परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label बिजनेस. Show all posts
Showing posts with label बिजनेस. Show all posts

चितवन नेपालमै दुध उत्पादनमा पहिलो स्थानमा ,दैनिक २ लाख २५ हजार दुध उत्पादन हुने

संञ्चार कर्मी र पशुसेवा कार्यालयका कर्मचारीहरुले आईतबार चितवनको गाई फार्म तथा बाख्रा पालन ब्यावसायको अवलोकन गरेका छन् ।अवलोकनमा पश्चिम चितवनको गीतानगरको अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था,यज्ञपुरीको लक्ष्मि बाख्रा पालन, धौलागीरी गाई फार्म र पुर्वी चितवन खैरहनी नगरपालिकाकोे कुमरोजमा अवस्थित चितवनकै ठुुलो गाई फार्म लालीगुरास बहुउदेश्यीय सहकारी संस्थाको  अवलोकन गरेका हुन्।
 
लागी गुरास गाई फार्ममा जर्सी र होलीस्टेन जातका ३ सय २ वटा गाई पालन गरीएको छ । ति मध्ये १ सय ७१ माउ गाई, ७२ वटा कोरली गाई र ४१ वटा साना गाई रहेका छन् । १ सय ७१ माउ गाई  मध्ये पनि १ सय २५ मात्र दुहुना गाई भएको फार्मका सुपरभाईजर सि.पि पौडेलले जानकारी दिनु भयो ।दैनीक करिब १२ सय ५० को हाराहारीमा गाईले दुध दिने पनि जानकारी दिनु भयो । साथै सो दुध स्थानिय डेरीमा नै विक्री हुने गरेको बताउनु भयो ।
 
२०७० सालमा स्थापना भएको सो गाई फार्म मा अहिले ३९ जना कर्मचारी रहेकाछन्। जसमा २ जना भेटेरीनरी १ जना डाक्टर १ जना प्राविधिक रहेका छन् ।४६ विगाहा जमिन मध्ये २० विगाहा संस्थाको र २६ विगाहा भाडामा रहेको छ। ति मध्ये ६ विगाहामा १६ वटा गोठ भवन निमार्ण गरीएको छ । आफनै जमिनमा उत्पादीत घास नेपीएर, टिउसेन्टी, बादरा जातका घास तथा चोकर दानाको रुपमा खुवाउदै आएको संस्थाले जनाएको छ ।
 
यस्तै पश्चिम चितवनको गीतानगरमा अवस्थित अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाद्धारा संञ्चालित उन्नत गाई केन्द्रमा ४५ वटा गाई पालन गरीएको छ। यस्तै लक्ष्मी बाख्रा पालनमा ४० वटा बाख्रा पालन गरीएको छ। भने धौलागीरी गाई फार्ममा ४१ वटा गाई पालन गरीएको छ ।जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले चितवनमा २ सय भन्दा बढि गाई फार्म भएको बताउनु भएको छ । यस्तै ७१ वटा ह्याचरी ,५० वटा बाख्रा पालन र करिब १६ वटा भैसी पालन भएको बताउनु भयो ।
 
यस्तै युवा लक्षित पशु विकास कार्यक्रम अन्तगर्त २३ वटा गाई फार्म, ६ वटा बाख्रा पालन, ५ वटा बंगुर पालनका लागी अनुदान रकम दिन लागेको बताउनु भयो । चितवनमा दैनिक २ लाख २५ हजार दुध उत्पादन हुने भएकोले  अहिले चितवन नेपालमै बढी दुध उत्पादनमा पहिलो स्थानमा भएको जानकारी गराईएको थियो  ।

घर बनाउन ६ मिटरको बाटो अनिवार्य!

लम्जुङ : सरकारले काठमाडौं महानगरपालिका, देशभरिका उपमहानगरपालिका र नगरपालिकाहरूमा नयाँ घर बनाउन कम्तीमा ६ मिटरको बाटो हुनैपर्ने व्यवस्था गर्ने तयारी गरेको छ। सरकारको तयारीअनुसार नियम स्वीकृत भयो भने अब ६ मिटर (२० फिट) भन्दा कमको बाटो भएको ठाउँमा घर बनाउन नक्सापास हुने छैन।
 
२० फिट बाटो भएका जग्गामा पनि घर बनाउन डेढ मिटर खाली ठाउँ छाड्नुपर्ने नियम ल्याउने तयारी सरकारले गरेको छ।
यसको सीधा असर पर्नेछ- २० फिटभन्दा सानो बाटो भएको ठाउँमा जग्गा किनेर घर बनाउने तयारी गरिरहेकाहरूलाई। 
 
सानो बाटो भएको आवासीय क्षेत्रमा ४-५ आना जग्गा किनेर पछि घर बनाउँला भनेर सपना साँच्नेहरू यो नियमको मारमा पर्नेछन्। 'टोलभरि घर बनाइसकेर बचेको सानो जग्गामा पनि नयाँ घर बनाउन बाटो फराकिलो पार्नैपर्छ', काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त विकास कार्यालयका प्रमुख डा. भाइकाजी तिवारीले अन्नपूर्णसँग भने।
 
उनले नयाँ घर बनाउन दायाँबायाँ गरी ६ मिटरको बाटो अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए। नयाँ व्यवस्था कार्यान्वयन भएपछि घर बनाउन पहिलाभन्दा धेरै जग्गा आवश्यक पर्नेछ। 
 
न्यूनतम कति आनामा घर बनाउन दिने भन्नेमा चाहिँ सरकार अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन। यसअघि स्थानीय निकायले आफ्नो आवश्यकताअनुसार बाटोको आकार निर्धारण गर्न सक्ने व्यवस्था थियो।
 
पूर्वाधार विज्ञ सूर्यराज आचार्यले सडक फराकिलो पार्दा घरै बनाउने जग्गा बाँकी नरहनेलाई सरकारले चल्तीको भाउअनुसार क्षतिपूर्ति दिनुपर्ने बताए। 'अहिले सडक ठूलो बनाउँदा नातिपनातिसम्मले फाइदा लिन सक्छन्', उनले अन्नपूर्णसँग भने, 'तर विज्ञ टोलीले म्यापिङ गरिसकेपछि सडक फराकिलो पार्दा जसको घर बनाउन नै नपुग्ने जग्गा बाँकी रहन्छ, उनीहरूलाई बजारको चलेकै भाउअनुसार क्षतिपूर्ति दिएर अधिग्रहण गर्नुपर्छ।'
 
भूकम्पले ठूलो धनजन क्षति भएपछि सर्वसाधारणको सुरक्षा र वैज्ञानिक ढंगको बस्ती विकास गर्न नयाँ नियम ल्याउन लागिएको सहरी विकास मन्त्रालयले जनाएको छ। जग्गा प्लानिङ गर्नेले पनि अबदेखि यो नियम पालना गर्नुपर्नेछ।
 
यस्तै नक्सा स्वीकृत गर्नुअघि घर बनाउने व्यक्ति र इन्जिनियरबीच सम्झौता गरेको कागजपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था हुँदैछ। घर बनाउने व्यक्तिसँग स्ट्रक्चरल इन्जिनियरले नयाँ घरको प्रत्यक्ष अनुगमन गर्ने सहमति भएको कागजपत्र पेस नगरी अनुमति दिइनेछैन। इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स पाएका व्यक्तिले मात्र भवन अनुगमन गर्न पाउनेछन्।
 
'इन्जिनियरसँग घर अनुगमनका लागि सहमति गरेको कागजपत्र अनिवार्यसहितका व्यवस्था हुँदैछ', तिवारीले भने। थोरै जग्गामा गगनचुम्बी घर बनाउने प्रवृत्तिसमेत सरकारले निरुत्साहित गर्ने भएको छ। घरको तल्लो भाग साँघुरो र माथि फराकिलो पार्ने, ठूला टप निकाल्ने अब पाइनेछैन। 
 
घर बनाउनेले पिरामिड शैलीमा (तल्लो भाग फराकिलो र माथि साँघुरो) बनाउनुपर्ने तिवारीले जानकारी दिए। दुई तलासम्म झ्याल निकाल्न डेढ मिटर खाली जमिन, त्यसभन्दा माथि अझ बढी खाली जमिन आवश्यक पर्ने नियम लागू गरिने भएको छ। 
 
वैशाख १२ को भूकम्पपछि घर बनाउन नक्सापास रोकिएको छ। नयाँ आर्थिक वर्षदेखिमात्रै नक्सापास खुला हुनेछ। त्यसअघि नै नयाँ भवन निर्माण संहिता ल्याउने तयारी सरकारले गरेको हो। सहरी योजनासम्बन्धी आधारभूत मापदण्ड-२०७१ मा भवन निर्माणका आधारभूत व्यवस्था गरिए पनि कार्यान्वयनमा आएको छैन।
 
सहरी विकास मन्त्रालयका अनुसार तीनतलेभन्दा अग्ला घर बनाउन अनिवार्य रूपमा माटो परीक्षण गर्नुपर्ने नियम लागू गरिँदैछ। व्यक्तिगत प्रयोजनका तीनतलेस म घर बनाउन भने माटो परीक्षण अनिवार्य छैन। 
 
माटो परीक्षण गर्न एक लाखभन्दा बढी खर्च हुने भएकाले उपयुक्त प्रविधि प्रयोग गरेर तीन तलासम्मको घर बनाउन परीक्षण नगरे पनि हुने व्यवस्था गर्न लागिएको हो। 
 
तर व्यावसायिक प्रयोजनका भवनमा भने माटो परीक्षण अनिवार्य हुनेछ। तीन तलाभन्दा कमका भए पनि स्कुल, कलेज, हस्पिटलसहित विभिन्न कार्यालय बनाउन माटो परीक्षण गर्नैपर्नेछ।
 
सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले नयाँ घर निर्माण गर्न नयाँ व्यवस्थाका लागि अध्ययन भइरहेको बताए। 'जेठ महिनाभित्रै अध्ययन प्रतिवेदन प्राप्त हुने गरी काम भइरहेको छ', उनले भने।

काठमाण्डौं एचएन्डबी र राष्ट्र बैंकका अधिकारीको मिलेमतोमा एचएन्डबी डेभलपमेन्ट बैंकमा रहेको ग्राहकको खाताबाट झन्डै ५ करोड रुपैयाँ गायब।


काठमाडौं-राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगाबाट खसेझैं भए, जब एचएन्डबी डेभलपमेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड रुपैयाँ गायब भएको थाहा पाए।
२०७० पुसको घटना हो यो। खातावालले स्टेटमेन्ट मागेपछि जुनसुकै बैंकले तुरुन्तै दिने गर्छन्। एचएन्डबी कुलेश्वर शाखा पुगेर खाताको वित्तीय विवरण (स्टेटमेन्ट) मागेका उनलाई बैंकले आलटाल गर्योु। दुई–चार पटक धाउँदा पनि दिएन। उनी बाध्य भएर बैंकको कमलादीस्थित केन्द्रीय कार्यालय पुगे। त्यहाँ पनि ’कहिले अध्यक्ष छैनन् त कहिले सिइओ छैनन्’ भन्दै थप १५ दिन झुलाइयो।
’स्टेटमेन्ट लिन अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किन चाहियो?’ उनले आक्रोश पोखे। त्यसपछि बल्लतल्ल माघ १९ मा उनको हातमा स्टेटमेन्ट पर्योइ।
’स्टेटमेन्ट हात परेपछि त म झन्डै बेहोस भएँ,’ अग्रवालले त्यसबेलाको घटना सम्झँदै शनिबार भने, ’बैंकले बिनाजानकारी मेरो खाताबाट पटक–पटक गरी २ करोड ७८ लाख रुपैयाँ झिकेको रहेछ।’ त्यति मात्र होइन, यहीबीचमा उनले आफ्नो खातामा जम्मा गरेको २ करोड रुपैयाँ पनि खातामा थिएन। त्यसको भौचर भने उनीसँग सुरक्षित थियो। अग्रवालका अनुसार स्टेटमेन्टमा ’सेल्फ’ (आफैं) नामका चेकबाट २०६९ असोज २८ (२०१२ अक्टोबर १४) मा एकै दिन ९ पटक गरी २ करोड २८ लाख रुपैयाँ झिकिएको देखियो। त्यसपछि कात्तिक १७ (नोभेम्बर २) मा दुईपटक छोरा प्रशान्तका नामबाट ५० लाख रुपैयाँ झिकिएको स्टेटमेन्टमा देखियो।
’हामीले २०६९ कात्तिक ३ (२०१२ अक्टोबर १९) मा एक करोड र कात्तिक २७ (नोभेम्बर १२) मा फेरि एक करोड रुपैयाँ जम्मा गरेका थियौं,’ अग्रवालले भने, ’बैंकले नगद बुझेर भौचर पनि दियो, पछि स्टेटमेन्ट हेर्दा त्यो दुई करोड हाम्रो खातामा जम्मा नै गरिएको देखिएन।’
स्टेटमेन्ट हेर्दै जाँदा अग्रवाल अझ तीनचित खाए, जब उनको फर्मलाई एचएन्डबी बैंकले बिनाजानकारी १ करोड ५० लाख रुपैयाँ ऋण दिएको देखियो। ’हामीलाई सुइँको समेत नदिई डेढ करोड ऋण दिइएको रहेछ, र त्यसलगत्तै त्यो रकम झिकिसकिएको रहेछ,’ उनले भने, ’जब कि हामीले ऋणका लागि निवेदनै दिएका थिएनौं।’ उनले बैंकबाट २ करोड ५ लाख रुपैयाँ ऋण मात्र लिएको बताए।
यही आधारमा अग्रवालले सेल्फ र प्रशान्तका नाममा काटिएको चेकको प्रतिलिपि उपलब्ध गराइदिन एचएन्डबीको कुलेश्वर शाखामा गई निवेदन दिन खोजे। बैंक व्यवस्थापनले निवेदन लिनै मानेन। केही सीप नलागेपछि उनी पुगे, नेपाल राष्ट्र बैंक। त्यहाँ पनि उनलाई दुई साता झुलाइयो।

’बल्ल राष्ट्र बैंकको विकास बैंक शाखामा उजुरी दर्ता गरेँ,’ अग्रवालले भने, ’त्यहाँ पनि तीन महिना झुलाए।’ यहीबीच राष्ट्र बैंकले एचएन्डबीमा ’गुड फर पेमेन्ट’ चेकमार्फत ८४ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भन्दै बैंकको व्यवस्थापन जिम्मा लियो। एचएन्डबीको नयाँ व्यवस्थापनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष अग्रवालको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। तर, समस्या सुल्झनु त परै जाओस्, उल्टो अग्रवालको फर्मलाई कालोसूचीमा राखेको थियो।
’योभन्दा ठूलो अनियमितता के हुन्छ? यसमा एचएन्डबी र राष्ट्र बैंकका अधिकारी दुवैको मिलेमतो रहेको स्पष्ट छ,’ अग्रवालले भने, ’कम्पनी कालोसूचीमा परेयता हामीले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्न पाएका छैनौं। हामीलाई नै ठग्ने अनि हामीलाई नै कालोसूचीमा राख्ने? यसमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’
ठूलो परिमाणको घोटाला भएको सार्वजनिक भएपछि राष्ट्र बैंकले एचएन्डबीको लेखापरीक्षण गरेको थियो। तर, त्यसमा पनि आफूहरूको खाताबाट बेपत्ता बनाइएको रकम र बिनाजानकारी दिइएको ऋणबारे कतै उल्लेख नभएको अग्रवालले बताए।
बिनाजानकारी दिइएको ऋण बैंक व्यवस्थापनले २०६९ कात्तिक ३ (अक्टोबर १९, २०१२) मा दुईपटक गरी प्रशान्तका नाममा १ करोड तथा मंसिर १ (नोभेम्बर १६) मा एकपटक सेल्फ र एकपटक प्रशान्तकै नामबाट ५० लाख चुक्ता गरिएको स्टेटमेन्टमा उल्लेख छ।
त्यसपछि गत जेठमा अग्रवालका छोरा प्रशान्तले एचएन्डबीले ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा, हनुमानढोकामा जाहेरी दिएका थिए। जाहेरीमा एचएन्डबीका अध्यक्ष श्रवणकुमार अग्रवाल, सिइओ जशोदा सैंजु, सञ्चालकहरू रमेश कर्माचार्य, विजयकुमार सरावगी, पुष्पज्योति ढुंगाना, दीपककुमार श्रेष्ठ र राजेशकुमार सरावगीको नाम उल्लेख छ।
लगत्तै प्रहरीले अनुसन्धान सुरु गर्योक। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एचएन्डबी घोटालामा परेको जाहेरीमा उल्लेख भएका मध्ये तीनजनाको मात्र संलग्नता खुलेको छ। तीमध्ये सिइओ सैंजु र सञ्चालक ढुंगाना केही दिनअघि पक्राउ परेका थिए भने एक जना फरार छन्। उजुरीमा उल्लेख भएका बाँकी सबैका बारेमा पनि अनुसन्धान भइरहेको महाशाखाका एक अधिकृतले जानकारी दिए।
एचएन्डबी बैंकको कुलेश्वर शाखामा रहेको अग्रवालको फर्मको खाताबाट २ करोड ७८ लाख झिकिएको र २ करोड लिएर भौचरसमेत दिई खातामा उक्त रकम जम्मा नगरिएको घटना राष्ट्र बैंकले पनि स्विकारेको छ। ’अग्रवालको खाताबाट २ करोड ७८ लाख रुपैयाँ झिकिएको रहेछ। यसमा शाखा प्रबन्धक नीरज नेपाललगायतको संलग्नता देखिएको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले यो प्रकरण छानबिनमै रहेकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ’त्यस्तै २ करोड रुपैयाँ लिएर एचएन्डबीले भौचर दिए पनि अग्रवालको खातामा रकम जम्मा नगरिएको पनि पुष्टि भयो।’
नेपाल अहिले बैंकिङ कसुरमै जेलसजाय काटिरहेका छन्। ती अधिकारीका अनुसार राष्ट्र बैंकले गरेको एचएन्डबीको लेखापरीक्षणमा अग्रवालको खाताबाट रकम झिकिएको र उनलाई थप ऋण दिइएको उल्लेख छ। ’लेखापरीक्षणमा भए पनि अग्रवालको खातामा पैसा छैन,’ उनले भने, ’यो घटनामा एचएन्डबीको व्यवस्थापन चुकेको हो। शाखा प्रबन्धक नेपाल लगायतले चलखेल गर्दा बैंकको आन्तरिक नियन्त्रण प्रणाली ’फेल’ हुन पुगेको देखियो।’ ती अधिकारीका अनुसार अग्रवालको खातामा रकम शून्य भएको र एचएन्डबीबाट उनले २ करोड ५ लाख रुपैयाँ ऋण लिएर नतिरेको देखिएपछि उनको फर्मलाई कालोसूचीमा राखिएको हो।
राम्रो ब्याज पाउने र रकम सुरक्षित हुने आशामा जुन बैंकमा रकम जम्मा गरियो, त्यही बैंकले खातावाललाई पत्तै नदिई खाता रित्याइदिन थालेपछि सर्वसाधारणले कसमाथि विश्वास गर्ने?,’ अग्रवालले भने, ’बैंक तथा वित्तीय संस्थामा खाता खोलेर रकम जम्मा गर्ने ग्राहक छिनछिनमा सचेत हुनुपर्ने भएको छ।’

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf