Home » » नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पुरस्कार

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पुरस्कार


प्रत्येक दुई/दुई वर्षमा प्रदान गरिने सो पुरस्कार नेपालले पहिलोपटक प्राप्त गरेको हो । पुरस्कारको राशि पाँच हजार अमेरिकी डलर रहेको छ । विश्वका १२१ देशबाट एक हजार २३४ संस्थाले पुरस्कारका लागि आवेदन दिएकामा २६ वटा संस्थालाई पुरस्कृत गरिएकामध्ये नेपालबाट जगदीशपुर ताल र कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो पुरस्कार जित्न सफल भएको छ ।
तालले इक्वेडर प्राइजको साथै ‘स्पेसल रिकग्निसन’ बापत थप १५ हजार डलरसमेत प्राप्त गरेको नेपाल एकीकृत विकास सङ्घ (एड नेपाल)का अध्यक्ष शेखर अर्यालले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभाका अवसरमा महासचिव वान्की मुन, अमेरिकी राष्ट्रपति बाराक ओवामालगायत विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थितिमा सो पुरस्कार प्रदान गरिनेछ ।

सदरमुकाम तौलिहवादेखि ११ किमि उत्तर निग्लिहवा वडा नं १,३ र ४ मा १५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो मानव निर्मित ताल समुन्द्र सतहदेखि ९७ मिटर उचाइमा रहेको छ । सन् २००३ मा रामसार सूचीमा सूचीकृत यस तालमा ११८ प्रजातिका चराचुरुङ्गी र तीमध्ये कतिपय लोप हुने अवस्थामा रहेका चराहरू पनि पाइन्छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम÷साना अनुदान कार्यक्रम, राष्ट्रिय ताल संरक्षण समिति, जिविस तथा गाविसको लगानीमा एड नेपालको सहजीकरणमा सञ्चालित सिमसारमा आधारित स्रोतको संरक्षण तथा उपयोगमार्फत जीविकोपार्जन प्रवद्र्धन परियोजनामार्फत स्थानीय महिला सम्प्रदायबाट सो तालको संरक्षण एवम् आयआर्जनका क्रियाकलाप सञ्चालन भएका छन् ।

काठमाडौँ:  कपिलवस्तुस्थित जगदीशपुर तालले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार ‘इक्वेडर प्राइज २०१४’ प्राप्त गरेको छ । जैविक विविधता संरक्षण गर्दै उक्त ताल वरपरका महिलाले आयआर्जनका क्रियाकलाप सञ्चालन गरी गरिबी निवारणमा योगदान पुर्‍याएबापत सो पुरस्कार प्राप्त भएको हो ।
एड नेपालका समिच डा धु्रव गौतमका अनुसार सो परियोजनामार्फत स्थानीय महिलाहरूको सक्रियतामा जगदीशपुर तालको संरक्षण, जैविक खेतीको सुरुवात, घुम्तीकोषबाट दिगो जीविकोपार्जनका कार्यक्रमहरूको सञ्चालन, ग्रामीण पर्या–पर्यटन, चोरी सिकबारी नियन्त्रण, वैकल्पिक ऊर्जाबाट वन क्षेत्रको संरक्षणमा महत्वपूर्ण कार्यहरू सम्पन्न भएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf