Home » » आईएमईले शुरु गर्‍यो नेपालमै पहिलोपटक रेमिटेन्स कार्ड सेवा

आईएमईले शुरु गर्‍यो नेपालमै पहिलोपटक रेमिटेन्स कार्ड सेवा

आईएमईले नेपालमै पहिलोपटक ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी भिजाको सहकार्यमा रेमिटेन्स सेवाग्राहीहरुको लागि आईएमई रेमिट कार्ड सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकको ईजाजत लिई संचालनमा ल्याईएको यो सेवामा अन्तर्राष्ट्रिय ट्रान्जेक्शन गर्ने सेवाग्राहीहरुले सेवा प्राप्त गर्न सक्नेछन् । आईएमई रेमिट कार्डबाट सेवाग्राहीले विदेशबाट पठाएको रेमिटेन्स रकम कार्डको माध्यमबाट नजिकको एटीएम लोकेशनबाट लिन सक्नेछन् ।   विदेशबाट रेमिटेन्स रकम पठाउने व्यक्तिले सिधै रेमिटेन्स रकम रेमिटेन्स कार्डमा रकमान्तर गर्न सक्नेछन् । यसरी जम्मा भएको रकम नेपालमा रेमिटेन्स कार्डबाट विभिन्न एटीएम लोकेशनबाट नगद रकम प्राप्त गर्न सक्नेछन् साथै पिओएस मेशिन जडित कुनैपनि मर्चेन्ट लोकेशनमा भुक्तानी गर्न कार्ड प्रयोग गर्न सक्नेछन् । यसबाट सेवाग्राहीको समय बचत हुनुको साथै उच्चतम् बैकिंङ्ग सेवाको पहुँच समेत प्राप्त गर्नेछन् । आईएमईका अनुसार कार्ड प्राप्त गरेका सेवाग्राहीहरुले उक्त कार्डमा आफुले प्राप्त गरेको रेमिटेन्स रकम पुरै वा आंशिक रुपमा पनि आईएमई सेन्टर मार्फत जम्मा गर्न सक्नेछन् र नेपालका जुनसुकै स्थानमा रहेका एटीएम लोकेशनबाट रकम प्राप्त गर्न सक्नेछन् । आईएमई रेमिट कार्डपनि बैंकहरुले जारी गर्ने चल्तीका कार्डहरुकै प्रविधिमा जारी हुने भएकोले यसको प्रयोग र सुरक्षा पनि त्यसै अनुरुपनै हुनेछ । यसको लागि पनि एटीएम लोकेशनमा गएर रकम प्राप्त गर्न गोप्य पिननम्वर प्रदान गरिएको हुन्छ ।   “आईएमई रेमिट कार्ड सेवाको औपचारिक शुरुवातसँगै बैकिङ्ग सेवाको पहुँचमा पुग्न नसकेका रेमिटेन्स सेवाका लाखौ सेवाग्राहीहरुका लागि बहुउपयोगि माध्यम सावित हुनेमा हामी पूर्ण विश्वस्त छौं” कार्डसेवा संचालनको औपचारिक घोषणा गर्ने क्रममा आईएमईका कार्यकारी अध्यक्षचन्द्र प्रसाद ढकालले भने । निकट भविश्यमा नै उक्त कार्ड सेवालाई सम्पूर्ण १०० भन्दा बढी आईएमई सेन्टरहरुमा पुर्याउने लक्ष्य लिईएको आइएमइले जनाएको छ । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf