लमजुङका भुकम्प पिडितलाई गृहमन्त्रालयवाट एक करोड २५ लाख रुपैँया प्रदान, जिल्ला दैविक प्रकोप राहत कोषमा चार लाख भन्दा वढि संकलन
लमजुङका भुकम्प पिडितलाई गृहमन्त्रालयले हाल सम्म एक करोड २५ लाख रुपँैया पठाएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यलयको खातामा उक्त रकम पठाएको हो । जिल्ला प्रशासन कार्यलयले लमजुङमा धेरै मानविय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको भन्दै पाँचकरोड रुपँैया माग गरेको छ । सो रकम जिल्लामा भुकम्पवाट पिडितलाई राहत स्वरुप वितरण गरिने जिल्ला प्रशासन कार्यलयले वताएको छ ।
यस्तै लमजुङमा स्थापना भएको जिल्ला दैविक प्रकोप राहत कोषमा हाल सम्म चार लाख २३ हजार ८ सय ६२ रुपँैया संकलन भएको छ । भुकम्पबाट धेरै नागरिक घरबार विहिन हुन पुगेपछि जिल्ला प्रशासन कार्यलयले राष्ट्रिय बाणिज्य बैँक बेसीशहर शाखामा जिल्ला प्रशासन कार्यालयका चल्ती हिसाब खाता नम्बर ३०४०२०७००३२२०१ मा रकम जम्मा गरिदिन सक्ने गरी खाता खोलेको थियो । खातामा सवैभन्दा वढि लमजुङ विधुत उपभोक्ता संस्थाले एक लाख ६१ हजार ९ सय रुपँैया सहयोग गरेको छ । यस्तै मस्र्याङदी युवा क्लवले ५४ हजार ९ सय २५, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपँैया, मनाङगे चौतारा आमा समुहले २५ हजार रुपँैया लगायत विभिन्न व्यक्ति एव संघसंस्थाले सहयोग गरेका छन् ।