Home » » कस्तो परम्परा ! मन परेकीलाई गोठमा लगेर जबरजस्ती सिन्दुर हालेपछि …

कस्तो परम्परा ! मन परेकीलाई गोठमा लगेर जबरजस्ती सिन्दुर हालेपछि …


sindur

२६ बैशाख- बझाङको चौधारी ५ का अर्जुन खातीले गाँउमा चल्दै आएको परम्पराअनुसार आफूलाई मन परेकी सोही गाविस ४ का सूर्यकलाकुमारी रावललाई जबर्जस्ती तानेर बिहे प्रयासमात्र गरेनन् गोठसम्म पुर्याएर सिउँदोमा सिन्दुर पनि हालिदिए । उनको योजना थियो गोठमै भएपनि सिन्दुर हालेपछि खसी काटेर भोज गर्ने । तर, सूर्यकला सचेत भएका कारण अर्जुनले भोज गर्ने योजना पूरा गर्न पाएनन् । उमेर पुगेका युवक र युवतीबीचमा मिलेर सहमति भएमा परिवारले नमाने पनि बिहे गर्न रोकटोक हुन्न । तर सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा भने केटा पक्षलाई कुनै युवती मन परे जबर्जस्तीतानेर बिहे गर्ने चलन अझै कायम छ । अहिले पनि बझाङका लेकगाँउ, छान्ना, दौलीचौरलगायत दुर्गम गाँउमा युवतीलाई जबर्जस्तीतानेरै बिहे गर्ने चलन रहेको अन्नपूर्ण पोस्टमा खबर छ । यसैको पछिल्लो शृखंला हो अर्जुनको बिहे गर्ने प्रयास । उनले सोमबार मोरीबगरबाट घरतर्फ एक्लै जाँदै गरैकी सूर्यकलालाई बीच बाटोबाटै जबर्जस्तीतानेर बिहे गर्न स्थानीय महेश खाती लगायत साथीको सहयोग पनि मागेका थिए । अर्जुनले आधा बाटोसम्म तानेर लगेपनि सूर्यकलाले अस्वीकार गरेपछि बिहीबार घटना सार्वजनिक भएको हो । युवतीले बिहे गर्न नमानेपछि अर्जुनले साथीहरुको सहयोगमा लिएर जबर्जस्तीतान्दै भैंसी गोठसम्म पुर्याएर सिउँदोमा सिन्दुर भरेका थिए । जबर्जस्ती गर्दा उनको लुगासमेत च्यातिएको छ । सूर्यकला गाउँकै चाैधरी उच्चमाविमा कक्षा १२ मा पढ्छिन् । सूर्यकला र उनका अभिभावक अर्जुनसँग बिहे गर्न राजी थिएनन् । सिन्दुर हालेपछि सूर्यकलाले आफूसँग बिहे गर्ने सोचेका थिए तर । तर सूर्यकलाले गाउँमै यस्तो चलनविरूद्ध बिद्रोह गरिन र उजुरी गर्न जिल्ला प्रहरीसम्म पुगिन ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf