Home » » किन भए एमालेका दुई मन्त्री ‘बर्खास्त’ ? कराडौंको आर्थिक चलखेल

किन भए एमालेका दुई मन्त्री ‘बर्खास्त’ ? कराडौंको आर्थिक चलखेल


bhim-and-karnaकाठमाडौं, भदौ २८– एमालेले आफ्ना दुई मन्त्रीलाई अकास्मात फिर्ता बोलाएर विवादित पृष्ठभूमिका महेश बस्नेतसहितलाई मन्त्री बनाएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्चालहरुमा सनसनी नै मच्चियो । बहालवाला पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाउँदै एमालेले त्यसको ठाउँमा उद्योगमा महेश बस्नेत र पर्यटनमा दिपकचन्द्र आमात्यलाई पठाएको हो । एमालेले प्रधानमन्त्री सुशील कोइरालाई ती दुई नाम पठाएपछि प्रधानमन्त्री कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ती जारी गरी ‘संवन्धित राजनीतिक दलको सिफरिसमा’ मा भन्दै मन्त्रीमण्डलमा हेरफेर गरेको जानकारी गराए । कतिपयले विवादित पृष्ठभूमि तथा एमालेको केहि महिना पहिले सम्पन्न महाधिवेशनका लागि प्रतिनिधिमै पराजित भएकालाई मन्त्री बनाएको भन्दै चर्को आलोचना गरिरहेका छन् । अहिले यही विषयले सामाजिक सञ्जालदेखि राजनीति बृत्त तातिरहेका बेला आचार्य र थापालाई फिर्ता बोलाइनु पनि चासोको विषय बनेको छ । यसकारण बोलाईयो फिर्ता मन्त्रीमण्डलबाट फिर्ता बोलाइएका मध्ये आचार्य झलनाथ खनाल निकट हुन् भने कर्णबहादुर थापा केपी ओली निकट । अझँ आचार्य त एमाले वरिष्ठ नेता खनालका बहिनी ज्वाईँ समेत हुन् । यद्यपी पछिल्लो समय आचार्यको गतिविधिका कारण खनाल निकै असन्तुष्ट बनेको एमाले उच्च स्रोत बताउँछ । पछिल्लो समय आचार्यले विभिन्न हर्कतका कारण आफ्नो समेत ‘इमेज डाउन’ गराउन खोजेको भन्दै खनाल उनीसँग रुष्ट बनेका थिए । पोखरा अन्तराष्ट्रिय बिमानस्थलको निर्माणका लागि एमाओवादी नेतृत्वको सरकारको बेला पर्यटनमन्त्री बनेका पोष्टबहादुर बोगटीले चिनिया कम्पनीसँग १८ अर्बको ठेक्का सम्झौता गरेकोमा उनले अहिले आएर फेरि नयाँ २२ अर्बको नयाँ सम्झौता गरेका थिए । यद्यपी सम्झौतामा करोडौंको कमिसनको खेल भएको भन्दै भित्रभित्रै अख्तियारले छानबिन थालेपछि आचार्यको कारण आफूसमेत बदनाम हुन लागेको भन्दै आगो बनेको स्रोत बनाउँछ । स्रोतका अनुसार सो ठेक्कापट्टामा खनालको कुनै संलग्नता नरहेको बरु अर्का नेता तथा कास्कीबाटै गत संविधानसभा निर्वाचनमा सभासदमा विजयी भएका युवा नेता रबीन्द्र अधिकारीको मिलोमतो रहेको छ । सो ठेक्कापट्टामा झण्डै १० करोडको कमिसनको खेल भएको उच्च स्रोत बताउँछ । उनको चलखेलबारे अहिले अख्तियारले शुक्ष्म अध्ययन गरिरहेको बुझिएको छ । यता कर्णबहादुर थापाले भने रुग्ण उद्योग सञ्चालन गर्ने भन्दै मन्त्रालयबाट पैसा खाएको, मन्त्रालयकै लेटरप्याडमा आफू, श्रीमतिसहित लाई अमेरिकाको भिषाको लागि मन्त्रालयको लेटर प्याडको ढुरुपयोग गरेको तथा आफ्नालाई नै कुनै वास्ता नगरेको आरोपमा फिर्ता बोलाईको ओली निकट उच्चस्रोतले रातोपाटीलाई बतायो । उनले विभिन्न कारणले धरासयी बन्दै गएको उद्योगहरुलाई सञ्चालन गर्नेभन्दै मन्त्रालयबाट पैसा बुझेको तर काम गर्न कुनै सक्रियता नदेखाएको स्रोत बताउँछ । त्यसो त आफू र श्रीमतिसहित १८ जनालाई कामविशेषले भन्दै मन्त्रालयको लेटरप्याडमा अमेरिकाको भिषाको लागि दुताबासमा चिठी लेखेका थिए । उनले सो चिठी काम विशेषले भन्दा पनि आर्थिक प्रलोभनमा परेर स्रोतको दाबी छ । भीषा लगाइदिने भन्दै हरेक व्यक्तिबाट १५ लाख सम्म उठाएको र सोहि बमोजिम उनले दुताबासलाई चिठी लेखेको स्रोतको दाबी छ । तर, दुतावासले शंकास्पद भन्दै भिषा दिन अस्विकार गरेपछि मन्त्रीको सो योजना सफल हुन नसकेको स्रोत बताउँछ । यता आफ्नो सचिवालय र मातहतका निकायमा पनि उनले आफ्ना कार्यकर्तालाई नियुक्ति गर्नुपर्नेमा आर्थिक चलखेलमा कांग्रेस र एमाओवादीका कार्यकर्ता नियुक्ति गरेको बताइन्छ । उनले यस्ता गतिविधिले ओली समेत असन्तुष्ट बनेका थिए । दुबै मन्त्रीको गतिविधिले ओली र खनाल असन्तुष्ट बनेपछि उनीहरुलाई ‘बर्खस्त ’गर्ने सहमति बनेको स्रोत बताउँछ । सोहि सहमति अनुसार ओलीले बस्नेत र खनालले आमात्यलाई सिफारिस गरेपछि नाम प्रधानमन्त्रीसमक्ष पुगेको थियो । को हुन् बस्नेत र आमात्य ? एमाले अध्यक्ष केपी ओली निकट बस्नेत युवा संघका अध्यक्ष हुन् । हालै भएको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए । यसैगरी गत संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका उनी त्यसमा पनि पराजित बनेका थिए । बेलाबेला गुण्डागर्दीमा संलग्न हुने गरेको आरोप लाग्दै आएका बस्नेतले प्रायजसो आपराधिक पृष्ठभूमिका कार्यकर्ताहरु पक्राउ गर्दा त्यसकोवरुद्ध खुलेर समर्थन गर्दै आएका छन् । केहि वर्षअघि गुण्डा नाइके पर्शुराम बस्नेत काण्डमा उनी विवादमा समेत फसेका थिए । यसो त महाधिवशनताका पनि ओलीलाई जिताउन बस्नेतलगाएको महत्वपूर्ण हात गरेको एमालेका एक नेताले बताए । ‘ओलीलाई जिताउन बस्नेतहरुको महत्वपूर्ण हात गरेको छ, उनी नभएको भए ओलीको पक्षमा नेतृत्व नहुनपनि सक्थ्यो, अहिले त्यसको गुन तिर्न पनि बस्नेतलाई मन्त्री बनाइएको हुन सक्छ,’ ति नेताले भने । ओलीले विवादित पृष्ठभूमिका बस्नेतलाई मन्त्री बनाएपछि एमालेभित्रै केहि नेताहरु असन्तुष्ट बनेको बुझिएको छ । यता नयाँ मन्त्री बनेका आमात्य एमाले तत्कालीन अध्यक्ष झलनाथ खनाल ०४७ सालमा मन्त्री हुँदा दीपकचन्द्र स्वकीय सचिव थिए । नवौं महाधिवेशनको महाधिवेशन प्रतिनिधिमै उनी पराजित भएका थिए । अमात्य सुशीलचन्द्रका छोरा हुन् । उनलाई अघिल्लो संविधानसभामा राजीनामा गएर दुई स्थानबाट पराजित भएका माधवकुमार नेपाललाई सभासद बनाइएको थियो -
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf