
लमजुङ्,जेठ३–गुजरात दंगामा संलग्न भएको आरोप लगाएर सन २००५ मा नरेन्द्र मोदीलाई भिषा दिन अस्विकार गरेको अमेरिकी सरकारले भारतिय लोकसभा निर्वाचनमा भारतिय जनता पार्टीले स्पष्ट बहुमत ल्याउना साथ भाजपाको प्रधानमन्त्री उम्मेदवार मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएको छ । विजेपी एक्लैले स्पष्ट बहुमत ल्याउने वित्तिकै टेलिफोन सम्पर्क गर्दै अमेरिकी राष्ट्रपति बाराक ओवामाले छिट्टै प्रधानमन्त्रीको शपथ लिन गइरहेका नरेन्द्र मोदीलाई बधाइका साथै अमेरिका भ्रमणको निम्तो दिएका हुन् । ओवामाले शुक्रबारै मतगणनाका अन्तिम परिणाम आउने वित्तिकै भाजपाले स्पष्ट बहुमत ल्याएको भन्दै बधाई तथा शुभकामना दिएका थिए । ओवामाले अचित समयमा भारत भ्रणको लागि निम्तो दिँदै त्यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उल्लेख गरेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा खबर छ । राष्ट्रपति ओवामाले मोदीसँग हातेमालो गरेर अघि बढ्ने इच्छा प्रकट गर्दै दुई देशबीचको आपसी सहयोग र सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने प्रतिवद्धता समेत उक्त अबसरमा व्यक्त गरेको बताइएको छ । ओवामाले विगतमा मोदीलाई अमेरिका प्रबेशमा रोक लगाउँदै भिषा नदिएको विषयलाई संकेत गर्दै त्यसलाई विगतमा अन्जानमा विगारिएको सम्बन्धको संज्ञा दिएका छन् । यसैबीच,मोदीले आगमि बुधबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् । भाजपाले हालै सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत ल्याएपछि मोदीले प्रधानमन्त्रीको बागडोर सम्हाल्न लागेका हुन् । एनडिए गठबन्धन बनाएर त्यसको नेतृत्व गर्दै निर्वाचनमा होमीएका भाजपा एक्लैले निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्दै २८३ स्थानमा विजय हासिल गर्न सफल भएको थियो भने उसको गठबन्धनले ३३७ स्थानमा सानदार जित हासिल गर्यो । निर्वाचनमा गठबन्धन बिनै स्पष्ट बहुमत ल्याएको विजेपीका मोदीको नेतृत्वमा बन्न लागेको सरकारमा अन्य गठबन्धन दलको सहभागिताबारे भने अझै टुंगो लागेको छैन । हिजो सम्पन्न मत परिणाम अनुसार निर्वाचनमा अघिल्लो निर्वाचनको पहिलो दल भारतिय कांग्रेसले भने निर्वाचनमा शर्मनाक पराजय व्यहोर्यो । उ एक्लैले निर्वाचनमा जम्मा ४३ सिटमा मुश्किलले जित हासिल गर्यो , कांग्रेस नेतृत्वको गठबन्धन युपिएले जम्मा ५८ सिट मात्र जित्यो ।