काठमाडौ, असार १२ - आफ्नो पित्तले भुँडीबाट हैरान भएका व्यक्तिहरू त्यो सुहाउँदिला आकारमा आओस् भनेर अनेक उपाय अपनाउने गर्छन् । धेरैजसोको एउटै फर्मुला हुन्छ– भात नखाने वा अरू खाना पनि निकै कम खाने ।
नयाँ अनुसन्धानको दाबीअनुसार, स्लिम देखिने चक्करमा खाना छोड्दा उल्टो प्रतिफल आउन सक्छ । भुँडी घट्ने होइन, झन् बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ न्युट्रिसन बायोकेमिस्ट्रीको अनलाइन संस्करणमा प्रकाशित छ । एक छाक नखाएर अर्को छाकमा त्यसको भर्पाई गर्न खोज्नुभन्दा दिनभर अलिअलि खाने गर्दा चाहिँ भुँडी घटाउन मदत मिल्छ ।
अध्ययन अनुसार, क्यालोरी घटाउन भोजन छोड्ने कामले शरीरलाई ग्लुकोज र इन्सुलिनको ठूलो उतारचढावका लागि तयार गर्छ र यसले तौल कम हुनुको सट्टा बोसो झन् एकत्रित हुन सक्छ
।