Home » » लम्जुङ्गमा खडेरिका कारण महको उत्पादन घट्यो

लम्जुङ्गमा खडेरिका कारण महको उत्पादन घट्यो

लम्जुङ्गमा खडेरिका कारण महको उत्पादन घट्यो
बेशिसहर, ११ असोज
जिल्लामा आधुनिक, मुढे तथा खोपे घार गरि करिव १० हजार मौरी घार रहेको छ ।’

लमजुङमा यो वर्ष मह उत्पादन घटेको छ । यो वर्ष लामो खडेरी परेका कारण र फुल अभाव भएको र पानी हिउँदमा अत्याधिक असिना पानीले गर्दा मौरी चरनको अभावमा मह उत्पादन घटेको हो ।
गतवर्ष ११ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ८ मेट्रिक टन मात्रै उत्पादन भएको जिल्ला कृषि विकास कार्यलयले जानकारी दिएको छ । विगतका वर्षहरुमा उत्पादन बढ्दै गएपनि यो वर्ष भने प्राकृतिक कारण मह उत्पादनमा कमी आएको कृषि कार्यलयका प्राविधिक सहायक लालविर चौधरीले बताउनुभयो ।
लम्जुङ्गका मौरीपालनका पकेट क्षेत्रहरुमा गौडा, तार्कु, पुरानकोट, वाग्लुङपानी, इलामपोखरी, नाल्मा, उत्तरकन्या लगायतका गाउँ विकास समितिहरु रहेका छन् ।
जिल्लामा उत्पादन हुने मह विक्रीका लागी कुनै समस्या नभएको र जिल्ला भित्र खपत भई नसकेर करिव ६५ प्रतिशत मह जिल्ला बाहिर निर्यात गर्ने गरिएको कार्यलयले जनाएको छ ।
लेकाली तथा पहाडी चिसो हावापानी भएको क्षेत्रमा एपिस लेविरेसा, एपिसेरेनमा र गर्मी क्षेत्रमा डोरसाटा जातका मौरी पाइन्छ ।
वनजंगल र मौरी चरनका लागी उपयुक्त वातावरणका कारण लमजुङमा मौरी पालन व्यवसाय राम्रो हुने कृषि विकास कार्यलय जनाएको छ । जिल्लामा हालसम्म ३ हजार भन्दा धेरै आधुनिक मौरीका घार वितरण गरिएको कार्यलयले जनाएको छ
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf