परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label मौसम. Show all posts
Showing posts with label मौसम. Show all posts

मुस्ताङमा हिमपात, जनजीवन कष्टकर पुरा बिबरण पढ्नको लागि यहाँ जानुस



भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा आएको आँधीको प्रभावका कारण नेपालमा भएको वर्षासँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिउँ परेको हो । सोमबार रातिदेखि आज बिहान १० बजेसम्म पनि निरन्तर हिउँ परिरहेको लोमान्थाङबाट स्थानीयवासी पेमा लामाले जानकारी दिनुभयो । बिहानसम्म आधा फिट बाक्लो हिउँ जमेको लामाले बताए । उपल्लो मुस्ताङमा फापरलगायतका अन्नबाली भित्र्याउने सिजन सुरु भएकाले हिउँ पर्दा कृषक चिन्तित भएका छन् ।

तल्लो मुस्ताङको जोमसोम र आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको स्थानीय सञ्चारकर्मी सुशीला पुर्जाले बताए । वर्षाका कारण मुक्तिनाथ तीर्थयात्रामा आएका तीर्थयात्री र भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । वर्षासँगै चिसो पनि बढेको छ । यसैगरी म्याग्दीमा पनि वर्षाका कारण पर्यटन व्यवसाय र कृषि क्षेत्रमा असर परेको छ ।      घोरेपानी, पुनहिल, भुरुङ तातोपानी, राउण्ड धौलागिरि, अन्नपूर्ण बेसक्याम्पलगायतका पर्यटकीय क्षेत्रको भ्रमणमा आएका पर्यटक वर्षाका कारण पदयात्रा स्थगित गर्न बाध्य भएका छन् ।

सूर्योदय, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यतामा रमाउन आएका पर्यटकलाई एक्काली मौसममा खराबी आएपछि निराश बनाएको घोरेपानी होटल व्यवसायी सङ्घका सचिव टेकसर बुद्धुजा पुनले बताए । यसैगरी म्याग्दीको माथिल्लो क्षेत्रमा भित्र्याउनका लागि धान काटेर खेतमा सुकाएका कृषक भारी मात्रामा वर्षा भएपछि निराश बनेका छन् । ताकम, बेग, देविस्थान, मुनालगायत गाविसमा भित्र्याउन तयारी गरिएको धानबाली खेतमै भिजेको कृषकले बताएका छन् ।

बेग गाविसमा लगाइएको ७५ प्रतिशत धानबाली काटेर खेतमा सुकाएको अवस्थामै भिजेको स्थानीय कृषक याम तिलीजाले बताउनुभयो । उहाँका अनुसार मुख्य खाद्यबाली धान र पराल भित्र्याउन नपाउँदै खेतमै भिजेकाले कृषक चिन्तित भएका हुन् ।

पाँच दिनमै एक महिनाको औसतभन्दा बढी वर्षा भएको छ !

 लमजुङ्,उपत्यकामा पाँच दिनमै एक महिनाको औसतभन्दा धेरै पानी परेको छ। मे महिनाभरि १२३.६ मिलिमिटर वर्षा हुनुपर्नेमा सोमबारसम्म १३२.५ मिलिमिटर वर्षा भइसकेको छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु हुनुअगाडिको समय (प्रिमनसुन) भएकाले यो महिनाभरि थप वर्षा हुने अनुमान गरेको छ।
राजधानीलगायतका पहाडी भेगमा तीन दिनदेखिको वर्षा सोमबार पनि जारी रह्यो। मौसमविद् राजु प्रधानांगका अनुसार वर्षा हुने क्रम मंगलबार पनि जारी रहने अनुमान गरे। 'पानी पार्ने बादल नेपालका अधिकांश पहाडी भेगमा सक्रिय छ, बुधबारदेखि मात्रै सुधार हुन्छ', उनले भने।


प्रिमनसुन गतिविधि नेपालका पहाडी भेगमा मात्रै देखिएको छ। तराईमा वर्षा भएको छैन। पाँच दिनमै औसतभन्दा बढी पानी पर्नुलाई मौसमविद्ले अस्वाभाविक मानेका छन्। पश्चिमबाट आएको पानी पार्ने बादल पूर्वी पहाडतिर सरिरहेको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार सबै पहाडी जिल्लामा पानी पार्ने बादल छ।
मौसमविद्का अनुसार वायुमण्डलमाथि स्थानीय रूपमा बनेको न्यूनचापीय प्रणालीलाई बंगालको खाडी र अरब समुद्रबाट आएको जलवास्पसहितको हावाले सघाएपछि भारी वर्षा भएको हो। मनसुन सुरु नभएसम्म न्यूनचापीय प्रणाली पूर्वपश्चिम गरिरहन्छ। 'तर यसपटक पश्चिमबाट पूर्वतिर मात्रै बढी धकेलियो। वर्षाको यो क्रम अस्वाभाविक छ। छोटो समयमा यति धेरै पानी पर्नु स्वाभाविक हैन', प्रधानांगले भने। मौसमविद्ले यसलाई जलवायु परिवर्तनको असर भनेका छन्।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा पानी पर्ने प्रक्रिया सबैभन्दा धेरै परिवर्तन भइरहेको छ। क्याम्ब्रिज विश्वविद्यालयको अध्ययन प्रतिवेदनले धेरै दिन थोरै पानी पर्ने दक्षिण एसियाली मनसुन पछिल्ला दिनमा अनुभव हुने गरी बदलिएको देखाएको छ। 'पहिले धेरै दिनसम्म थोरैथोरै पानी पथ्र्यो, अहिले थोरै दिनमा धेरै पानी पर्छ', प्रतिवेदनमा लेखिएको छ।
राजधानीमा आइबार दुई घन्टामै ३५.६ मिलिमिटर वर्षा भएको थियो। यही गति कायम रहे यस वर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा हुन्छ। जल तथा मौसमविज्ञान विभागका अनुसार सन् २००७ मा औसतभन्दा धेरै बढी वर्षा भएको थियो। त्यतिबेला बाढी पहिरोका कारण जनधनको ठूलो क्षतिसमेत भएको थियो। २००८ मा औसतभन्दा कम पानी परेको थियो। सन् २००९ मा भने खडेरी परेको थियो। सन् २०११ मा औसतभन्दा बढी पानी प:यो भने सन् २०१२ र २०१३ मा औसत वर्षा भयो।
नेपालमा सामान्यतया जुन १० देखि मनसुन सुरु हुन्छ भने सेप्टेम्बर २३ मा सकिन्छ। तर पछिल्ला वर्षमा मनसुनसमेत केही ढिलो गरी सुरु भइरहेको छ। पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन हावासँगै पश्चिमतर्फ जान्छ।

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf