Home » » अनसन बसिरहेका नन्दप्रसाद अधिकारीको मृत्यु

अनसन बसिरहेका नन्दप्रसाद अधिकारीको मृत्यु

काठमाडौं, असोज ६ –द्वन्द्वकालमा माओवादीले गरेको छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै लामो समयदेखि अनसनमा बसिरहेका अधिकारी दम्पत्तिमध्ये नन्दप्रसाद अधिकारीको आज अनसनकै क्रममा मृत्यु भएको छ । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति विगत लामो समयदेखि अनसनमा रहेका थिए । गोरखा फुजेलका अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो । छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बस्दै आएका थिए ।  उनीहरुलाई वीर अस्पतालमा विशेष व्यवस्थासहित राखिएको थियो । अस्पताल स्रोतका अनुसारको अधिकारीको सोमबार अपरान्ह ४:४० मा मृत्यु भएको हो । नन्दप्रसाद अधिकारीका पत्नी गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । यसैबिच, नन्दप्रसाद अधिकारीको शवलाई वीर अस्पतालबाट पोष्ट मार्टमको लागि त्रि.वि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf