Home » » काभ्रेको बस दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो (अपडेट)

काभ्रेको बस दुर्घटनामा मर्नेको संख्या ६ पुग्यो (अपडेट)

Bus-Accident.jpg


दुर्घटनाग्रस्त बसबाट घाइतेको उद्दार गरिंदै ।  
काभ्रे, वैशाख २० - यात्रुबाहक बस दुर्घटन परी ६ यात्रुले ज्यान गुमाएका छन् । काठमाडौबाट तातोपानी जाँदै गरेको अरनीको यातायात सेवा समितिको बा३ख २०३७ नम्बरको बस अरनीको राजमार्गस्थित ५० किलोमा दुर्घटना भएको हो ।
मृतकमध्ये तीन जनाको सनाखत भएको छ । प्रहरीका अनुसार काभ्रेका बेखसिम्ले ७ बस्ने २१ वर्षकी स्वस्थानी केसी, सिन्धुपाल्चोक सल्ले ८ की ११ बर्षीय रेजिना धामी र सिन्धुपाल्चोक लमो साँघुकी सरिता श्रेष्ठको सनाखत भएको छ ।
उनका अनुसार बसमा सवार ३५ जना यात्रु घाइते भएका छन । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । बस सडकबाट १५ फिट तल खसेको उनले बताए ।
 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीका अनुसार चारको घटनास्थलमा र दुईको उपचारको क्रममा मृत्यु भएको हो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf