Home » » रेड पाण्डाको छालासहित दुईजना फन्दामा, पुरा बिबरण पढ्नको लागि यहाँ जानुस् !

रेड पाण्डाको छालासहित दुईजना फन्दामा, पुरा बिबरण पढ्नको लागि यहाँ जानुस् !

लमजुङ्, दूर्लभ बन्यजन्तु रेडपान्डाको छालासहित दुईजनालाई प्रहरीले काठमाडौंको माछापोखरीबाट दुईजनालाई पक्राउ गरेको छ ।
रेडपाण्डाको चारथान छाला विक्री गर्न हिँडिरहेको अवस्थामा महानगरी प्रहरी अपराध महाशाखा हनुमान ढोकाको टोलीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाको यार्सा–१ का शेरछुवाङ तामाङ र नुवाकोटको चौधडा–७ का रामशरण भन्ने सीताराम राई रहेका छन् । 
पक्राउ परेका दुबैजनलाई बरामद रेडपाण्डाको छालासहित आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा बुझाइएको महाशाखाले जनाएको छ ।  काठमाडौं मनपा–१६ माछापोखरी टोलमा बस्दै आएका उनीहरुको साथबाट प्रहरीले कालो र रातो रंगको खुट्टा, टाउको, दाँत र नङ्ग्रासमेत भएको रेडपाण्डाको चारथान छाला, एउटा झोला र दुई थान मोबाइल सेट बरामद गरेको छ । 

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf