संञ्चार कर्मी र पशुसेवा कार्यालयका कर्मचारीहरुले आईतबार चितवनको गाई फार्म तथा बाख्रा पालन ब्यावसायको अवलोकन गरेका छन् ।अवलोकनमा पश्चिम चितवनको गीतानगरको अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था,यज्ञपुरीको लक्ष्मि बाख्रा पालन, धौलागीरी गाई फार्म र पुर्वी चितवन खैरहनी नगरपालिकाकोे कुमरोजमा अवस्थित चितवनकै ठुुलो गाई फार्म लालीगुरास बहुउदेश्यीय सहकारी संस्थाको अवलोकन गरेका हुन्।
लागी गुरास गाई फार्ममा जर्सी र होलीस्टेन जातका ३ सय २ वटा गाई पालन गरीएको छ । ति मध्ये १ सय ७१ माउ गाई, ७२ वटा कोरली गाई र ४१ वटा साना गाई रहेका छन् । १ सय ७१ माउ गाई मध्ये पनि १ सय २५ मात्र दुहुना गाई भएको फार्मका सुपरभाईजर सि.पि पौडेलले जानकारी दिनु भयो ।दैनीक करिब १२ सय ५० को हाराहारीमा गाईले दुध दिने पनि जानकारी दिनु भयो । साथै सो दुध स्थानिय डेरीमा नै विक्री हुने गरेको बताउनु भयो ।
२०७० सालमा स्थापना भएको सो गाई फार्म मा अहिले ३९ जना कर्मचारी रहेकाछन्। जसमा २ जना भेटेरीनरी १ जना डाक्टर १ जना प्राविधिक रहेका छन् ।४६ विगाहा जमिन मध्ये २० विगाहा संस्थाको र २६ विगाहा भाडामा रहेको छ। ति मध्ये ६ विगाहामा १६ वटा गोठ भवन निमार्ण गरीएको छ । आफनै जमिनमा उत्पादीत घास नेपीएर, टिउसेन्टी, बादरा जातका घास तथा चोकर दानाको रुपमा खुवाउदै आएको संस्थाले जनाएको छ ।
यस्तै पश्चिम चितवनको गीतानगरमा अवस्थित अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाद्धारा संञ्चालित उन्नत गाई केन्द्रमा ४५ वटा गाई पालन गरीएको छ। यस्तै लक्ष्मी बाख्रा पालनमा ४० वटा बाख्रा पालन गरीएको छ। भने धौलागीरी गाई फार्ममा ४१ वटा गाई पालन गरीएको छ ।जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले चितवनमा २ सय भन्दा बढि गाई फार्म भएको बताउनु भएको छ । यस्तै ७१ वटा ह्याचरी ,५० वटा बाख्रा पालन र करिब १६ वटा भैसी पालन भएको बताउनु भयो ।
यस्तै युवा लक्षित पशु विकास कार्यक्रम अन्तगर्त २३ वटा गाई फार्म, ६ वटा बाख्रा पालन, ५ वटा बंगुर पालनका लागी अनुदान रकम दिन लागेको बताउनु भयो । चितवनमा दैनिक २ लाख २५ हजार दुध उत्पादन हुने भएकोले अहिले चितवन नेपालमै बढी दुध उत्पादनमा पहिलो स्थानमा भएको जानकारी गराईएको थियो ।