Home » » रक्षक नै भक्षक बनेपछि : प्रहरी निरिक्षकले नै गरे श्रीमतीलाई घर निकाला

रक्षक नै भक्षक बनेपछि : प्रहरी निरिक्षकले नै गरे श्रीमतीलाई घर निकाला

काठमाडौं, असोज ५ – केहीसमय अघि बाटामा हिँडिरहेका तथा बस कुरेर बसेका युवतीलाई जिस्काएको र अश्लील संकेत गरेको आरोपमा दुई युवालाई चावहिल बसपार्कबाट प्रहरीले पक्राउ गर्यो । तर, एक प्रहरी अधिकृतले दश वर्षसम्म श्रीमती बनाएर राखी घरबाट कुटपिट गरेर निकालावास लगाइएकी एक महिलालाई भने गृहमन्त्रीको आदेश हुँदा पनि प्रहरीले न्याय दिएको छैन ।

  बाटामा हिँडेका युवतीलाई जिस्काएको आरोपमा केटाहरुलाई पक्रिएर कारवाही गर्ने प्रहरीले युवतीलाई वर्षौंसम्म श्रीमती बनाएर राख्ने, मन्दिरमा लगी सिन्दुर हालेर बिहे पनि गर्ने तर दश वर्षपछि कुटेर निकाल्ने र त्यसपछि अर्की केटी भित्र्याउने इन्सपेक्टरलाई कारवाही गर्नु पर्दैन ?     प्रहरी प्रधान कार्यालय स्वयं पिडक इन्सपेक्टरकै पक्षमा लागेकाले पिडित न्यायका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, हेल्लो सरकार, मुख्य सचिवको कार्यकक्षसम्म न्यायका लागि भौंतारिइरहेकी छन् । 

   इन्सपेक्टर चन्द्र थापा नै हुन् जसले १७ वर्षको उमेरमै इन्दिरा निरौलालाई श्रीमती बनाए । थापा उदयपुरमा कार्यरत रहँदा होस् वा वीरगञ्जमा निरौला सरकारी निवासमै गएर बस्न गर्दथिन् । वीरगञ्जमा कार्यरत भएकै बेला उनले एकपटक श्रीमतीलाई सरकारी निवासबाट कुटेर निकाले । यसपछि सिन्धुलीको दुधौलीस्थित घरमा गएकी बुहारीसँग ससुरा विष्णु थापाले पनि राम्रो व्यवहार गरेनन् । 

  कार दाइजो मागे ससुराले   वीरगञ्जमा श्रीमानले कुटपिट गरी खेदेपछि दुधौलीस्थित घर गएकी बुहारीसँग ससुरा र सासुले पनि पहिले झैं राम्रो व्यवहार गरेनन् । ससुरा विष्णु थापाले त ‘चन्द्रलाई एसपीकी छोरी दिन आएका छन् । कार पनि दिन्छु भनेका छन् । तिमी कार ल्याउन सक्छौ त ?’ भनी कार दाइजो माग गरेका निरौला बताउँछिन् । यति मात्र होइन पटकपटक ससुराले बुहारीसँग मागेरै लाखौं रुपैयाँ लगिसकेका छन् । यो कुरा त उनले कालिमाटी महिला प्रहरी सेलमा दिएको बयानमा पनि स्वीकारेका छन् । 

 पढ्न धोको अधुरो   थापा इन्सपेक्टर भई कार्यक्षेत्रमा खटिएर वेवास्ता गर्न थालेपछि निरौला चार्टर्ड एकाउण्टेण्ट अध्ययनका लागि भारत गइन् । भारतमै रहेका उनका दाजुले बहिनीलाई पढाउनका लागि केही लाख रुपैयाँ भर्ना हुन भनी दिए । तर यसैबेला थापा भारतमै गई इन्दिरालाई भेटे र फकाउन थाले । जेठानलाई पनि ‘म छँदैछु । उसले किन यता एक्लै बसेर पढ्नु पर्यो र ? मेरी श्रीमतीलाई म उतै लगेर राख्छु’ भनेर ठीक्क बनाए । दाजुले पनि ज्वाईले नै आएर लैजान्छु भनेपछि तिमी पढे पनि पढ वा नेपाल नै गएपनि जाउ भने । उनले सिए पढ्न बहिनीलाई दिएको केही लाख रकम पनि फिर्ता लिएनन् । केही दिन दाजुसँगै बसी थापा दम्पत्ती भारतका रमाइला स्थानहरु डुले ।

 सोही बेला ताजमहल पनि पुगे ।   वामदेवको आदेश रद्दीको टोकरीमा   श्रीमानले सधैं कुटपिट गर्ने, घरबाट निकाल्ने र ससुराले समेत दाइजोको माग गरी दुव्र्यवहार गर्न थालेपछि इन्दिराले प्रहरी प्रधान कार्यालयमा पुगी निवेदन हालिन् । त्यसपछि प्रहरी प्रवक्ता समेत रहेका गणेश केसीले वीरगञ्जमा कार्यरत थापालाई प्रधान कार्यालयमै बोलाएर श्रीमान–श्रीमतीबीच छलफल गराए । 

त्यतिबेला थापाले, ‘ऊ मेरी श्रीमती हो, अबदेखि म दुव्र्यवहार पनि गर्दिन र धर्मपत्नीकै रुपमा राख्छु र बिहे दर्ता पनि गर्छु’ भनी कबोल गरे । तर निस्कनासाथ उनले पहिलेकै व्यवहार दोहोर्याए । यसरी सधैं पिडित बनेपछि सहारावीहिन भएकी निरौला प्रधानमन्त्रीको कार्यालय, मुख्यसचिव, गृहमन्त्रीकोमा, राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी महिला सेल, अदालत सबैतिर धाइन् । सिन्धुली जिल्लामै गई नाता कायम गर्ने भनी ससुराले लगेर उनलाई नाता कायम गराउनुको सट्टा अंश मुद्दामा सहमती गरेको कागत गराएका छन् । अंश मुद्दा दिनु भनेको कि त बंशजको नाताका हुनुपर्छ वा कि विहे गरेर ल्याएकी श्रीमतीलाई दिइन्छ ।

तर बिहे दर्ता नै नगराई उनलाई अंश दिने भनी भागबण्डा गराइएको छ । तर १७ वर्षको उमेरमा एउटी युवतीसँग जबर्जस्ती सम्बन्ध कायम गरी पछि बीहे गरेका, पढ्न जाँदा फर्काएर ल्याएर यता न उताको बनाएर अहिले उमेर ढल्कँदै गएपछि कुटपिट गरी सडकछाप बनाउने प्रहरी अधिकारीमाथि आजसम्म पनि प्रहरी प्रधान कार्यालयले कुनै कारवाही गरेको छैन ।   

बरु उल्टै उनलाई अहिले मेलम्चीमा थाना प्रमुख बनाएर पठाइएको छ । पिडित निरौलाले गृह मन्त्रालयमा निवेदन हाली गृहमन्त्री वापदेव गौतमको दोषी प्रहरी अधिकारीलाई कारवाही गर्नु भनी आदेश पनि गराइन् । तर गृहमन्त्रीको आदेश समेत अहिले प्रहरीले रद्दीको विषय बनाएको छ । के गणतान्त्रिक नेपालमा प्रहरी अधिकृतले जति पनि केटीमाथि दुव्र्यवहार गरी सडकमा फ्याल्न पाइन्छ ? न्यायका लागी लड्ने र अन्याय हुन नदिने भनी खुब भाषण गर्न रुचाउने प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई यसले गिज्याएको जस्तो लाग्दैन ?
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf