Home » » रेखाले छबि ओझालाई यसरी झपारिन

रेखाले छबि ओझालाई यसरी झपारिन


 काठमाडौँ। नेपाली फिल्मका सफल निर्माता छविराज ओझा र सफल नायिका रेखा थापाले आफ्नो १२ वर्षे दाम्पत्य जीवन केही वर्ष अघि टुंग्याए पनि यी दुई हस्तीबीचको वाकयुद्ध भने अझै पनि टुंगिएको छैन। दुवैजनाले विभिन्न सञ्चारमाध्यममा समय समयमा दिने अन्तर्वार्ताले उनीहरुको तिक्त सम्बन्धलाई प्रष्ट पार्दै आएको छ। दुवैजना एकापसको व्यवहारले रुष्ट बन्दै गईरहेको बेला नायिका रेखाले शुक्रबार छविलाई ‘मानसिक सन्तुलन बिग्रिन लागेको मान्छे’ भन्दै एउटा ‘कडा’ किसिमको स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि दुईको सम्बन्ध थप हिँउझै चिसो बन्दै गईरहेको प्रष्ट भएको छ। आफ्नो व्यानर रेखा फिल्मस्बाट निर्मित फिल्म ‘हिम्मतवाली’को पोष्टप्रोडक्सनमा व्यस्त रेखाले शुक्रबार फेसबुकमा आफुलाई ‘कोब्रा (सर्प)’ को संज्ञा दिँदै आफुलाई घरी घरी नजिस्क्याउन पनि चेतावनी दिएकी छन्।

रेखाले छविलाई मानसिक सन्तुलन गुमेकै मानिस भएको भन्ने शुक्रबारमात्र बुझेको लेखेकी छन्।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf