हार्ड ड्राइभका कारण पनि सिस्टम स्लो हुन पुग्छ । साथै स्टार्ट हुन पनि धेरै समय लाग्छ । यस समस्यासँग जुध्न तपाईं एक सोलिड स्टेट ड्राइभलाई सिस्टममा इन्स्टल गर्न सक्नुहुन्छ । तर, यो ड्राइभको मूल्य भने आम हार्ड ड्राइभको भन्दा धेरै हुन्छ । 
यी ड्राइभले सिस्टमको स्पीड भने धेरै बढाउँछन् । यीनको रिडिङ्ग सयम धेरै तीब्र हुनजान्छ । जसले कम्प्यूटरको स्पीड फास्ट हुन्छ । 
 
७. डिस्क डि-फ्रेगमेन्ट गरेर 
डिस्क डि-फ्रेगमेन्ट गरेर पनि तपाईंले आफ्नो हार्ड ड्राइभो स्टोरेज क्षमता बढाउन सक्नुहुन्छ। यसका लागि तपाईंले पहिले My Computer मा राइट क्लिक गर्नुपर्छ । फेरि त्यहाँ देखिने हार्ड ड्राइभलाई रोजेर राइट क्लिक गरि प्रोपर्टीलाई सेलेक्ट गर्नुपर्छ । 
अब टुल्स ट्याब अप्शनमा तपाईंलाई डि-फ्रेगमेन्ट नाउ मिल्नेछ । जलाई छानेर तपाईंले यो प्रक्रियलाई पुरा गर्न सक्नुहुन्छ । यसका अलावा एक अर्को तरिकाबाट पनि तपाईंलाई डिस्क डि-फ्रेगमेन्टको अप्सन मिल्न सक्छ । 
 
८. डिस्क क्लिनअप रन  गरेर 
विन्डोजमा एक बिल्टइन डिस्क डी-क्लटरिङ्ग टुल पनि रहेको हुन्छ । जसलाई डिस्क क्लीनअप भनिन्छ । यस प्रोसेसबाट तपाईं सिस्टमको ठूला ठूला अनावाश्यक फाइल जस्तै टेम्परेरी इन्टरनेट फाइल्स, प्रोग्राम इन्स्टलरलाई खोजेर हटाउन सक्नुहुन्छ । आफ्नो सिस्टममा तपाईं डिस्क क्लीनअपलाई सजिलै रन गराउन सक्नुहुन्छ । 
 ९. कम्प्युटरलाई स्टेटिक आईपी दिएर
स्टेटिक आईपी दिनका लागि तपाईंले आफ्नो कम्प्यूटरको नेट्वर्क एन्ड सेयरिङ सेन्टरमा जानु जरुरी हुन्छ । त्यसपछि चेन्ज एडाप्टर सेटिङमा गएर क्लिक गर्नुपर्छ । अब लोकल एडाप्टरमा गएर राइट क्लिक गरेपछि प्रोपर्टिजलाई सेलेक्ट गर्नुपर्नेछ । 
 
अब तपाईंले इन्टरनेट प्रोटोकल भर्जन 4 (TCPH/IPv4) का लागि टाइटल दिनुपर्नेछ ।यसपछि प्रोपर्टिज बटनमा क्लिक गरेर Use the following IP address मा गइ करेक्ट IP एड्रेस इन्टर गर्नुपर्छ । 
 
१०. कम्प्यूटरलाई धुलोबाट बचाएर 
यदि तपाईं डेस्कटप या ल्यापटपको प्रयोग गरिरहनुभएको छ भने सिस्टमलाई बेलाबेलामा सफा गर्नु जरुरी हुन्छ । धुलो पस्दा कम्प्यूटरमा हावा पस्न बन्द हुन्छ ।
जसले सिस्टमको तातो बाहिर निक्लन पाउँदैन । यसले सिस्टम चाँडै तात्न पुग्छ र  उसको परफर्मेन्स कम हुन जान्छ । यसै आफ्नो सिस्टमको धुलो बेलाबेलामा सफा गर्नु अति जरुरी हुन्छ । 

के संसार साँच्चिकै अन्त्य हुँदैछः के के कारणले होला थाहा पाउनुहोस् ?

लमजुङ।
समय समयमा यो संसार समाप्त हुने चर्चा चलिरहन्छन् । कहिले सूर्य फूट्न लागेको त कहिले संसार नै अध्यारो हुने चर्चाले ब्यापक आतंक सृजना गर्ने गरेको छ । अव यो विश्लेषणको विषय बनेको छ आखिर संसारको अन्त्य हुने दिन आउन लागेको हो त ?
शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।”
कलियुगको अन्त्यमा प्रलय हुने शास्त्रहरुमा पनि उल्लेख छ । तर संसारको अन्त्य हुने चर्चा पछिल्लो समय बढेर गएको छ । तर यो कुनै धर्म शास्त्रीय ब्याख्या नभएर बैज्ञानिकहरुको दिएको चेतावनी हो ।


हजारौं वर्ष अघि पृथ्वीबाट लोप भएका डाइनोसरका काल्पनिक तस्विर
बैज्ञानिकहरुले संसारमा रहेका मानव बाहेकका मेरुदण्ड हुने प्रजातिहरु तीव्रगतिमा लोप हुँदै गएको र यी प्रजातीको अस्तित्व समाप्त हुने गतिले संसार साँच्चिकै प्रलयोन्मुख भएको हो कि भन्ने प्रश्न बैज्ञानिकहरुले समेत स्वीका गरेका छन् ।
धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो ।
केही दिन अघि अमेरिकी बैज्ञानिकहरुको एक टोलीले संसारका प्रजातिहरु विस्तारै लोप हुने दिशामा गैरहेको र संसारमा प्रलयका संकेत देखिन सक्ने चेतावनी सहितको प्रतिबेदन जारी गरेपछि संसारभरी यो विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।
शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।”
कुन कुन जीवन लोप भए ?



लोपोन्मुख प्रजातिमा परेको गोरिल्ला


संसारबाट लोप भएको कछुवाको एक प्रजाति


संसारबाट अस्तित्व समाप्त हुन लागेको भनिएको ध्रुवीय भालु
यो अध्यनका अनुसार संसारका विभिन्न प्रजातिको लोप हुने दर १०० गुणाले बढेको छ जुन बैज्ञानिकहरुका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ । उक्त रिपोर्टले धर्तीमा रहेका मेरुदण्डधारी १५०० जीवका प्रजाति मध्ये ३२० प्रजाति तै लोप भैसकेका छन् । र बँचेका प्रजातिमा पनि औषत २५ प्रतिशतको दरमा घटिरहेका छन् । मेरुदण्ड भएका जीवन प्रजातिमा १६ देखि ३३ प्रतिशत प्रजातिको अस्तित्व संसारबाट लोप हुने खतरा छ ।


संसारले गुमाएको कछुवाको अर्को प्रजाति
यस अघि अर्कै चर्चाः संसारकै अन्त्यको बहस
धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो । यो तारा एकदम शक्तिशाली हुने बताइन्छ । यो पृथ्वीमा ठोक्किएमा ५० वटा परमाणु बम विष्फोट भए जत्तिकै विनाश हुने बैज्ञानिकहरु बताउँछन् ।


टाइमका अनुसार यो छुद्र ग्रह आगामी १८ वर्षभित्र पृथ्वीमा ठोक्किने सम्भावना छ । र यसबाट हुने विनाश कल्पना बाहिरको कुरा रहेको बैज्ञानिकहरुको भनाइ छ ।
बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ ।
युक्रेनका एक खगोलशास्त्रीले एक विशाल पुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको टाइमलाई बताएका थिए । टिबी १३५ नाम दिइएको यो पुच्छ्रे तारा सन् २०३२ अगष्ट २६ मा पृथ्वीसँग ठोक्किने उनको दावी छ ।




अन्य देशका खगोलविद्हरुले पनि यो भनाइलाई समर्थन गरेका छन् । तर बैज्ञानिकहरुबीच भने यो विषयमा एक मत छैन । १३ सय ५० फुट लामो यो चट्टानी पुच्छ्रेतारा एक दिन न एक दिन पृथ्वीमा ठोक्किने र यसबाट २५ सय मेगाटन टिएएनटी बराबर शक्ति पैदा हुने उनीहरु बताउँछन् । सन् २०१३ मा रुसको चेलिबिन्स्कमा एक पुच्छ्रे तारा खसेको थियो । १९ किलोमिटरको गतिमा उक्त तारा खसेको स्थानमा निक्कै ठूलो क्षति भएको थियो ।



हजारौं घरका झ्याल फुटे भने घरहरु समेत हल्लिएर नोकशानी भयो । यो विष्फोट हिरसिमामा अमेरिकाले खसालेको परमाणु बम भन्दा ३० गुना शक्तिशाली थियो । यो घटनामा सयौं मानिस घाइते भएका थिए । यद्यपी यो निक्कै सानो टुक्रा मात्र थियो । यसको लम्बाइ १ हजार मिटर थियो । बैज्ञानिकहरुलाई यसको खोजी गर्न भ्याइ नभ्याइ भएको थियो ।
सन् २०८० मा पनि यस्तै खतरा
बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । अधिकाँश बैज्ञानिकहरु यस्ता ताराहरु सूर्यको किरणका कारणको प्रभावले नष्ट हुन्छन् र पृथ्वीमा पुग्नु अघि नै विनष्ट भैसक्छन् ।

एजेन्सी

दशैंअघि काठमाडौंमा केवलकार चल्ने (फोटो र भिडियोसहित) धमाधम बन्दैछ चन्द्रागिरीमा केवलकार


केवलकारको टावर । थानकोटदेखि चन्द्रागिरीसम्म यस्ता टावर ११ वटा निर्माण गरिने छ ।
नविन अर्याल
८ चैत, काठमाडौं । शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीबासीले छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य पाउनेछन् । मुख्य शहरबाट केही किलोमिटरको दुरीमा रहेको थानकोटबाट केवलकार चढेर चन्द्रागिरी पुगी आनन्द लिन अब केही महिनामात्र कुरे पुग्छ ।
दशैंसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको केवलकार निर्माण अहिले ६५ प्रतिशत सम्पन्न भइसकेको छ ।
चन्द्रागिरी डाँडालाई थानकोटबाट केवलकार मार्फत जोडेर मुलुककै नुमना पार्कका रुपमा विकास गर्न लागिएको छ । गोदामचौरबाट चन्द्रगिरीसम्म केवलकारको दुरी साढे दुई किलोमिटर रहनेछ । जहाँ केवलकारबाट ८ मिनेटमै पुगिन्छ ।
काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरी डाँडाको ७ सय २० रोपनी जग्गा ४० वर्षका लागि सरकारसँग भाडामा लिएर मेगा परियोजना निर्माण गर्न लागेको हो । केबलकारको बटम स्टेशन गोदामचौरमा भने ५५ करोड रुपैयाँमा सय रोपनी जग्गा खरिद गरिएको छ ।

चन्द्रागिरी केबलकारको निर्माणाधिन टप स्टेशन
जहाँ बच्चादेखि बुढाबुढीसम्म रमाउन मिल्ने थिम (मनोरञ्जन) पार्क, सपिङ सेन्टर, रेष्टुरेन्ट, बोटानिकल गार्डेन, फोरडी थियटर, भ्यू टावर, पाँचतारे स्तरको लक्जरी होटल, जीप फ्लायर, गल्फ कार्ट लगायतका सविधाहरु उपलब्ध हुनेछन् ।
केवलकार सहित पुरै परियोजना सम्पन्न हुँदा साढे तीन अर्ब रुपैयाँ लगानी हुने परियोजनाका प्रबन्धक दिलिप श्रेष्ठले जानकारी दिए । राजधानीबासी लगायत विदेशी पर्यटकलाई चन्द्रागिरी प्रमुख गन्तव्य बन्ने उनको विश्वास छ ।
अहिले बटम स्टेशन र टप स्टेशनमा केवलकारको भवन तथा टावरहरु निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । सँगसँगै डाँडामा इच्छेश्वर महादेवको मन्दिर र दृश्यावलकोनका लागि भ्यू टावर पनि निर्माण भइरहेको छ ।
‘गोदाम चौरमा भवन निर्माण ९० प्रतिशत सकियो, चन्द्रागिरी भवनको काम ५० प्रतिशत सकिएको छ’ प्रबन्धक श्रेष्ठले भने- ‘सँगसँगै केवलकारका टावरहरुको निर्माण कार्य पनि भइरहेको छ ।’
थानकोटदेखि चन्द्रागिरीसम्म ११ वटा टावर (पोल) निर्माण गरिने छ । टावरको फाउन्डेसन निर्माण कार्य करिव ७० प्रतिशत सकिएको इञ्जिनियर हरिदेव तामाङले बताए ।

चन्द्रागिरीमा निर्माणाधिन भ्यूटावर (दायाँ) र त्यसको स्केच (बायाँ) ।
राजधानीवासीलाई चन्द्रागिरीसम्म पुर्‍याउन ३८ वटा केवलकार तैनाथ हुनेछन् । एउटा कारमा ८ जनाले यात्रा गर्न सक्ने प्रबन्धक श्रेष्ठले बताए । केवलकारबाट प्रतिघण्टा एक हजार जनासम्म बोक्ने गरी पूर्वाधार निर्माण भइरहेको छ ।
केबलकारका सामाग्रीहरु अष्ट्रिया र सिंगापुरबाट निर्माणस्थलमा ल्याइसकिएको छ । भवन निर्माण सकिने वित्तिकै इक्वीपमेन्टहरु जडान सुरु गरिहाल्ने प्रबन्धक श्रेष्ठले अनलाइनखबरलाई बताए ।
केवलकार यही बैशाखसम्म सञ्चालनमा आइसक्नुपर्ने भएपनि बाटो निर्माण गर्नुपर्दा निर्माणमा ढिलाई हुन पुगेको कन्सल्ट्यान्ट रिसव भण्डारीले बताए । उनका अनुसार चित्लाङ भञ्ज्याङदेखि डाँडासम्म करिव ३.२ किलोमिटर बाटो आफै खनिएको हो ।
यस परियोजनामा आइएमई समूह र भाटभटेनीका संचालक मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको छ ।


यस्तो हुनेछ चन्द्रागिरी
चन्द्रागिरी डाँडालाई सजिसजाउ र सुबिधायुक्त बनाउने  कम्पनीको लक्ष्य रहेको छ । २४ सय ७५ मिटर उचाई रहेको चन्द्रागिरीमा केवलकारबाट हरियो घना जंगलको अवलोकन गर्दै पुगिने छ ।
केवलकारको टप स्टेशनमा पुग्ने वित्तिकै आँखै अगाडि १६० डिग्रीको कोणमा सेतै हाँसेका हिमालहरु हेर्न पाइनेछ । यहाँबाट काठमाडौं, ललितपुर भक्तपुरका अधिकांश भागहरु देख्न पाइन्छ । आकाश खुलेको बेलामा तराइको केही भू-भागसमेत यहाँबाट देखिन्छ ।
भ्यूटावरमै फोरडी थियटर समेत बनाउन लागिएको छ । जहाँ शैक्षिक सामाग्री, चन्द्रागिरी क्षेत्रमा पाइने वनस्पती, पशुपन्छीदेखि किरा फट्याङ्ग्रासम्मको भिडियो हेर्न पाइनेछ ।
करिव २०/२५ मिनेटको भिडियो एक पटकमा ४० जनासम्मले हेर्न सक्छन् । भ्यू टावर पनि केवलकार सँगसँगै सञ्चालनमा आइसक्ने बताइएको छ ।

परियोजना सम्पन्न भएपछि यस्ताे देखिने छ चन्द्रागिरी डाँडा ।
चन्द्रागिरीको ७२० रोपनी जग्गाभित्रै आकर्षक बोटानिकल गार्डेन बनाइने छ । हरियाली मेन्टेन गर्नका लागि कम्पनीले बायो इञ्जिनियरिङ गर्ने जनाएको छ ।
केवलकारबाट ओर्लिएपछि डाँडामा रहेको इच्छापुरेश्वर महादेवको मन्दिरमा पुगेर दर्शन गर्न सकिन्छ । अहिले यहाँ धमाधम मन्दिर निर्माण भइरहेको छ । जग बसालिसकेको मन्दिर दशैं अगाडि निर्माण गरिसक्ने लक्ष्य रहेको प्रबन्धक श्रेष्ठले बताए ।
मन्दिरको छेवैमा भ्यू टावर निर्माण भइरहेको छ । भ्यू टावरको भुँइतलामा सर्वसाधारणका लागि फुड कोर्ट हुनेछ भने त्यसमाथिको तलामा खर्चालु ग्राहकलाई लक्षित गरी फाइनडाइन रेष्टुरेन्ट हुने छ ।
डाँडाबाट करिव एक किलोमिटर तल पाँचतारे स्तरको रिसोर्ट होटल सञ्चालन गरिने छ । रिसोर्टको डिजाइन भइरहेको जानकारी दिँदै प्रबन्धक श्रेष्ठले २/३ महिना भित्रमा निर्माण सुरु गर्ने जानकारी दिए । भ्यू टावरबाट रिसोर्टसम्म पुग्ने बाटोको दायाँबायाँ फुल लगाएर सुन्दर बनाइने छ ।

इच्छापुरेश्वर महादेवको निर्माणाधिन मन्दिर (दायाँ) र त्यसको स्केच (वायाँ)।
कम्पनीले भ्यू टावरबाट रिसोर्टसम्म जिप फ्लायर बनाउने बताएको छ । करिव ९ सय मिटर दुरी रहने जिप फ्लायरको ल्यान्डिङ स्टेशन रिसोर्टभन्दा केही टाढा हुने छ ।
चन्द्रागिरीको ७२० रोपनी जग्गामा सवारी साधनलाई निषेधित गर्ने बताइएको छ । यहाँ यात्रा गर्नका लागि कम्पनीले इलेक्ट्रिक भेहिकल (गल्फ कार्ट्र)को व्यवस्था गर्ने छ ।
रिसोर्टमा बँगैचाको आनन्द लिँदै हिँडेर जान पनि सकिन्छ, जिप लाइनरबाट पनि जान सकिन्छ, गल्फ कार्टबाट पनि जान सकिन्छ । फर्किदा भने कि त हिँड्नुपर्ने हुन्छ कि त गल्फ कार्ट चढ्नुपर्ने हुन्छ ।
केवलकार नचढी आफ्नो सवारी साधन चढेर जानेहरुले चित्लाङ भञ्ज्याङनेर गाडी रोकेर जानुपर्ने हुन्छ । भञ्ज्याङबाट डाँडासम्म पुग्ने करिव डेढ किलोमिटर सडकको दुबैतिर फुलको बँगैचा बनाइने छ ।
डेढ किलोमिटरको सडक छेऊँछाऊँ बस्नका लागि बेञ्चहरु राखिने र कफि सप खोलिने प्रबन्धक श्रेष्ठले जानकारी दिए । उनका अनुसार चन्द्रागिरीमा एकै पटकमा १० हजार मानिसलाई होल्ड गर्नेगरी ठाउँ निर्माण हुँदैछ ।
यस्तो हुनेछ रिसोर्ट
चन्द्रागिरी डाँडामा बन्ने पाँचतारे स्तरको रिसोर्टको स्केच

खर्चालु पर्यटकलाई लक्षित गर्दै यहाँ पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिने भएको छ । आगामी दुई वर्षभित्रमा उक्त रिसोर्ट सञ्चालनमा आइसक्ने छ ।
करिव ८० करोड लगानी रहने रिसोर्टमा सयवटा डिलक्स रुमहरु रहने बताइएको छ । रिसोर्टमा दुईवटा स्वीट रुम समेत बनाइने छ । यहाँ रात विताउनका लागि प्रतिरात सय देखि १५० डलरसम्म तिर्नुपर्ने हुन्छ ।
रिसोर्टमा स्वीमिङ पुल, स्पा, ज्याकुजी, सौना, स्टीम वाथ, जीम हाउस, मिनी क्यासिनो लगायतका सबै सुविधाहरु हुने प्रबन्धक श्रेष्ठले जानकारी दिए ।
रिसोर्टमा ४ वटा भवन निर्माण गरिने छ । दुईवटा भवनमा २४/२४ रुमहरु रहनेछन भने दुईवटा भवनमा २६/२६ रुम रहनेछन् । ग्राहकलाई थानकोटबाट केवलकार हुँदै डाँडामा लगिने छ भने त्यहाँबाट जीप फ्लायर वा गल्फ कार्टबाट रिसोर्टमा लगिने छ ।
Chandragiri cable car (10)
टप स्टेशनमा निर्माणाधिन केवलकार टावरको फाउन्डेसन ।
रिसोर्टमा आउने अधिकांश ग्राहकहरु विदेशी हुनेछन् । त्यसको अलवा नेपालका व्यवसायीहरु, उच्चपदस्थ सरकारी अधिकारी, गैरसरकारी संस्थाका कर्मचारी, तथा कर्पोरेट हाउसका बैठक तथा सेमिनारलाई लक्षित गरिएको छ ।
बटम स्टेशन
परियोजनको बटम स्टेशनमा १०० रोपनी जग्गा रहेको छ । सय रोपनी जग्गामध्ये ५० रोपनीमा केवलकारको भवन बनिरहेको छ भने बाँकी ५० रोपनी जग्गामा थिमपार्क (मनोरञ्जन पार्क) निर्माण गरिने बताइएको छ । करिव ५० करोड लगानी रहने पार्कमा बच्चादेखि बुढा बुढीसम्म रमाउन सक्नेछन् ।
भवनको सबैभन्दा तल सर्वसाधारणका लागि फुड कोर्ट हुने छ । त्यसभन्दा माथि खर्चालु ग्राहकलाई लक्षित गर्दै फाइनडाइन रेष्टुरेन्ट खोलिने छ भने त्यसभन्दा माथि ब्रान्डेड शप हुनेछ ।

सबैभन्दा माथिको भागमा केवलकारको संरचना निर्माण गरिने प्रबन्धक श्रेष्ठले जानकारी दिए । दशैंसम्म केवलकार, मन्दिर र भ्यू टावर निर्माण सम्पन्न भइसके पनि सबै संरचना निर्माण भएर पूर्णरुपमा सञ्चालनमा आउन करिव २ वर्ष लाग्ने छ ।
यहाँ आगन्तुकका २ सय कार, ४ सय मोटरसाइकल र सयवटा बस पार्किङ गर्न मिल्ने ठाउँ बनाउने बताइएको छ । यस परियोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, ग्रान्ड बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले कर्जा लगानी गरेका छन् ।

चन्द्रागिरीमा परियोजना निर्माण सम्पन्न भएपछि अाकाशबाट यस्तो देखिने छ ।
इच्छापुरेश्वर महादेवको हाल पूजा हुँदै आएको ठाउँ  । यसको केही माथि डाँडामा अाकर्षक मन्दिर निर्माण भैरहेको छ
इच्छापुरेश्वर महादेवको हाल पूजा हुँदै आएको ठाउँ । यसको केही माथि डाँडामा अाकर्षक मन्दिर निर्माण भैरहेको छ
भिडियो हेर्नुहोस् 

नेपाली बजारमा भित्रियो नयाँ नोकिया (फोटो फिचरसहित) भिडियो पनि


 काठमाडौं । प्रख्यात मोबाइल निर्माता कम्पनी नोकियाले एन्ड्रोइड र विन्डोज भर्सनका दुईवटा मोडल नेपाली बजारमा भित्राएको छ । कम्पनीले शुक्रबार राजधानीमा भव्य समारोहकाे आयोजना गरी ‘नोकिया एक्सएल’ र ‘लुमिया ६३०’ मोडल सार्वजनिक गरेको हो ।



नोकिया एक्सएल एन्ड्रोइड भर्सनको मोबाइल हो भने लुमिया ६३० विन्डोज भर्सन भएको मोबाइल हो । नेपाली बजारमा ‘एक्सएल’को अधिकतम मूल्य १७ हजार ५ सय रुपैयाँ र ‘लुमिया ६३०’को १७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ ।

नेपालमा नोकिया मोबाइल नियोटेरिक नेपाल र प्यारामाउन्ट इलेक्ट्रोनिक्स प्रालीले आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएका छन् । नयाँ मोडलले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ ।


लुमिया ६३०

नोकिया लुमिया ६३० मोडल क्वार्ड कोर प्रोसेसर भएको बहुचर्चित स्न्यापड्रयागन ४०० चिपसेटद्धारा सञ्चालन हुन्छ । यो मोबाइल विन्डोज ८.१ सिष्टमबाट चल्ने कम्पनीले बताएको छ ।
४.५ इन्चको १६एम-कलर क्लियर ब्ल्याक आइपीएस एलसीडी डिस्प्ले रहेको यो मोबाइलमा ५ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । यसमा ५१२ एमबी र्‍याम र ७ जीबीसम्मको निःशुल्क माइक्रोसफ्ट स्काईड्राइभ स्टोरेज रहेको छ ।

लुमिया ६३० मोडलमा ८ जीबीसम्मको मास मेमोरी रहेको छ । जसलार्इ माइक्रो एसडी कार्डद्धारा बढाएर १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ । नेपाली बजारमा यो मोडल ग्रीन, ब्राइट, रेड, क्यान, एल्लो, ब्ल्याक र हृवाइट कलरमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

एक्सएल

नोकिया एक्सएल एन्ड्रोइड स्मार्टफोन हो । यो मोडलमा ७६८ एमबी र्‍याम रहेको छ भने ४ जीबीसम्मको मास मेमोरी रहेको छ । जुन मेमोरीलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।
यसमा ५ इन्चको १६एम-कलर आइपीएस एलसीडी डिस्प्ले रहेकेा छ भने ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । एक्सएल इन्ड्रोइड नोकिया एक्स १.० यूआई र डुअल कोर प्रोसेसर भएको क्वालकम स्न्यापड्रयागन एसफोर एमएसएम ८२२५ चिपसेटद्धारा सञ्चालन हुने बताइएको छ ।

इसमा २००० एमएएच क्षमताको ब्याट्रि रहेको छ । जसले गर्दा अधिकतम १३ घण्टासम्म कुरा गर्न र अधिकतम ३७ घण्टासम्म म्युजिक सुन्न सकिन्छ । एक्सएल १९० ग्रामको हुँदा हुलुका समेत रहेको छ ।




 

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf