Home » » यसकारण भयो टर्किस एअरको विमान दुर्घटना, ल पढ्नुस् त, भिडियो सहित

यसकारण भयो टर्किस एअरको विमान दुर्घटना, ल पढ्नुस् त, भिडियो सहित




लमजुङ, फागुन २० - बुधबार विहान झन्डै १ घण्टा सम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एअरको विमान निकै ठूलो दुर्घटनाको नजिक पूगेर पनि जोगियो । पौने ६ बजे विमानस्थलमा अवतरणको समय पक्का भएको विमान झन्डै ७ बजेसम्म पनि अवतरण हुन सकेन ।

लगातार ३ पटकसम्म धावनमार्गमा गुड्नै लाग्दा फेरी आकाशतिर हुईकिने कारणबाट विमानका यात्रु र विमानस्थलका कर्मचारी रहस्यात्मक बनिरहेका थिए । २ सय २७ यात्रु , ११ चालक दल गरी कूल २ सय ३८ विमानका यात्रुहरु  करिब १ घण्टासम्म आकाशमै रहदा भने आफु मृत्युको मुखैमा भएको कुरा पटक पटक सोच्न बाध्य भए ।

यसै पनि लामो समयदेखि अन्तराष्ट्रिय हवाई क्षेत्रमा कालो सूचीमा परेको नेपालको लागी अर्को कालो दिनको नजिक पुग्दा विमानका चालकको अदम्य साहसले त्यो हुन सकेन । र नेपालको आकाश र हवाई क्षेत्र अन्तराष्ट्रिय हवाई क्षेत्रमा केही थामथुम भयो ।

तर अधिकांश विदेशी  पर्यटक सवार विमान दुर्घटना हुदा पनि यात्रुहरु  सुरक्षित हुनु नेपालको लागी भाग्य भएपनि यसले नेपालको पर्यटन क्षेत्र र समग्र हवाई क्षेत्र निकै असुरक्षित रहेको कुुरा फेरी अन्तराष्ट्रिय स्तरमा बहस नै चुलिएको छ ।

सबैभन्दा ठूलो बेइज्जतको कुरा त विमानस्थल प्रशासन, नागरिक उडड्यन प्राधिरकरण र नेपाल सरकार नै धावनमार्गमा घण्टौ दुर्घटनाग्रस्त विमान हटाउन नसकेर लज्जित बन्नुको साटो उल्टै रमिते भए ।

यसकारण भयो विमान दुर्घटना 

सामान्यतया विमान अवतरण गर्नुभन्दा पाचँ मिनेट अघि नै विमानको अगाडी र पछाडीका चक्काहरु रन वे का लागी तयार भएर घुमिसकेका हुन्छन् । यदि पाचँ मिनेट भित्र चक्काको एक्सन नदेखिएमा अब विमान अवतरण गराउने की अन्य केही खराबीका बारेमा बुझ्ने भनेर चालक दल त्यसको खोज र अनुसन्धान गर्दे एअर टावरलाई नोटिस गर्छन् ।

यदि तत्काल ठूलो समस्या नदेखिएको र अन्य विकल्पहरु पनि तयार भएपछि सामान्यतया चालकदलले विमानस्थलमा आइपुगेको जहाज फर्काउदैनन्, अवतरण गराउछन् । यदि त्यो भन्दा केही फरक र ठुलै समस्या भएको र पर्याप्त व्याकअप ( इन्धन ) नभएपछि विमान दुर्घटनै भएपनि अवतरण गराउनुको विकल्प हुदैन् ।

बुधबार टर्किस एअरको विमान दुर्घटनाको पेरीफेरी हेर्दा विमानको अगाडीको चक्का उडानका क्रममा विच बाटोमै कतै अत्याधिक धुवायुक्त ( त्यसमा पनि विभिन्न ग्यास, कार्बनडाइअक्साइड, कार्बनमोनोक्साइड लगायत ) आकाशमा एकदमै छिटो रिएक्टिभ ग्यासले विमानको चक्कामा असर पु¥याई जाम गरेको हुन सक्ने विमान इन्जिनियरहरुको दाबी छ ।

त्यसैको अर्को कारण विमानको चक्कामा पहिलेदेखि खराबी आएको हुन सक्ने र त्यसको रिफ्रेस र रिचेक नभएरै विमान उडेकाले पनि अवतरण हुदा त्यो भएको हुन सक्ने उनीहरुको अनुमान छ ।

यससम्बन्धमा टर्किस एअरले नै दुर्घटनास्थलमै आएर त्यसको जाचँ तथा अन्य कारणबारे अनुसन्धान गर्ने बताइसकेको छ । र नेपाल सरकारले पनि ढिलै भएपनि भद्र रुपमा विमान दुर्घटनाबारे अध्ययन र अनुसन्धान गर्न पूर्वसचिव नरेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा चार सदस्यीय समिती गठन गरेको  छ ।

वरिष्ठ पाइलट वीएम अमात्य, नेपाल एयरलाइन्सका इन्जिनियर चुणामणी वस्याल र नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछानेसहितको समितीले कत्तिको प्रविधियुक्त छानबिन गर्छन, त्यो हेर्न बाँकी छ । आशा गरौँ २ या ३ दिनभित्र त्यो रिर्पोट बाहिर आओस ।

अन्तराष्ट्रिय स्तर
मा नेपालको छबि थप धुमिल 

यसअघि पनि विगत ४ बर्षदेखि युरोपको हवाई सुरक्षा दलले नेपालका विमानलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाइएको छ भने आफ्ना जहाजलाई नेपाली आकाशमा उडाउन पनि त्यति ढुक्कताका साथ दिदैन् ।

सन् २०१४ मा बाहिर आएको रिर्पोटअनुसार नेपालको एक मात्रै अन्तराष्ट्रिय स्तरको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विश्वकै तेश्रो अव्वस्थित, असुरक्षित र अनियमित झुर विमानस्थलमा पर्छ । एसियाकै दोश्रो झुर विमानस्थलमा पनि पर्ने काठमाण्डौँ सिनामंगल–कोटेश्वर परिसरको दुर्गन्धित र अव्यवस्थित विमानस्थल नै त्यसको पर्याप्त प्रमाण हो ।

त्यसैका बीचमा बुधबार भएको अर्को भयानक दुर्घटनामुलक समाचारले अन्तराष्ट्रिय स्तरमा फेरी नेपालको झुर एअरर्पोटका बारेमा बहस छेडिएको छ । एक त विमान दुर्घटना त्यसलाई जतिसक्दो चाडोँ मर्मत सम्भार या दुर्घटनाको कारण खोजेर सत्य तथ्य बाहिर ल्याई विमानस्थललाई चलायमान बनाउनुपथ्र्यो ।

तर त्यो भएन, दुर्घटनाग्रस्त विमानका पाइलटले नै अन्य विमानहरुलाई सजिलो होस भन्नका लागी झाडीमा विमान धसेका छन् । नेपालमा विमान सार्न नसक्ने यन्त्र नहुनु, त्यससम्बन्धि पर्याप्त पूर्वाधारको जहिल्यै कमी हुनु जस्ता समस्याले नेपालको पर्यटन क्षेत्रलाई ठुलो क्षति पु¥याउने उद्धेश्यका साथ अहिलेको समस्या देखिएको छ ।

नागरिक उड्यन प्राधिकरणद्धारा विमान दुर्घटना भएको २४ घण्टाभित्र पनि अन्य जहाजहरु उडान अवतरण नहुनु अन्तराष्ट्रिय स्तरमै यो विषय मुख्य समाचारका रुपमा प्रसारण तथा प्रसारित भइरहेका छन् । हजारौ यात्रुहरु अलपत्र परेका छन् भने सयौ विमानहरुले बुधबार दिन तथा  विहीबार विहानसम्मका उडान रद्ध भएका छन् ।
केही एअरवेजका अधिकारीका अनुसार २७ बटा विमान कम्पनीले आफ्ना यात्रुहरुलाई होटलमा फर्काइसकेका छन् । भने केही यात्रुहरु अझै विमानस्थल वरपर आखाँ तिरमिराउदै विमान उडान भइहाल्छन की भनी पर्खिरहेका छन् ।
जसले नेपालको विमानस्थल व्यवस्थापन गैरजिम्मेवारको पराकाष्ठाको एउटा अर्को उदाहरण पनि बनेको  छ ।

विहीबार विहान ४ बजेसम्मका लागी स्थगित भएको विमान उडान अवतरणको अवरुद्धता र भारतबाट ल्याउने भनिएको विमान उठाउने क्रेन विहीबार नै आउछ भन्ने ग्यारेण्टी के छ ?
त्यसैले नेपालको हवाई क्षेत्रलाई अझ असुरक्षित र आतकिंत पु¥याउने ढंगले भएका यस्ता दुर्घटनालाई कम र न्युनिकरण गर्न समग्र नेपाल सरकार तथा यसका अंगहरु क्रियाशिल बन्न जरुरी  छ । http://pariwartamang.blogspot.com/2014/09/blog-post_58.html
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf