Home » » नेपालमा ७० प्रतिशत कृषिमा आवद्ध भएर पनि आफ्नो मुलुकमा उत्पादन अपुग, दुई प्रतिशत कृषि पेशा गरेर विश्वभरी निर्यात गर्न इजरायल सक्षम

नेपालमा ७० प्रतिशत कृषिमा आवद्ध भएर पनि आफ्नो मुलुकमा उत्पादन अपुग, दुई प्रतिशत कृषि पेशा गरेर विश्वभरी निर्यात गर्न इजरायल सक्षम

काठमाडौं । नेपाल कृषि प्रदान मुलुक हो तर दुरभाग्य कुषि प्रदान राष्ट्र नेपालमा उत्पादन हुने कुनै पनि कृषि उपजहरुले हाम्रो बजारको मागलाई पूरा गर्न सकिरहेको छैन । नेपालमा उत्पादन हुने खाध्यन बालीहरु फलफूल तथा तरकारी बालीहरु, नगदे बालीहरु दूध, माछा, मासुहरु लगायतका कुनै पनि उपजहरुले नेपाल भित्रको मागलाई पूरा गनै सकिरहेको छैन । 


हामी भने नेपाल कृषि प्रदान मुलुक हो भन्दै बर्षेनी  प्रत्यक्ष उपभोगका लागि कडरौका कृषि उपजहरु छिमेकी राष्ट्रहरुबाट आयत गरिरहेकाछौ । यसले हाम्रो कृषि प्रदान मुलुक हो भन्दै गरीने गर्भलाई खिल्ली उडाईरहेको छ । तर सरकारले नेपालमा कृषि क्षेत्रलाई अत्याधुनिकीकरण गर्नेे खासै योजना भने ल्याउन सकिरहेको छैन, बरु जनताहरु बिस्तारै स्वत  स्फूर्त रुपमा व्यवसायिक कृषि तर्फ उन्मुख भैरहेका छन् । यसै सन्दर्भममा आज हामीले नेपालको कृषि क्षेत्रको वर्तमान अवस्ता र बिस्तारै सुरु हुदै गऐको व्यवसायिक खेती सम्बन्धि एक रिपोट तयार गरेका छौ ।
 
    नेपाल कृषि प्रदान मुलुक हो, यहाँका करिब ६० प्रतिशत जनता प्रत्यक्ष रुपमा कृषिमा संलगन रहेका छन् । देशका कूल भूभाग मध्ये ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिऐको छ भने खेती योग्य १० लाख ३० हजार हेक्टर जमिन अझै पनि बाँझो रहेको छ । सन् २०११र१२ मा देशको कूल ग्रस्त उत्पादन जिडीपीमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत भन्दा बढी रहेको छ । नेपालमा कृषि अन्तर्गत खाध्यन्न कालीहरुको रुपमा धान, मकै, गहौ, जौ, फापर लगाईन्छ भने नगदे बालीको रुपमा सुर्ती जन्य कपास, उखू, जुट आदी जस्ता बालीहरु प्रमुखताका साथ लगाउने गरिन्छ । त्यस्तै तरकारी बालीका रुपमा काउली, प्याज, बन्दा, गोलभेडा, लसुन आदी लगाउने गरिन्छ । यस अतिरिक्त मासु या दुध प्रयोजनका लागि पसुपक्षिहरु पनि पाल्ने गरिन्छ । दुरभाग्य नेपालमा कृषिमा व्यवसायिकीकरणको विकास हुन नसक्दा ६० प्रतिशत जनताको प्रत्यक्ष संलगनता रहेको यहाँको कृषिले आन्तारिक बजार मागको ५० प्रतिशत आपूर्ति पनि धान्न सकिरहेको छैन । 
             यतिबेला मंसिर महिना सकिऐको छ । देशका खेती योग्य फाँटहरु धान भित्रयाई सकेर हिउदे बालीको तयारीमा रहेका छन् । हिउदे बालीका रुपमा गहु तथा अन्य तरकारी बालीहरु लगाउने क्रम सुरु भैसकेको छ । चालू आर्थिक बर्षमा धान, मकै,कोदो जस्ता उत्पादकहरुमा मौसमि प्रतिकूलता तथा अन्य कारणहरुले कमि आउने पूर्व अनुमान गरिईको छ । त्यसमा आर्थिक बर्ष २०११र१२ मा प्रमुख खाध्यन्न बालीहरुका उत्पादन ९४ लाख ५७ हजार मेट्रिक टन भएको छ जुन अघिल्लो बर्षको तुलनामा  करिब १० प्रतिशतले कमी हो ।

नगदे बालीको रुपमा लगाईने उखू, तेलहन, आलु, सुर्ति गहन आदि जस्ता बालीहरुको उत्पादन पनि सन्तोषजनक रहेका छैन । नेपालमा सन् २०११र१२ मा ५७ लाख मेट्रिक टन नगदे बाली उत्पादन भएको थियो । यो अघिलो बर्षको तुलनामा झन्डै ६ प्रतिशतले बढी हो । तरकारी जन्य उत्पादनहरुले बजार मागको करिब ७० प्रतिशत मात्रै अंश ओगटेको छ भने बाँकी सबै भारतबाट आयत हुने गरेको छ । जबकी गत बर्ष स्वदेशबाट ३५ लाख मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत बर्ष स्वदेशबाट ७ लाख ९४ हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो । जसले नेपाली बजारमा हुने खपतको जम्मा २५ प्रतिशत हिस्सा मात्रै ओगटेको छ । बाँकी सबै छिमेकी मुलुकबाट आयत हुने गरेको छ । छिमेकी देशशरुबाट केरा देखी स्याउसम्मका फलफूलशरु आउने गरेकाछन् ।
 
                    नेपालमा दूधको बजार अवस्था पनि निक्कै  अस्थिर रहेको छ । गत बर्ष नेपालमा १६ लाख २२ हजार मेट्रिक टन दूध उत्पादन थएको थियो । तर यो परिमाणको उत्पादन बजार मागको जम्मा ४५ प्रतिशत हिस्सा मात्रै ओगटेको छ । बाँकी सबै दूध भारतबाट आउने गरेको छ । एकातिर बजारमा भारतबाट दैनिक हजारौ लिटर दूध आयत हुन्छ भने अर्को तर्फ नेपालको ग्रमिण भेगमा उत्पादन हुने दूध बिक्री नभएर कृषकहरु दूध उत्पादन गर्ने पेशबाट निरुउत्षही भैरहेका छन् । 
                 नेपालमा मासुको बजार अवस्था पनि खासै राम्रो छैन । नेपालमा गत बर्ष २ लाख ८७ हजार मेट्रिक टन मासु उत्पादन भएको छ । जसले देशमा खपत हुने जम्म मासुको करिब ६५ प्रतिशत अंश मात्रै ओगटेको छ । बाँकी मासु बिदेशबाट आयत हुने गर्दछ, यसको अतिरिक्त नेपाली बजारमा छिमेकी मुलुकहरुबाट दैनिक करोडौ मूल्य बराबरका कृषिसँग प्रत्यक्ष सम्बन्धित बस्तुहरु आयत हुने गरेका छन् । हामीले यी तथ्याङ्कहरु प्रस्तुत गरिरहँदा नेपाल कृषि प्रदान मुलुक हो भनेर गर्भ गर्ने हामी नेपालीहरुलाई लाज मार्नुको अवस्था षृजना भएको छ । तर यो लाज न त हामीलाई लागेको छ  न त सरकारी निति निर्माण तहमा बस्ने मान्छेहरुलाईनै लागेको छ ।

सरकारले देशमा व्यवसायिक खेतीको विकास गर्दयो भने कृषि मन्त्रालयमा मातहतमा कृृषि विभाग र अन्य थुप्रै संरचनाहरु खडागरेको छ र ती संरचनाहरुले कृषिमा नविणता ल्याउनत परै जाओस आपनै औचियता पुष्टि गर्न सकिरहेका छैनन् । कृषकहरु पैसा तिरेर पनि समयमा रासयनिक मल पाउन सक्दैनन् । उन्नत बिउ भन्दै नक्कली बिउमा ठगीएका छन् कृषकहरु, कृषकले मौसमी पूर्व अनुमान गलत पाईरहेका छन् । उन्नत तथा व्यवसायिक खेतीका लागि कृषकले आवस्यक तालिम पाप्त सकि रहेको छैन् ।

कृषकले वित्तीय संस्थाहरुबाट ऋणि तथा सौलियतहरु प्राप्त गर्न सकिरहेका छैनन् । कृषि सम्बन्धि मेसिनरी ब्यू बिजन तथा अन्य प्रविधीहरु आयत गर्न कानूनी जटिलता, जटिल भान्सार संयन्त्रा तथा कर्मचारी तन्त्रको ठलो असहयोग जस्ता कारणहरुले गर्दा देशमा कृषि क्षेत्रले फ्m्रको मार्न सकिरहेको छैन । कृषकको भनाई  ( बाहिरबाट मगाउँदा सबै भन्दा ठूलो समस्या काहाँ पाउँछ र खोजेको समान भेटिए पनि ल्याउनको लागि भन्सारको समस्या चाहिएको समान तुरुन्तै उपलब्ध हुन नसक्ने समस्या विभिन्न मन्त्रालयहरु धाउँदाको समस्या, सुविधा नपाउने, अत्याधुनिक सामनको बारेमा ठूलठूला व्यपारीलाई पनि न्यून ज्ञान हुनू र आफूले उपलब्ध गराउन नसक्जु सबै भन्दा समस्या )
 
                त्यसो त सरकारी असुवीधा र असहयोगमात्रै हाईनकी हामी रोजगारीको नाममा विदेशमा गएर नाली सोह्रर्न तयार हुन्छै । तर नेपाली माटोमा काम गर्दा आफ्नो ईज्जत जाने कुतले हाम्रो दिमागमा उत्गर गरिरहेको छ । समयले पनि कोल्टे फेर्छ भने ऋmै बल्ल अहिले विस्तारै नेपाली युवाहरु विदेशी भूमीमा खाएको ठक्कर र हन्डरको कारण स्वदेशमै कृषिमा खेती गर्ने जर्मको गरिरहेका छन् । यो हो राजधानीबाट नजिकै जितपुर फेदीमा अवस्थीत कलकार मदनकृषण श्रेट, हरिवंश आर्चय र लामो समयसम्म ईज्रारायलमा रगत पसिना बगाऐर स्वदेश फ्रकिएका केही नेपाली युवाहरु द्धारा संचालित मह एग्रीकल्चर ।
 ( हाम्रो मानवप्रतिको र जनताप्रतिको मायाले गर्दा विदेशी भूमीमा विदेशीहरुको हपकाईदपकाईले गर्दा खेरी यो देशमा केही गरु भनी सामूहीक भावना भएकाले यो काम थालेको )
 
यस एग्रीकल्चरले नेपालमा उन्नत तरीकाबाट खेती गरी कृषिमा व्यवसायीकरण तथा अत्याधुनिकीकरणको सुरुवात गरेको छ । यसक्रममा गोलभेडा उत्पादनमा प्रयोग गरिएको प्रविधी पूनतया ईज्रारायली प्रविधीमा आधारीत छ । मौसमको बाह्रै महिना सम्म उत्पादन लिन सकिने गरी आधुनिक तरिमाबाट यहाँ भैरहेको गोलभेडाको उत्पादनले सबैको मन लोभ्याउने गरेको छ । तर गोलभेडाको दानामा जिवन लेखेका यसका संचालकले फ्रमलाई यो अवस्थामा ल्याउन यहाँका कर्मचारी तन्त्र र अन्य योगदानहरु सँग गरेको संघर्ष कम्ती मर्मस्पसी छैन ।

जे होस नेपालीहरुमा पछिल्लो समयमा कृषि पेशप्रति स्वतस्फूर्त रुपमा उत्सहा बढदैगईरहेको छ । धन कमाउने नाममा लहैलहैको भरमा आपनो देश छाडेर बिदेश गई जोतीनु पर्दाको पीडाले नेपालीहरुलाई स्वदेशमै व्यवसायीक खेती प्रतिम ोह बढीरहेको छ । साच्चै नेपाल कृषि प्रदान भन्ने शब्दको साँचो अर्थ खोज्ने हो भने सरकारले कृषिमा लाग्नका लागि जनतालाई उत्प्रेरित गर्ने खाल्का विशेष सौल्यत तथा सहयोग एवम् सहकार्यका कार्यक्रमहरु यथाशिघ्र अघि बढाउनु अपरिहार्य छ । त्यसैमा मुलुकको अर्थतन्त्र पनि निर्भर रहन्छ ।
 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf