परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post

शरीर तातो हुने, टाउको दुख्ने, पेटमा अप्ठ्यारो महसुस र झमझम किन हुन्छ ?

पुस २८, २०७३  

यो यस्तो रोग हो जसमा बिरामीहरूले विभिन्न रोगको लक्षण अनुभव गर्छन् । बिरामीहरू वर्षौंसम्म अनौठो लक्षणले ग्रसित हुन्छन् । रोग निको नहुँदा बिरामीहरू डाक्टरकहाँ जान्छन् र एक्सरे, इन्डोस्कोपी आदि गराउँछन् । कतिपय बिरामी क्यान्सर भएको शंका गर्छन् भने कतिपय बिरामी एड्स भयो भनेर चिन्तित हुन्छन् । यस्ता बिरामीहरू डाक्टरकहाँ जान्छन् तर समस्या भने मनोवैज्ञानिक हुन्छ । कसै–कसैमा वंशानुगत रूपमा यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हात–खुट्टा नीलो भएको, सुन्निएको महसुस गर्छन् तर वास्तविक रूपमा त्यस्तो भएको पाइँदैन । कोही नाक, मुख आदिमा गडबडी भएको वा बिग्रिएको महसुस गर्छन् भने कोही आन्द्रा कुहिएको शंका गरी चिकित्सककहाँ पुग्छन् । 
शरीरका विभिन्न अंगमा रोगका लक्षण देखिए पनि परीक्षण गर्दा कुनै रोग देखिँदैन । यस्ता रोगका लक्षण अनौठा हुन्छन्, देब्रे खुट्टामा हानेको सिर्का दाहिने हातसम्म पुग्छ । शरीरभरि तातो महसुस हुन्छ । गुप्ताङ्गमा गडबडी भएको त तातो अनुभव भएको, झमझम गर्ने र शारीरिक सम्पर्क कम भएको महसुस हुन्छ । बिरामीहरू यस्ता लक्षण देखिएपछि चिकित्सककहाँ जान्छन् । कोही एड्स भएको र कोही क्यान्सर भएको शंका गर्छन् । अपच भएको महसुस गर्छन् ।  पेट पोलेको वा पेटमा अप्ठ्यारो महसुस गर्छन् । टाउको दुख्छ । मुटुको ढुकढुकी बढ्छ । ढाड दुख्छ । पखाला लागेको वा कब्जियत भएको अनुभव बारम्बार गर्छन् । कसै–कसैले शरीरका अंग बिग्रिएको महसुस गर्छन् । पेटमा हावा भरिएको अनुभूति हुन्छ । मुटु ढुकढुक गर्छ । छिटो–छिटो सास फेर्छन् ।
 यो रोग कसरी छुट्याउने ?
यो रोगको लक्षण एकपटक मात्र देखिँदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष मान्दैनन् । रगत परीक्षण एवं एक्सरे गराउँदा पनि रोग पत्ता लाग्दैन ।
 कुन उमेरमा यो रोग बढी पाइन्छ ?
यो रोग प्राय: ३५ वर्षअघि नै सुरु हुन्छ र वर्षौंसम्म रहन सक्छ । 
 किन यस्तो रोग देखा पर्छ ?
यो रोगका धेरै कारण छन् । यद्यपि मनोवैज्ञानिक समस्या नै यसको प्रमुख कारण हो । दिनहुँ हुने नराम्रा घटनाहरू, चिन्ता, रोगका सम्बन्धमा थोरै जानकारी आदिले गर्दा हाम्रो बेहोसी मस्तिष्कमा यस्ता नकारात्मक कुरा सञ्चित भएर बसेका हुन्छन् जसले गर्दा यस्ता लक्षण आएको विश्वास गरिन्छ । त्यसबाहेक हाम्रो मस्तिष्कको नसामा न्युरोट्रान्समिटर भन्ने वस्तुमा गडबडी हुन्छ जसलाई सिटी स्क्यान एवं एम. आर. आई.जस्ता आधुनिक परीक्षणले पनि देखाउन सक्दैनन् । 
 यो रोग निको हुन्छ ?
राम्रोसँग उपचार गरे यो रोग निको हुन्छ । 
 उपचार कसरी गरिन्छ ?
बिरामीलाई सर्पोटिभ साइकोथेरापी दिइन्छ । बिरामीलाई समस्या अवगत गराइन्छ र बेहोसी मस्तिष्कमा रहेको ट्रेसलाई निराकरण गरिन्छ । विभिन्न किसिमका औषधि प्रयोग गरिन्छ । 
 मानसिक रूपमा कसरी स्वस्थ रहने ?
अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नलिने । अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । पुराना कुरामा विश्वास नगर्ने । हरेक काममा खुसी, सन्तुष्ट र सुखी हुन सिक्ने । जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने । लागूपदार्थ एवं रक्सी सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै हुने भएकाले ती वस्तुबाट टाढै रहने। दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने । समाज वा घरपरिवारबाट नकारात्मक वातावरण अन्त्य गर्ने । अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार तथा साथीभाइहरूलाई भन्ने बानी बसाल्ने जसबाट मनको चिन्ता कम हुन्छ । मनलाई सधै शान्त राख्ने । अति सानादेखि ठूला मानसिक समस्या हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिनुपर्छ ।
 बिरामीले जान्नैपर्ने कुरा 
शरीरका विभिन्न अंगको समस्या एकैपटक आउने हुनाले यो नसाको समस्या हो भन्ने बुझ्नुपर्छ । बिरामी उपचारका लागि सम्बन्धित ठाउँमा जानुपर्छ ।  रोगका बारेमा अनावश्यक शंका गर्नुहुँदैन । खानामा खासै बार्नु पर्दैन, सामान्य मानिसले खाने खाना खानुपर्छ । सम्बन्धित विशेषज्ञको रायअनुसार औषधि सेवन गर्नुपर्छ । यस्ता बिरामीले औषधि सेवन गरेको एक हप्तापछि मात्र समस्या समाधान भएको महसुस गर्छन् । कतिपय बिरामी घरायसी, जागिर, अध्ययन आदि समस्याबाट पीडित हुन्छन् । यस्ता बिरामी यी समस्याबाट निकै चिन्तित हुन्छन् तर त्यसरी आत्तिनु पर्दैन । कतिपय बिरामी शरीर पोल्ने हुनाले नुहाउँछन् । पाठेघरको शल्यक्रियापछि धेरै महिलामा यस्तो समस्या देखा पर्नसक्छ ।
यो रोगका बारेमा राम्रो जानकारी नहुँदा बिरामी धेरै उपचार केन्द्रमा पुग्छन् तर रोग निको हुँदैन । बिरामीहरूले नशा पोल्यो, नशा दुख्यो, क्यान्सर भयो र एड्स लाग्यो आदि भन्ने गरेको पाइएको छ ।
(नशा तथा मनोरोग विशेषज्ञ डा. सी. पी. सेडाईंसँगको कुराकानीमा आधारित  समाग्री 

गायिका कला राई (मेरो बिहान) मा उनको कुरा उनकै शब्दमा… भिडियो सहित्

यो स्तम्भ तँपाईका लागि हो । यसमा तँपाइले आफ्नो बिहानीको बारेमा लेखेर पठाउनु पर्नेछ । जुन अरुकालागि समेत प्रेरणादायी हुने छ । हरेक दिनको सुरुवात बिहानबाट र हरेका यात्राको प्रारम्भ एक पाइलाबाट हुनेछ ।  यसै सन्दर्भमा भोजपुरको ओख्रे ५ मा जन्मिएकी सुमधुर स्वरका धनी गायीका हुन् कला राई । स्कुलेले जीवनमा गीत गाउनु भन्दा बढी नाच्न मनपराउने कलाकार थिइन कला । ‘कान थापेर सुनी देउ दाजु रितिथिती बिग्रेर गइसक्यो’ कलाले त्यो बेला नाचेको गीतको अंश हो यो । तर उनी नाचेर प्रशंसा कमाएकी बालपन बाट हुर्केर आउँदा चर्चित गायीका बन्न पुगिन् । प्राय सबै किसिमको कार्यक्रममा पुग्ने उनले समयलाई कसरी व्यवस्थापन गर्छन ? उनको बिहान कसरी वित्छ भन्ने बारेमा ‘मेरो बिहान’मा उनको कुरा उनकै शब्दमा…

मेरो जन्मघर भोजपुर जिल्लाको ओख्रे ५ खेवामा पर्छ । मेरो पेशा, व्यवसाय, खेतिपाती जे भनेपनि संगीत नै होे । खास गरेर मेरो विहान घरयासी काम र अन्य कुराहरु गर्दा गर्दै बित्छ ।
म विहान समय वा काम हेरेर उठने गर्दछु । त्यस्तै छिटोमा ५ देखि साढे छ बजेभित्र उठि सकेको हुन्छु । उठेपछि सामन्य नियमित काम हुन्छ । यसपछि पहिलो काम चिया पकाउने हो । चियाका लागि पसल जाने दुध ल्याएर चिया बनाउने परिवारका अरुलाई नि दिने यो पहिलो काम हो । बाँकी केही समय रियाज गर्छु तर नियमित छैन । एक्लै प्राय गुनगुनाई रहने मेरो स्वाभाव छ ।
हिजोको कुरा सम्झने काम हुन्छ । तर म योजना बिहान बनाउँदिन, कामहरू पहिले नै सेटिङ भइसकेका हुन्छन् । कतिपयबेला स्टायाण्डबाई रेर्कडमा कुद्नु पर्ने हुन्छ । त्यसैले सामन्य योजना बन्छ तर यो सबै दिन लागु हुन्छ भन्ने छैन । प्राय ९ बजेदेखि ९.३० बजे म कोठाबाट बहिर निस्कने गर्छु । दिनमा जे जे कामहरु आउँछन् गर्दै जान्छु । म प्राय भोक लागेको समयमा खाजा खाने हो यही समयमा खाने भन्ने छैन । जति बेला देहिले माग्छ खाईहाल्छु । चियाको पनि तालिका हुन्न ।
शाररिक रुपमा स्वस्थ्य छु । व्यायम नियमित गर्दिन बिहान उठेर ब्यायममा नियमितता छैन । म एक गृहणी पनि भएकाले मेरा अन्यपनि थुप्रै जिम्मेवारी छन् यसलाई पुरा गर्दै यो यात्रामा निस्केकी हुँ । मलाई त्यो समय निकै आनन्द लाग्छ जुनबेला सम्पुर्ण काम सफलता पुर्वक सम्पन्न गरिन्छ । त्यो बेलुकी को समय आफैमा खुशी हुन्छु ।
बिहानै कुनै काम जरुरी परेमा चाँडै हिँडने गरेको छु , जानुपर्ने ठाउँमा तोकिएको समयमा वा समय अगाडि नै पुग्ने गर्छु । मान्छे जहिल्यै नी आशावादी हनु जरुरी हुन्छ त्यसैले जुनसुकै समय पनि रमाइलो मान्नुपर्छ भन्छु ।
भिडियो हेर्नको लागि यहाँ क्लिक् गर्नुहोस्

सडक भाँसिएपछि बीपी राजमार्ग अवरुद्ध


राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली बर्दिबास सडकखण्डको शीतलपाटी गाविस ९ मा सडक भाँसिएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । गएराति ११ बजे सडक भाँसिएपछि राजमार्ग अवरुद्ध भएको हो । खुर्कोट र शीतलपाटीको बीचमा करिब ३५ मिटर सडक भाँिसएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अवरूद्ध भएको सडक सञ्चालनमा आउन समय लाग्ने डिभिजन सडक कार्यलय खुर्काेटका प्रमुख राजेश महर्जनले बताउनुभयो । सडक भत्किएपछि दुबैतर्फको आवागमन भने रोकिएको छ । सडक डिभिजन कार्यलय खुर्कोटका प्रमुख राकेश महर्जनले तत्कालै सडक मर्मत गर्न सक्ने सम्भावना नभएको र वैकल्पिक बाटो खुल्न समेत एक दुई  लाग्न सक्ने बताउनुभयो । प्रहरीसंग समन्वय गरि वैकल्पिक सडकको पहल भैरहेको महर्जनले बताउनुभयो ।  यसैवीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बर्दिबासतर्फबाट आएका गाडीहरु  रामेछाप र दोलखा हुँदै काठमाडौं आउन सक्ने  र काठमाडौंबाट सिन्धुलीतर्फ गएका सवारी साधन समेत दोलखाबाट रामेछाप हुँदै खुर्कोट निस्कन सक्ने उहाँले बताउनुभयो । सडक भाँसिएपछि सो राजमार्ग हुँदै विभिन्न स्थानबाट राजधानी आउने तथा राजधानीबाट छुटेका सयौं सबारी साधन बीच बाटोमै अलपत्र परेका छन् । भाँसिएको स्थानमा सडक खस्ने क्रम जारी रहेकाले यात्रुहरुलाई हिँड्न समेत रोक लगाइएको घटनास्थलमा रहेका हाम्रा  सहकर्मी सुरज राजथलाले जनाएका छन् ।  

किर्तिमान तोड्दै साइँली.....(भिडियो सहित)

गायक हेमन्त रानाले गाएको एउटा गीतले यो साता युट्युबमा तहल्का मच्चाइरहेको छ । माघ २८ गते युट्युबमा अपलोड गरिएको ‘साइँली...’ गीत सार्वजनिक भएको पहिलो २४ घण्टामा पाँच लाख पटक हेरिएको छ भने दोस्रो दिन उक्त संख्या बढेर १२ लाख पुगेको थियो। आज फागुन ७ गतेसम्म आइपुग्दा भिडियो हेर्नेको संख्या ३४ लाख भन्दा बढी पुगेको छ । कुनै पनि नेपाली गीतले कम समयमै युट्युबमा यति धेरै दर्शक पाएको यो पहिलो अवसर हो । यसअघि नेपाली चलचित्रका गीतले अत्यधिक दर्शक पाउँदै आएकोमा यसपटक सुगम संगीतमा आधारित एउटा गीतले दर्शकको मन जितेको छ । 

गीतको लोकप्रियतासँगै गायक हेमन्त राना फेरि एकपटक चर्चामा आएका छन् । यसअघि गायक रानाको ‘लैजा रे...’ गीत पनि श्रोताले मन पराएका थिए । केही समय सक्रिय सांगीतिक जीवनबाट ओझेल भएका गायक रानाले ‘साइँली...’ बाट गायनमा पुनरागमन गरेका छन् भन्दा फरक पर्दैन । 
यो गीतको लिरिकल भर्सनले पनि श्रोताहरूको मन जितेको थियो । दुई साताअघि अडियो मात्र समावेश भर्सन नै हालसम्म झन्डै १६ लाख पटक सुनिएको छ । 
 साइँली भिडियो सार्वजनिक भएलगत्तै यसले नेपालको युट्युब ट्रेन्डिङमा पहिलो स्थान हासिल गरेको छ । विश्वव्यापी ट्रेन्डिङमा भने १६ औं स्थानमा छ । यो गीतमा चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको संगीत निर्देशन छ । मर्मस्पर्शी शब्दका कारण समेत दर्शकको रोजाइमा परेको यो गीतका रचनाकार कालीप्रसाद बास्कोटा तथा हिमाल साउद हुन् । यो गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाले आफ्नी श्रीमतीलाई ४० वर्ष कटेपछि विदेशबाट स्वदेश फर्किएर रमाउने प्रसंग समावेश छ । अभिनेता गौरव पहारी तथा अभिनेत्री मेनुका प्रधानद्वारा अभिनीत भिडियोले पनि गीतका शब्दहरूप्रति न्याय गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपाली युवाहरूको वास्तविक जीवनसँग मेल खाने यो गीतको म्युजिक भिडियोलाई गायक हेमन्त रानाले नै निर्देशन गरेका हुन् । 
 ‘म असाध्यै खुसी छु,’ साप्ताहिकसँग कुराकानी गर्दै गायक राना भन्छन्— ‘हामीले इमान्दारीपूर्वक एउटा राम्रो गीत बनाउने प्रयास गरेका थियौं, आज लाखौं श्रोताबाट आएको प्रतिक्रियाले हाम्रो प्रयास सफल भएको अनुभव गर्दैछौं ।’ गायक रानाका अनुसार एक महिनाअघि रेकर्ड गरिएको यो गीतले श्रोताहरूको मन जित्ने कुरामा उनी ढुक्क थिए, तर यति कम समयमै यति लोकप्रिय होला भन्ने उनले सोचेका थिएनन् । गायक रानाले यो गीतलाई आफैंले निर्देशन गर्नु मिठो संयोगमात्र भएको बताए । ‘हामी सबै कलाकारितामै छौं, राना भन्छन्— ‘सबैको सामूहिक प्रयासले भिडियो राम्रो बनेको हो ।’ गायक रानाले अभिनेता पहारी तथा अभिनेत्री प्रधानको अभिनयको प्रशंसा गर्दै टिमवर्कका कारण भिडियोले लोकप्रियता पाएको बताउँछन् ।
 काठमाडौंमा एक दिन तथा दुबईमा तीन लगाएर छायांकन गरिएको यो भिडियोमा गौरवले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको प्रतिनिधित्व गरेका छन् भने मेनुकाले ती युवाकी श्रीमतीको भूमिकालाई सहजतापूर्वक निर्वाह गरेकी छिन् । ‘भिडियोमा समावेश कथा तथा कलाकारहरूको अभिनय वास्तविकतासँग नजिक रहेकाले पनि वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइले यो गीत तथा भिडियो अत्यन्त मन पराएको गायक रानाको भनाइ छ । गौरव तथा हेमन्तसहित ६ जनाको समूहले दुई साताअघि स्थापना गरेको ‘जिएच ईन्टरटेन्मेन्ट’ च्यानलबाट अपलोड गरिएको भिडियोका कारण यो च्यानलले मात्र २० हजारभन्दा बढि ग्राहक पाइसकेको छ । 

गायिका कला राईको चौंथो गीति एल्बम “इशारा” भर्खरै बजारमा ल्याउनु भएको छ भिडियो हेर्नको लागि यहाँ जानुहोस्

लमजुङ्- पान धारे चौकी माया पो नलाइ बा मरिन्छ की गीतबाट नेपाली सॉंगीतिक आकाशमा बहुचर्चित गायिका कला राई नेपाली गीत-संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन । सवै विधाका गीतहरुमा दख्खल राख्दै सॉंगीतिक क्षेत्रमा पृथक पहिचानका साथ निरन्तर लम्किरहेको एक आशा लाग्दो नाम हो कला ।
रेडियो नेपालको आयोजनामा वि.सं. २०५७ सालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भए संगै आफ्नो पहिलो एल्बम “कला” बाट नेपाली सांगीतिक जगतमा डेब्यु गरेकी राईले कला एल्बम पछि “अफर” र “लुक्स” बजारमा ल्याइसकेकी छिन् भने यो गायिकाको चौथो एल्बम हो ।

भोजपुरको ओख्रेमा जन्मेकी गायिका राई तेश्रो एल्बमको चर्चा सेलाउन नपाउंदै चौथो एल्बम “इशारा” म्युजिक भिडियो सहित बजारमा ल्याउन सक्नुले पनि गायिकाको संगीत प्रतिको मोह र सफलतालाई इंगित गर्न सकिन्छ । एल्बम भित्र आधुनिक,लोक र पप गितहरुको सम्मिश्रण रहेको छ भने एल्बममा ६ वटा गीतहरु इशाराले बोलाउने, बिनायो मुर्चुङ्गा, धेरै रोएं, लाग्छ माया, फुल फुल्यो चमेली र साकेला नाचौ रहेका छन् । एक गीतमा गायिकालाई साथ दिएका छन् गायक दिपेश राई भने अन्य ५ गीतहरुमा गायिकाको एकल स्वर सुन्न सकिन्छ ।
सबै “इशारा” एल्बमको अडियो संगै भिडियो पनि एकै साथ सार्वजानिक भएको छ । गायिकाको अनुसार यो जोवान (विनायो मुर्चुङ्गा) वोल गीतको म्युजिक भिडियो युट्युवमा सार्वजानिक भैसकेको छ भने अन्य गीतको म्युजिक भिडियोहरु पनि चॉंडै बजारमा आउनेछन् ।
आशा गरौ कला राईको इशाराले श्रोताहरुको मन मज्जाले तान्ने छ । हाम्रो तर्फबाट पनि गायिका र “इशारा” लाई सफलताको निम्ति शुभकामना ।
भिडियो हेर्नुहोस् -

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf