धादिङ: त्रिभुवन राजपथको नागढुङगा नौबिसे सडक-खण्ड अन्तर्गत धादिङको नौबिसे गाविसस्थित झ्याप्रेखोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन्।
भारतीय तीर्थयात्री बोकेको जी जेड १४ एक्स नम्वरको बस सडकबाट तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले स्थानियबासी र प्रहरीले उद्धारकार्य जारी राखेका छन।
दुर्घटनामा २० भन्दा बढी यात्रु घाइतेका भएको र घाइतेहरुलाइ उद्धार गरि काठमाण्डौतर्फ पठाइदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको छ ।