एजेन्सी – हिलारी क्लिन्टनले २०१६मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको दौडका लागि आफू तयार बनेको औपचारिक रुपमा घोषणा गरेकी छन् । उनले आइतबार आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
आफ्नो चुनावी अभियानका लागि सुरु गरेको एक वेभसाइटमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले भनेकी छन् – म राष्ट्रपतिका लागि दौडँदै छु ।’
अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टनकी श्रीमतीसमेत रहेकी उनले सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उम्मेदवारको नोमिनेसनको दौडमा आफूलाई होमेकी थिइन् । तर,त्यतिबेला उनलाई ओबामाले पछि पारेका थिए । उनी यो पटक राष्ट्रपतिको बाजी मार्न सफल भएमा उनलाई पहिलो महिला राष्ट्रपतिको इतिहास रच्ने अवसर मिल्ने छ ।
हिलारी ओमाबाको पहिलो राष्ट्रपति कार्यकालमा विदेश मन्त्री समेत भएकी थिइन् ।
२००८ मा उनलाई हराएका हालका राष्ट्रपति बाराक ओबामाले यसपटक भने उनलाई समर्थन गरेका छन् ।
बिबिसीका अनुसार उनले अमेरिकनहरुलाई एक च्याम्पियनको आवश्यकता रहेको जनाउँदै आफू सामान्य जनताको आकांक्षा पूरा गर्नका लागि च्याम्पियन बन्न लागेको बताएकी छन् ।
क्लिन्टनले उम्मेदवारी घोषणा गरे पनि रिपब्लिकन पार्टीले भने आफ्नो उम्मेदवार सार्वजनिक गरेको छैन ।