Home » » उदाउँदै छन् गीतकार खड्का, हाल साउदीमा कार्यरत उनी अबको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्ड कार्यको तयारीमा जुटेका छन् ।

उदाउँदै छन् गीतकार खड्का, हाल साउदीमा कार्यरत उनी अबको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्ड कार्यको तयारीमा जुटेका छन् ।

लमजुङ,१२,वैशाख, नेपाली गीत सङ्गीतको मोह बढ्दो छ । बढ्दो यो मोहमा मरिमेट्ने उत्तिकै मात्रामा पाइन्छन् । चाहे त्यो गायनमा होस् या त सङ्गीत श्रृजनामा अथवा गीत रचनामा नै किन नहोस्, पछिल्लो पुस्तामा यसको क्रेज बढेको पाईन्छ । समय परिस्थिति अनि भोगाईहरुलाई उत्कृष्ट रचना मार्फत गीतमा उतार्न तल्लीन गीतकारहरु मध्येका एक हुन् मोरङ टाँडीस्थित किरात चौकका दिपेन्द्र खड्का । बाल्यअवास्थाबाट नै कथा, गीत, नाटक र गजलहरुको रचनामा सक्रिय उनी पछिल्ला केही वर्ष यता विषेश गरेर गीत रचनामा लागि परेका छन् । उनले यसअघि अधुरो जिन्दगी नामक नाटक सङ्ग्रह गाउँले दर्शक माझ पस्किसकेका छन् । यसलाई राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्य समेत उनको छ ।
हाल साउदीमा कार्यरत उनी अबको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्ड कार्यको तयारीमा जुटेका छन् । 'जहाँ ईच्छा त्यहाँ उपाय' भने झै आफू देश वाहिर रहेपनि आफ्नो श्रृजनालाई पूर्णता दिन उनी लागी परिरहेका छन् यतिबेला । उनको यस कदमलाई सदैव सङ्गीत क्षेत्रमा लाग्न हौसला दिने उनकी सहयात्री रेखा तुम्सा खड्का गीतकार तथा गायक नरेन्द्र घर्ति र सङ्गीतकार बि. बि. अनुरागीको सहयोगमा उनको पहिलो गीत 'तिमी मेरो जीवनमा आयौ र हाँस्न सिके...' बोलको गीतको केही दिन अघि मात्र प्रिजम स्टुडियोमा रेकर्ड सकिएको छ । यस गीतमा गायक अर्जून सुनामको स्वर रहेको छ भने सङ्गीत बि.बि. अनुरागीको रहेको छ । यस्तै 'कल्पनामा डुबी हेर म तिम्रै समीपमा हुन्छु...' बोलको अर्को गीत केही दिनमै रेकर्डिङ सम्पन्न गर्ने सोच रहेको र उक्त गीतमा मिलन अमात्य र बि.बि. अनुरागीको स्वर रहने छ भने सङ्गीत बि.बि. अनुरागीको रहने रचनाकार खड्काले जानकारी गराए ।
आफूले करीव सय भन्दा बढी गीतहरु रचना गरिसकेको भएपनि बल्ल आएर गीत रेकर्डिङ गर्न सफल भएकोमा हर्षित भएको उनले बताए । उनले भने 'मेरो लागि सङ्गीत सम्पूर्ण कुरा हो र म मेरोे जीवन रहुनजेलसम्म यस क्षेत्रबाट टाढा रहन सक्दिन । आफू यस क्षेत्रको विकासलागि जुनसुकै हिसाबबाट सदैव लागि परिरहने कुरामा पनि उनले जोड् दिए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf