पुस ७, २०७३- चिनियाँ अधिकारीहरूले भूकम्पबाट क्षतिग्रस्त सीमा सडक पुननिर्माणपछि तातोपानी नाका खुलाउने बताएका छन् । सिन्धुपाल्चोक र तिब्ब्तका प्रमुखहरूबीच बुधबार सदरमुकाममा सीमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी द्विपक्षीय बैठकमा उनीहरूले उक्त जानकारी दिएका हुन् ।
सीमा सडकको पुननिर्माण भइरहेको जनाउँदै उनीहरूले नाका खोल्न आतुर रहेको समेत बताए । भूकम्पले तिब्बतको कुती र खासा आसपासका सडक तथा भवनहरूमा क्षति भएकाले तातोपानी नाका तत्काल सञ्चालन गर्न नसकेको चीनले बताउँदै आएको छ ।
भूकम्पपपछि झन्डै २० महिनादेखि तातोपानी नाका ठप्प छ । नाका खोल्न पटकपटक द्विपक्षीय छलफल भए पनि समस्या सुल्झिन सकेको छैन । सिन्धुपाल्चोकका कामु जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार चीनले मितेरी पुलसम्मको सडक दुरुस्त बनाएपछि व्यापार सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
बैठकमा चीनको नेलाम जिल्ला प्रमुख पिङ लु वीको नेतृत्वमा १७ सदस्यीय टोलीको सहभागिता थियो । टोली प्रमुख पिङले नाका सञ्चालन गर्न आफूहरू आतुर रहेको बताएका थिए । उनले चिनियाँ भूभागमा पनि भूकम्पले प्रभावित भएको बताएका थिए । भूकम्पपछि तिब्बत सरकारले सीमा क्षेत्र खासाको भौतिक संरचना खल्बलिएको भन्दै त्यहाँका स्थानीयलाई सिगात्सेमा पुन:स्थापना गराएको छ ।
गत असारमा कुती क्षेत्रबाटै आएको बाढीले दुवै मुलुकको सडक संरचनालाई थप क्षति पुर्याएको थियो । बाढीपछि पुनर्निर्माणमा झनै ढिलाइ भएको छ । सधै चहलपहल देखिने तातोपनी अहिले सुनासान छ । भूकम्पपछि मितेरी पुल चर्केको भन्दै चीनले बेलीब्रिज राखेको थियो । ‘हामीले अनौपचारिक छलफलमा पनि तातोपानी खोल्ने विषयमा जोड दियौं,’ सिलवालले कान्तिपुरसँग भने, ‘उनीहरू पनि संवेदनशील रूपमा प्रस्तुत भए ।’
उनीहरूले सीमा क्षेत्रबाट हुने अवैध व्यापार र सुरक्षा विषयमा सघाउन आग्रह गरे । चीनले हरेक बैठकमा तिब्बत विरोधी गतिविधि हुन नदिन आग्रह गर्दै आएको छ । सीमामा आगलागी नियन्त्रणमा दुवै मुलुकबीच सहकार्य गर्न अधिकारीहरू सहमत भएका छन् ।
बैठकमा सहभागी स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीका अनुसार सिन्धुपाल्चोक र नेलाम जिल्लाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध कायम राख्ने विषयमा माथिल्लो निकायमा पत्राचार गरिएको चिनियाँ पक्षले जानकारी दिएको थियो । शाहीले नेलाम प्रशासनले भगिनी सम्बन्धका लागि तिब्बत सरकारबाट स्वीकृति लिने प्रक्रियामा रहेको जानकारी समकक्षीले दिएको बताए ।
नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छियाओले कोदारी नाका छिटोभन्दा छिटो सञ्चालन गर्न आफूहरू तयार रहेको बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबारको भेटमा उनले सीमा क्षेत्रको पुनर्निर्माण र नाका सञ्चालनमा आफूहरू लागिरहेको बताएका थिए । चीनकै सहयोगमा २०७१ मा गएको जुरेपहिरोका कारण क्षतिग्रस्त सडक पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
चीनले भूकम्प गएयता नै नाका सञ्चालन गर्ने आश्वासन दिँदै आएको छ । वर्षको दुईपटक बस्ने उक्त बैठक यसपालि भने नौ महिनामा मात्र बसेको थियो । नाका बन्दपछि बर्सेनि करिब २० अर्बको आयात र पौने ३ अर्बको निर्यात व्यापार ठप्प छ । सयौं व्यापारी पलायन भएका छन् ।