Home » » आजको भूकम्पबाट दोलखामा आठ जनाको मृत्यु

आजको भूकम्पबाट दोलखामा आठ जनाको मृत्यु

लमजुङ, २९ बैशाख, चरीकोट (दोलखा) । आज गएको भूकम्पबाट सदरमुकाम चरीकोटमा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काटाकुटी गाविसका दुई वर्षीया जेनिशा खड्का, भीमेश्वर नगरपालिका–१ का १० वर्षीय नवीन राउत, लाँकुरी गाविसका पेमाडोल्मा शेर्पा, भीमेश्वर नगरपालिका–५ का चित्रप्रसाद चौलागाईं र सोही वडाका जानकी चौलागाईं, भीमेश्वर नगरपालिका–४ का रुपा तामाङ र सोही वडाका ८१ वर्षीय मैते विक तथा भीमेश्वर नगरपालिका–९ का ३८ वर्षीया सिर्जना थापा रहेका छन् । गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगिएको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिए । सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उनले बताए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf