Home » » सिस्नोको धूलोबाट आकर्षक आम्दानी

सिस्नोको धूलोबाट आकर्षक आम्दानी


sisnu

, भदौ १९ – म्याग्दीको ग्रामीण क्षेत्रमा उत्पादित सिस्नोको पाउडरको खपत बढ्न थालेपछि यहाँका महिला उद्यमीले आकर्षक आम्दानी गर्न थालेका छन् । गाउँघरमा खेतबारी, बाटोघाटो, जङ्गल र खोल्सामा पाइने छुँदा च्वास्स पोल्ने सिस्नोलाई प्रशोधन गरेर बनाएको (धूलो) पाउडर स्वास्थ्यका लागि पोसिलो हुने भएपछि यसको माग बढेको हो । सहरी क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूबाट सिस्नोको धूलोको माग बढ्न थालेपछि महिला उद्यमी उत्साहित बनेको बेनी नगरपालिका–१० न्याप्टेचौरकी उद्यमी गङ्गा खत्रीले बताइन् । पछिल्लो समय यसको महत्वका बारेमा जनस्तरमा जानकारी हुन थालेपछि बेनी, पोखरा, बुटवल र काठमाडाँैमा सिस्नो पाउडरको खपत बढ्दै गएको खत्रीले बताइन् । विसं २०६४ मा सिस्नोको पाउडर उत्पादन गर्ने तालिम लिएर थोरैमात्र सिस्नो उत्पादन गर्ने गरेका नेप्टेचौरका महिलाले हाल मासिक रूपमा ३० देखि ४० केजीसम्म उत्पादन गर्दै आएका छन् । सिस्नोको धूलोबाट मासिक रु १५ हजारदेखि ३० हजारसम्म आम्दानी गर्ने गरेको अर्की उद्यमी थुमकुमारी कार्कीले बताइन् । सुरुका वर्षमा बिक्री गर्न समस्या भए पनि पछिल्लो समय भने माग पु–याउनै धौ धौ भएको उद्यमीहरू बताउँछन् । हाल नेप्टेचौरमा ११ जना उद्यमीले सिस्नोको पाउडर उत्पादन गर्दै आएका छन् । सुगर, कमलपित्त, ग्यास्टिक र दमका रोगीलाई उपयोगी सिस्नो पाउडरको सुप पिउँदा रोग प्रतिरोधात्मक शक्ति बढ्ने जनविश्वास रहेको छ । सिस्नोको कलिलो मुना टिपेर घाममा सुकाई प्रशोधन गरेर पाउडर उत्पादन गरिन्छ । पर्यटकीय स्थल पोखराको लेकसाइड, मुस्ताङ र म्याग्दीका होटलमा पनि सिस्नो पाउडर खपत हुन्छ । जिल्लामा हाल नेप्टेचौर, पाखापानी र बेगका ४३ जना महिलाले सामूहिक रूपमा सिस्नो पाउडर उत्पादन गर्छन् । खेर जाने सिस्नोको मुना सङ्कलन गरेर घरायसी कामबाट बचेको समयमा पाउडर बनाउन थालेको बेगकी लालकुमारी पुनले बताइन् । १० किलो हरियो मुनाबाट एक किलो पाउडर उत्पादन गर्न सकिन्छ । प्रतिकेजी सिस्नोको पाउडरलाई प्याकेटमा राखेर फुटकर ४०० र होलसेल ३५० रुपैयाँका दरले बिक्री गरिन्छ । सिस्नो पाउडर उत्पादनका लागि बहुसरोकारवाला वन कार्यक्रमले सङ्गम म्याग्दीमार्फत सीपमूलक तालिम, मुना टिप्न पञ्जा, प्रशोधनका उपकरण तथा बजारीकरणमा सहयोग गरेको छ । नेप्टेचौरका उद्यमीलाई विद्युतीय सोलार डायर खरिदका लागि रु एक लाख ५५ हजार उपलब्ध गराएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक सन्तोष ढुङ्गानाले जानकारी दिए । यसैगरी बेगका उद्यमीलाई सिस्नो पाउडर प्रशोधन गर्ने ग्रान्डर मेसिन उपलब्ध गराइसकेको र सोलार डायर उपलब्ध गराउने पहल भइरहेको ढुङ्गानाले बताए । -
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf