परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label भिडियो. Show all posts
Showing posts with label भिडियो. Show all posts

गायिका कला राई (मेरो बिहान) मा उनको कुरा उनकै शब्दमा… भिडियो सहित्

यो स्तम्भ तँपाईका लागि हो । यसमा तँपाइले आफ्नो बिहानीको बारेमा लेखेर पठाउनु पर्नेछ । जुन अरुकालागि समेत प्रेरणादायी हुने छ । हरेक दिनको सुरुवात बिहानबाट र हरेका यात्राको प्रारम्भ एक पाइलाबाट हुनेछ ।  यसै सन्दर्भमा भोजपुरको ओख्रे ५ मा जन्मिएकी सुमधुर स्वरका धनी गायीका हुन् कला राई । स्कुलेले जीवनमा गीत गाउनु भन्दा बढी नाच्न मनपराउने कलाकार थिइन कला । ‘कान थापेर सुनी देउ दाजु रितिथिती बिग्रेर गइसक्यो’ कलाले त्यो बेला नाचेको गीतको अंश हो यो । तर उनी नाचेर प्रशंसा कमाएकी बालपन बाट हुर्केर आउँदा चर्चित गायीका बन्न पुगिन् । प्राय सबै किसिमको कार्यक्रममा पुग्ने उनले समयलाई कसरी व्यवस्थापन गर्छन ? उनको बिहान कसरी वित्छ भन्ने बारेमा ‘मेरो बिहान’मा उनको कुरा उनकै शब्दमा…

मेरो जन्मघर भोजपुर जिल्लाको ओख्रे ५ खेवामा पर्छ । मेरो पेशा, व्यवसाय, खेतिपाती जे भनेपनि संगीत नै होे । खास गरेर मेरो विहान घरयासी काम र अन्य कुराहरु गर्दा गर्दै बित्छ ।
म विहान समय वा काम हेरेर उठने गर्दछु । त्यस्तै छिटोमा ५ देखि साढे छ बजेभित्र उठि सकेको हुन्छु । उठेपछि सामन्य नियमित काम हुन्छ । यसपछि पहिलो काम चिया पकाउने हो । चियाका लागि पसल जाने दुध ल्याएर चिया बनाउने परिवारका अरुलाई नि दिने यो पहिलो काम हो । बाँकी केही समय रियाज गर्छु तर नियमित छैन । एक्लै प्राय गुनगुनाई रहने मेरो स्वाभाव छ ।
हिजोको कुरा सम्झने काम हुन्छ । तर म योजना बिहान बनाउँदिन, कामहरू पहिले नै सेटिङ भइसकेका हुन्छन् । कतिपयबेला स्टायाण्डबाई रेर्कडमा कुद्नु पर्ने हुन्छ । त्यसैले सामन्य योजना बन्छ तर यो सबै दिन लागु हुन्छ भन्ने छैन । प्राय ९ बजेदेखि ९.३० बजे म कोठाबाट बहिर निस्कने गर्छु । दिनमा जे जे कामहरु आउँछन् गर्दै जान्छु । म प्राय भोक लागेको समयमा खाजा खाने हो यही समयमा खाने भन्ने छैन । जति बेला देहिले माग्छ खाईहाल्छु । चियाको पनि तालिका हुन्न ।
शाररिक रुपमा स्वस्थ्य छु । व्यायम नियमित गर्दिन बिहान उठेर ब्यायममा नियमितता छैन । म एक गृहणी पनि भएकाले मेरा अन्यपनि थुप्रै जिम्मेवारी छन् यसलाई पुरा गर्दै यो यात्रामा निस्केकी हुँ । मलाई त्यो समय निकै आनन्द लाग्छ जुनबेला सम्पुर्ण काम सफलता पुर्वक सम्पन्न गरिन्छ । त्यो बेलुकी को समय आफैमा खुशी हुन्छु ।
बिहानै कुनै काम जरुरी परेमा चाँडै हिँडने गरेको छु , जानुपर्ने ठाउँमा तोकिएको समयमा वा समय अगाडि नै पुग्ने गर्छु । मान्छे जहिल्यै नी आशावादी हनु जरुरी हुन्छ त्यसैले जुनसुकै समय पनि रमाइलो मान्नुपर्छ भन्छु ।
भिडियो हेर्नको लागि यहाँ क्लिक् गर्नुहोस्

किर्तिमान तोड्दै साइँली.....(भिडियो सहित)

गायक हेमन्त रानाले गाएको एउटा गीतले यो साता युट्युबमा तहल्का मच्चाइरहेको छ । माघ २८ गते युट्युबमा अपलोड गरिएको ‘साइँली...’ गीत सार्वजनिक भएको पहिलो २४ घण्टामा पाँच लाख पटक हेरिएको छ भने दोस्रो दिन उक्त संख्या बढेर १२ लाख पुगेको थियो। आज फागुन ७ गतेसम्म आइपुग्दा भिडियो हेर्नेको संख्या ३४ लाख भन्दा बढी पुगेको छ । कुनै पनि नेपाली गीतले कम समयमै युट्युबमा यति धेरै दर्शक पाएको यो पहिलो अवसर हो । यसअघि नेपाली चलचित्रका गीतले अत्यधिक दर्शक पाउँदै आएकोमा यसपटक सुगम संगीतमा आधारित एउटा गीतले दर्शकको मन जितेको छ । 

गीतको लोकप्रियतासँगै गायक हेमन्त राना फेरि एकपटक चर्चामा आएका छन् । यसअघि गायक रानाको ‘लैजा रे...’ गीत पनि श्रोताले मन पराएका थिए । केही समय सक्रिय सांगीतिक जीवनबाट ओझेल भएका गायक रानाले ‘साइँली...’ बाट गायनमा पुनरागमन गरेका छन् भन्दा फरक पर्दैन । 
यो गीतको लिरिकल भर्सनले पनि श्रोताहरूको मन जितेको थियो । दुई साताअघि अडियो मात्र समावेश भर्सन नै हालसम्म झन्डै १६ लाख पटक सुनिएको छ । 
 साइँली भिडियो सार्वजनिक भएलगत्तै यसले नेपालको युट्युब ट्रेन्डिङमा पहिलो स्थान हासिल गरेको छ । विश्वव्यापी ट्रेन्डिङमा भने १६ औं स्थानमा छ । यो गीतमा चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको संगीत निर्देशन छ । मर्मस्पर्शी शब्दका कारण समेत दर्शकको रोजाइमा परेको यो गीतका रचनाकार कालीप्रसाद बास्कोटा तथा हिमाल साउद हुन् । यो गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाले आफ्नी श्रीमतीलाई ४० वर्ष कटेपछि विदेशबाट स्वदेश फर्किएर रमाउने प्रसंग समावेश छ । अभिनेता गौरव पहारी तथा अभिनेत्री मेनुका प्रधानद्वारा अभिनीत भिडियोले पनि गीतका शब्दहरूप्रति न्याय गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपाली युवाहरूको वास्तविक जीवनसँग मेल खाने यो गीतको म्युजिक भिडियोलाई गायक हेमन्त रानाले नै निर्देशन गरेका हुन् । 
 ‘म असाध्यै खुसी छु,’ साप्ताहिकसँग कुराकानी गर्दै गायक राना भन्छन्— ‘हामीले इमान्दारीपूर्वक एउटा राम्रो गीत बनाउने प्रयास गरेका थियौं, आज लाखौं श्रोताबाट आएको प्रतिक्रियाले हाम्रो प्रयास सफल भएको अनुभव गर्दैछौं ।’ गायक रानाका अनुसार एक महिनाअघि रेकर्ड गरिएको यो गीतले श्रोताहरूको मन जित्ने कुरामा उनी ढुक्क थिए, तर यति कम समयमै यति लोकप्रिय होला भन्ने उनले सोचेका थिएनन् । गायक रानाले यो गीतलाई आफैंले निर्देशन गर्नु मिठो संयोगमात्र भएको बताए । ‘हामी सबै कलाकारितामै छौं, राना भन्छन्— ‘सबैको सामूहिक प्रयासले भिडियो राम्रो बनेको हो ।’ गायक रानाले अभिनेता पहारी तथा अभिनेत्री प्रधानको अभिनयको प्रशंसा गर्दै टिमवर्कका कारण भिडियोले लोकप्रियता पाएको बताउँछन् ।
 काठमाडौंमा एक दिन तथा दुबईमा तीन लगाएर छायांकन गरिएको यो भिडियोमा गौरवले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको प्रतिनिधित्व गरेका छन् भने मेनुकाले ती युवाकी श्रीमतीको भूमिकालाई सहजतापूर्वक निर्वाह गरेकी छिन् । ‘भिडियोमा समावेश कथा तथा कलाकारहरूको अभिनय वास्तविकतासँग नजिक रहेकाले पनि वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइले यो गीत तथा भिडियो अत्यन्त मन पराएको गायक रानाको भनाइ छ । गौरव तथा हेमन्तसहित ६ जनाको समूहले दुई साताअघि स्थापना गरेको ‘जिएच ईन्टरटेन्मेन्ट’ च्यानलबाट अपलोड गरिएको भिडियोका कारण यो च्यानलले मात्र २० हजारभन्दा बढि ग्राहक पाइसकेको छ । 

रमेश कडरियाको आखा भरि आशु, मन भरि पिडा, पार्दै अमिलो मन यो,लागे विदेश तिर ( भिडियो सहित )

लमजुङ- रमेश कडरिया एक एस्तो कलाकारको नाम हो ! जस्ले यहाँ सम्म आइ पुग्नको लागि अनेकौ दुख कस्ट भोगेर आफ्नो जिन्दगि लाइ नै दाउमा राखेर एउटा सछ्यम कलाकार बन्नको लागि जो सपना बोकेर लमजुङ बाट काठमान्डू आउनु भयो ! मानिस को अनेकौ चाहनाहरु हुन्छन , तर सछ्यम हुनलाई निकै गारो हुन्छ, धेरै संगर्ष गर्नु पर्दछ तेस्मा हाम्रा युवा गायक रमेश जी पनि एस भित्र पर्नु हुन्छ ! उहा एक सच्चा देश भक्ति, आफ्नो जन्म भूमिलाई माया गर्नेमा पर्नु हुन्छ! उहा एक सादारण परिवार बाट यो धर्तीमा पाइला टेक्नु भएको हो ! उहालाइ आफ्नो आमा-बुवा र आफ्नो जीवन संगिनी बाट सहयोग पाएर यहाँ सम्म पुग्नु भएको छ ! उहाको सपनाहरु बिस्तारै-बिस्तारै पुरा हुदै गएको छ! संगीत, तथा गायककार रमेश कडरिया को पहिलो याल्बुम (शिर्षक) बाट मिठा मिठा गीतहरु  श्रोताहरु को माझ पस्किनु भएको थियो जुन गीत ले उहा लाइ यहाँ सम्म पुराइ दिएको छ ! हुन त गायक रमेश कडरियाले शिर्षक याल्बुम निकाल्नु भन्दा पहिला पनि लोकगित गएर श्रोता हरुको मन जिती सक्नु भएको थियो ! उहा को आफ्नै Kadariya Entertainment खुलाएर बस्नु भएको छ ! दशैको मौका परेर आफ्नो नया गीति याल्बुम ( शिर्षक २) बाट आखा भरि आशु मन भरि पिडा भन्ने गित श्रोता माझ पस्किनु भएको छ जुन गित मा गायक रमेश कडरिया, को साथै आफ्नै आमा-बुवा छोरा छोरी लाइ यो भिडियो माझ चिनाउनु भएको छ एक छोराले आफ्नो आमा-बुवाको सपना पुरा गराई दिनु भएको छ ! जुन गितको शब्द सचना,संगीत,स्वर आफैले भरेका छन् ! यो गितमा भन्न खोजिएको छ जुन गरिबीको कारणले गर्दा नेपालका हजारौ युवा बिदेशिएका छन्, आफ्नो मात्री भुमि आमा-बुवा, छोरा-छोरी, जीवन संगिनी लाइ  छोडेर जानु पर्दाको पिडाहरु पस्किएको छ, जुन कुराहरु यो गित बाट श्रोता हरुले पाउनु हुने छ  !  

चर्चित संगीतकार ''रमेश कडरिया'' द्वारा शब्द संगीत स्वर तथा अभिनित गीत "आँखा भरी आसुँ" भिडियो निर्माण कार्य सकिएको छ। ( शुटिंग फोटो सहित् )

लमजुङ्, रमेश कडरिया द्वारा शब्द संगीत स्वर तथा अभिनित गित "आँखा भरी आसुँ" गितको भिडियो कार्य सकिएको छ !
दिपेन्द्र मिनिल्सिना द्वारा निर्देशित गीतमा रमेश कडरिया र लक्ष्मी तिमील्सिना साथै राजेन बिसी र
अन्जना सुबेदी दुई जोडी को अभिनय देख्न पाइन्छ, रमेश कडरिया को आफ्ना बा अामा तथा छोरा छोरी को 
पनि अभिनय रहेको उक्त गीत लाई रमेश कडरियाले एउटा बैदेशिक यात्रा को पिडा लाई निकै एथार्थ परक
सैलीमा स्व्रोता तथा दर्सकको मन छुने गरी पस्किएको जनाएका छन । उन्को वास्तविक जीबन सँग मेल खाने
भएको हुँदा पनि आम परेशिएकाहरु माझ् तथा घर घरबाट पर्देश पठाउन बाद्द्ये आफ्ना आफन्त हरु बिच निकै
सार्थक हुनेछ भन्ने अाशा सहित् गीत निकै मार्मिक बनेको उनी बताउछन । निर्भाना कला केन्द्र द्वारा निर्मित
भिडियो लाई "कडरिया इंटरटेन्न्मेन्ट प्रा।ली। ले छिट्टै सार्वजनिक गर्ने छ ।

चर्चित डान्सर पार्वती राइको नृत्य मा सुपरहिट नयाँ लोक दोहोरी गीत "बनमारा बनै भरि छ"

लेकैमा फुल्ने लाली र गुँरास बेशीमा फुल्ने मखमली तिम्रो र मेरो मायाको हल्ला भा छ रे गाउँ भरी खलबली / बनमारा बनै भरि छ मेरो हावा सरि हो नमिलेनी देखाउन तर यो मन भरी छ....


तिमि कस्को हुने होला, म नि कस्को हुने होला ''भिडियो''

तिमि कस्को हुने होला, म नि कस्को  हुने होला नछुट्ने त भान्छउ हामी छुटे हामी कति रुने होला 


सधैं खान्छौं पानी पुरी नखाउ भन्दा मान्दिनौ अमिलो र पिरो (भिडियो)

चर्चित कमेडी लोक गीत सधैं खान्छौं पानी पुरी नखाउ भन्दा मान्दिनौ अमिलो र पिरो त्यही खाएर ग्यास्टिक भाको दुख्यो भन्छेउ भुडी


नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf