Home » » ताप्लेजुङमा गाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

ताप्लेजुङमा गाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

लमजुङ, चैत २५ – ताप्लेजुङमा गाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको खेबाङ गाविस वडा न. ६ बस्ने पुजन गिरीले चरनमा भएको गाईलाई करणी गरेको भनी प्रहरीमा उजुरी दिएपछि सोही वडा बस्ने १८ वर्षीय सञ्जिव गिरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी हवल्दारको नेतृत्वमा गएको टोलीले गिरीलाई बुधबार बिहान पक्राउ गरेको हो ।
पक्राउपछि गिरीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरिएको र निजलाई पशु करणीअन्तर्गत मुद्दा चलाइने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । प्रहरीका अनुसार खेबाङस्थित तावाखोला जङ्गलमा चरनमा भएको अवस्थामा मङ्गलबार दिउँसो गिरीले करणी गरेको गाई धनी पुजन गिरीले उजुरीमा उल्लेख गरेका छन् ।
सवारी धनी र चालकलाई सार्वजनिक अपराधको मुद्दा
ताप्लेजुङमा एक सवारी धनी र चालकलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । यात्रुलाई गाली गलौज गर्दै मनपरी भाडा असुलेको उजुरी परेपछि निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको हो ।
सदरमुकाम फुङ्लिङ–सुकेटार–पाथीभरा सडक खण्डमा सञ्चालित मे १ ज १२७९ नम्बरको पिकअप भ्यानका धनी जिल्लाको फुरुम्बु ४ बस्ने जगतबहादुर कार्की र चालक पाँचथरको फिदिम नगरपालिका ४ बस्ने पवन सुवेदीलाई मुद्दा चलाइएको हो । उनीहरुले उक्त सडक खण्डको सुकेटार बजारदेखि पाथीभरा क्षेत्रको तेर्सेसम्म यात्रुलाई जबरजस्ती तोकिएको भाडा दर दुई सय ८० रुपियाँ भन्दा बढी भाडा असुलेको आरोप लगाइएको छ ।
कार्की र सुवेदीलाई लागेको अरोप ठहरिएमा पाँच सय देखि २८ हजार रुपियाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक (सई) कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारीलाई प्रहरीले कारबाही गर्दै आएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf