Home » » म बाच्न चाहन्छु, मलाई बचाइदिनुहोस्.. एउटी गरिब दलितका छोरी पुरा विवरण हेर्नको लागि यहाँ जानुस् !

म बाच्न चाहन्छु, मलाई बचाइदिनुहोस्.. एउटी गरिब दलितका छोरी पुरा विवरण हेर्नको लागि यहाँ जानुस् !

उर्लाबारी, असोज ३१–बिहीबार खाटमा सुतिरहेकी बालिका एलिसा धिमालको रोदनले उनको परिवारमा सन्नाटा छाएको थियो । दलिनमा बसेका उनका बाबुआमासँग पुर्पुरोमा हात राख्नु सिवाय कुनै विकल्प थिएन । छोरीको विलौना सुन्न सक्ने एकातिर अवस्था छैन भने अर्कातर्फ उपचार खर्च कसरी जुटाउने दोहोरो चिन्तामा डुबेका थिए, धिमाल परिवार ।त साउनदेखि खुट्टाको जटिल समस्याबाट ग्रसित उर्लाबारी–४ स्कुलडाँडाकी ११ वर्षीय एलिसा धिमालको उपचारका लागि उनका बुबा तोरबहादुर धिमालले स्थानीयसँग सहयोगको हात फैलाएका छन् । राजघाट–१स्थित लक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बालिका एलिसाको साथीहरूसँग खेल्ने क्रममा अकस्मात खुट्टामा ‘इन्फेक्सन’ भएको थियो ।

अत्यन्तै विपन्न अवस्थाका तोरबहादुर धिमालले शुरूमा छोरीको चोटलाई सामान्य रूपमा लिएपनि हाल बालिका एलिसाको अवस्था गम्भीर बनेको छ । रिक्सा चलाएर दैनिक जीविकोपार्जन गर्दै आएका तोरबहादुर छोरीको उपचार खर्चको अभावमा यतिबेला भौतारिइरहेका छन् ।
अर्काको घरमा जनमन गर्ने धिमालले सम्पत्तिका नाममा आफूसँग भएको एक हल गोरू चालीस हजारमा बिक्री गरी छोरीको उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएको उहाँले बताउनुभयो । स्कुलडाँडा चौंकस्थित स्व. भीमबहादुर काफ्लेको ‘टहरो’मा डेरा लिई बसेका धिमाल परिवार ओछ्यान परेकी छोरीको उपचारमा सबैसँग गुहार मागिरहेका छन् ।
‘रिक्सा नचलाए, गर्जाे टार्ने अवस्था छैन, कसरी छोरीको उपचार गर्नु’ अत्यन्तै चिन्तित हुँदै तोरबहादुरले गुनासो गर्नुभयो । एलिसाको प्रारम्भिक उपचार कोशी अञ्चल अस्पतालमा भएपनि उनको अवस्थामा सुधार आउन सकेको छैन । तोरबहादुरका अनुसार छोरीलाई चिकित्सकहरूले चितवनको भरतपूरस्थित क्यान्सर अस्पतालमा उपचारार्थ लान सुझाएका छन् ।
‘भरतपूर त जाने तर कसरी ?’ तोरबहादुरले गहभरी आँशु पार्दै भन्नुभयो, ‘रकमको अभावले मेरो छोरीको उपचार हुन सकेको छैन ।’ बालिका एलिसाको घुँडाभन्दा माथिको भागमा गहिरो संक्रमण भएको छ । चिकित्सकहरूले बालिकालाई क्यान्सर भएको आशंका गरेका छन् ।
 ढिलो उपचार हुँदा संक्रमण भएर ज्यानै जाने अवस्था हुने पनि चिकित्सकहरूले औल्याएको तोरबहादुर बताउनुहुन्छ । तत्काल उपचार भए आफ्नी छोरीको जीवन फर्किने उहाँको भनाइ छ । एलिसा धिमाल तोरबहादुरकी एक्ली छोरी हुन् । एलिसाको अप्रेसनका लागि एक÷डेढ लाख लाग्ने भएपछि उनका बुबा तोरबहादुर र आमा विष्णुमाया धिमालले हारगुहार गरेका हुन् ।
आर्थिक अवस्था जुटाउन नसक्दा एलिसाको उपचार गर्न नसकिएको हो । ‘म एकजनाको कमाइले घरपरिवार चलाउने कि छोरीको उपचारमा खर्च गर्ने’ मलिन अनुहारमा तोरबहादुर सुनाउँदै हुनुहुन्थ्यो । ‘अहिले पनि छोरीकै उपचार गर्नको लागि भनेर बुढेसकालमा घोटिँदै छु तर पनि खर्च जुटाउन सकेको छैन, त्यसैले उर्लाबारीवासीले सहयोग गरिदिए मेरो छोरीको उपचार हुने थियो ।’ तोरबहादुर भन्नुहुन्छ ।
संघसंस्थाले केही सहयोग गरिदिए भने समयमा छोरीको उपचार गर्न सक्थे भनेर सबैसँग सहयोगको पहल गरिदिन तोरबहादुरले आग्रह गर्नुभएको हो ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf