Home » » नेपालमै पहिलो सुरुङ मार्ग लमजुङ् मा

नेपालमै पहिलो सुरुङ मार्ग लमजुङ् मा

भूलभूले (लमजुङ)– उत्तरी लमजुङको भूलभूलेमा नेपालमै पहिलो पटक सुरुङमार्ग खुलेको छ । निर्माणधिन ५० मेगावाटको माथिल्लो मस्र्याडदी ए जलविद्युत आयोजनाले निर्माणस्थल पुग्नका लागि उक्त बाटो बनाएको हो ।३ सय मिटर लम्बाई तथा ४.५ मिटर चौडाई रहेको उक्त सुरुङमार्ग खुलेपछि स्थानियबासीलाई समेत आवातजावतमा सजिलो भएको छ । आयोजनाले मस्र्याडदी नदिमा मोटरेवल पुल बनाएर पहरा फोरि उक्र बाटो बनाएपछि सडकमार्ग छोटिएको छ । यसअघि बेसीशहर चामे सडक खण्ड अन्र्तगत थाकनबेसीसम्म मोटर चढेपछि मस्र्याडदीको झुलुगे पुल तर्नुपर्ने बाध्यता थियो । ‘पहराभित्र बाटो निस्किन्छ भन्ने सपनामा पनि सोचेकी थिइन्, आज आफै हिड्न पाए, दंग छु भूलभूले, ६ नया“गाउ“की खौमति गुरुडले भनिन्– ‘रमाइलो मात्रहैन साह्रै सजिलो भएको छ ।’सुरुडमार्ग बनेपछि स्थानियलाई सजिलोमात्र हैन जिल्ला र जिल्लाबाहिराका मानिसहरुलाई हेर्नका लागि पनि आर्कषण थपिएको छ । ठूला आयोजनाहरुले आफ्नो प्रयोगका लागि सुरुड बनाएपनि सर्वसाधारणका लागि खुल्ला गरिएको यो सम्भवत नेपालकै पहिलो सुरुडमार्ग हो । आयोजनाले भूलभूलेबाट ङादीसम्मको करिब ५ किलोमिटर बाटो बनाउने क्रममा सुरुङ मार्ग खनेको हो ।अहिले वाकेटोकेमार्फत मोटर छिरेको र निस्केको जानकारी गराउदै आएपनि पछि विद्युतिय ट्राफिक सिग्नल प्रयोगमा ल्याउने आयोजनाका जनसम्पर्क अधिकृत अर्जुन गुरुडले बताए । ‘अहिले वाकेटोकेमार्फत ट्राफिक अपडेट गराउछौं, केहीदिनमा विद्युतिय सिग्नलको प्रयोग गछौं ।’ उनले भने ।आयोजनाले अस्थायी रुपमा बनाएको पुल पानीले भत्काएपछि सुरुडमार्गको सवै काम पुरा नभई पक्की मोटरेवल पुल हुदै सुरुङमार्ग संचालनमा ल्याएको हो । ‘पूर्ण रुपमा काम नसकिएपनि अस्थायी पुल बगाएकाले सर्वसाधारणको सुविधा र आयोजनाको कामलाई ध्यानमा राखी सुरुडमार्ग संचालनमा ल्याएको हो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf